News Category 2071/11/14

आगलागीमा चार पशु चौपाया जलेर मरे

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १३ फागुन । 
सप्तरीको पकरी गाबिसमा मंगलबारराति आगलागी हुदाँ करिब दुई लाख मुल्य बराबरको क्षति हुनुका साथै चार वटा चौपायाहरु जलेर मरेका छन् ।
स्थानीय मंगल यादवको गाईको गोठमा बालिएको घुरबाट अचानक आगलागी हुँदा यादवको एउटा घर तथा घरमा रहेका सम्पुर्ण समान जलेर नष्ट हुदाँ सो मुल्य बराबरको क्षति भएको हो । 
आगलागीबाट यादवको एउटा गाई, एउटा गाईको बाछा, बाख्रा र गोरु समेत जलेको मरेको पीडितले जानकारी दिएका छन् ।
आगलागी स्थानीयबासी र प्रहरी चौकी पकरीको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
यता, स्थानियहरुले बारुणयन्त्रलाई खबर गरे पनि नआएको प्रति आक्रोस व्यक्त गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट