• सेना, चिकित्सक लगायत आधा दर्जन संघसंस्थाबाट बाढी पीडितलाई राहत वितरण 7/31/2016

    राजविराज÷सप्तरीका बाढी पीडितहरुलाई शनिबार छुट्टाछुट्टै नेपाली सेना, चिकित्सक लगायत आधा दर्जन संघ संस्थाहरुले राहत बितरण गरेका छन् । जिल्लाको सबै भन्दा बढी बाढीले क्षति पु¥याएको गाविस सकरपुरा, को. बरसाइन र रम्पुरा मल्हनियाका बाढी पीडितहरुलाई सो राहत बितरण गरिएको हो । ....

  • मधेशी मोर्चाको स्थापना दिवसमा बिरामीलाई फलफुल बितरण 7/31/2016

    राजविराज÷मधेशी मोर्चा सप्तरीको पहिलो स्थापना दिवसको अवसरमा शनिबार राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका बिरामी तथा बाल कल्याण गृहका बालबालिकाहरुलाई फलफुल वितरण गरिएको छ । ....

  • बाँध निर्माण कार्य रोक्ने सहमति 7/30/2016

    दैनिक समाचारदाता राजविराज, १४ साउन । सप्तरीको तिलाठी गाविसस्थित सीमा क्षेत्रमा बाँध निर्माण सम्बन्धि उत्पन्न विवाद साम्य पार्न नेपाल र भारतका स्थानीय सुरक्षा अधिकारीहरुबीच शुक्रबार बाँध निर्माण रोक्ने मौखिक सहमति भएको छ । ....

  • जंगली पंछिको भुतला फेला, दुई पक्राउ 7/30/2016

    दैनिक समाचारदाता राजविराज, १४ साउन । धरानबाट काठमाडौं तर्फ जाँदै गरेको एक बसबाट प्रहरीले सात बोरा जंगली पंछिको भुतला फेला पारेको छ । सप्तरीको कंचनरुप नगरपालिका ५ स्थित राजमार्गमा सयुक्त्त चेकिङ गर्दा ना.६ ख.१५२३ नं.को यात्रु बाहक बसबाट उक्त मात्रामा जगली पंछीको भुतला फेला पारेको जनाएको छ । ...

  • दुई देशबीच कुटनीतिज्ञ पहल हुनुपर्छ ः केन्द्रिय सदस्य साह 7/30/2016

    दैनिक समाचारदाता राजविराज, १४ साउन । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले तिलाठी घटनाप्रति दुःख व्यक्त गर्दै दुई देशबीच कुटनीतिज्ञ पहल हुनुपर्ने बताउनु भएको छ । केन्द्रिय सदस्य साहले शुक्रबार एक विज्ञप्ति जारि गर्दै नेपाली भूभाग डुबाउने गरी भारतीय पक्षले सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा पक्की संरचना निर्माण गरेको घटनाप्रति स्थानिय प्रशासन मौन बस्नु गैरजिम्मेवारी पूर्ण भएको जनाइएको छ । ....

  • भारतीय पक्षद्वारा निर्माण गरिएको बाँध स्थानिय नेपालीले भत्काए, झडप हुँदा दुई नेपाली गम्भिर 7/29/2016

    दैनिक समाचारदाता राजविराज, १३ साउन । नेपाली भूमि डुबानमा पर्ने गरी भारतीय पक्षले दशगजा क्षेत्रमा निर्माण गरेको बाँध स्थानीय नेपालीले भत्काइ दिएका छन् । भारतीय पक्षले बाँध निर्माण गर्न सुरु गरेपछि सप्तरीको तिलाठी गाविसका स्थानियहरुले बिहीबार भत्काएका हुन् । ....

  • पानीमा डुबेर एक बालिकासहित तीनको मृत्यु 7/29/2016

    दैनिक समाचारदाता राजविराज, १३ साउन । सुनसरी, मोरङ र सिरहामा बुधबार पानीमा डुबेर एक बालिकासहित तीन जनाको ज्यान गएको छ । सुनसरीको सोनापुर २ बस्ने पिटु शर्माकी दुई बर्षिया छोरी बिकी शर्माको घर नजिकै रहेको नहरमा खेल्ने क्रममा बुधबार डुबेर मृत्यु भएको हो । ....

  • मलेशियामा एक युवकको मृत्यु 7/29/2016

    दैनिक समाचारदाता राजविराज, १३ साउन । वैदेशिक रोजगारीका लागि मलेशिया गएका सप्तरीका एक युवकको बुधवार मृत्यु भएको छ । राजबिराज ६ निवासी दुवीलाल यादबका २८ वर्षिय छोरा जितेन्द्र यादवको बुधवार काम गर्दा छतवाट लडेर मृत्यु भएको हो । ....

  • गोबरगाढाका ८५ परिवारका करिब तीन सयलाई राहत वितरण 7/28/2016

    दैनिक समाचारदाता राजविराज, १२ साउन । सप्तरीको योगिनियाँ माई हनुमाननगर नगरपालिका ८ स्थित गोबरगाढा टोलका ८५ परिवारका करिब ३ सय व्यक्तिलाई बुधबार राहत वितरण गरेको छ । लगातारको बर्षापछि आएको बाढीले जिल्लाकै अति विकट मानिने गोबरगाढा टापुका ती परिवारहरु डुबानमा परेपछि जिल्ला दैवी प्रकोप उद्दार समितिले राहत स्वरुप चिउरा, मुरही र दालमोठ वितरण गरेको हो ।.....

  • लिखित प्रतिबद्धता आएपछि मात्र मधेसी मोर्चाले नयाँ सरकारलाई सहयोग गर्नसक्ने 7/28/2016

    दैनिक समाचारदाता काठमाडौँ, १२ साउन । सङ्घीय समाजवादी फोरमका नेता लालबाबु राउतले मधेसी मोर्चाको माग सम्बोधन नगरेसम्म मधेसवादी दल नयाँ सरकारमा सहभागी नहुने बताउनुभएको छ । रिपोर्टर्स क्लबमा बुधबार आयोजित साक्षात्कारमा उहाँले नेपाली काँग्रेस र माओवादी केन्द्रको लिखित प्रतिबद्धता आएपछि मात्र मधेसी मोर्चाले नयाँ सरकारलाई सहयोग गर्नसक्ने बताउनुभयो ।....

  • आफ्नै ८ वर्षिय भाई अपहरण गर्ने तीन पक्राउ 7/27/2016

    दैनिक समाचारदाता राजविराज, ११ साउन । गत विहीबार सप्तरीबाट अपहरणमा परेका एक नाबालकलाई प्रहरीले सकुशल मुक्त गराउन सफल भएको छ । अपहरणमा परेका सप्तरीको रौतहट गाविस २ निवासी गंगाई दासका ८ वर्षिय छोरा सिकेन्द्र दासलाई प्रहरीले भारतीय सीमावर्ती क्षेत्रबाट सकुशल मुक्त गराएको हो । ....

  • बाढीमा वेपत्ता युवकको शव भेटियो 7/27/2016

    दैनिक समाचारदाता राजविराज, ११ साउन । सप्तरीको को.बरसाईन गाविसस्थित कुशहा टोलमा आएको खाडोको बाढीमा सोमबार डुबेर वेपत्ता भएका युवकको मंगलबार शव फेला परेको छ । फरवार्ड गैसस हनुमाननगर शाखाका कर्मचारी मोरङ्गको जतुवा निवासी अन्दाजी २३ वर्षिय सुदिप यादवको मंगलबार साँझ जिल्लाको रम्पुरा मल्हनियाँ ४ डलबा टोलस्थित शव फेला परेको स्थानियहरुले बताएका छन् । ...

  • श्रीमती बलात्कार गर्ने श्रीमान् पक्राउ 7/27/2016

    दैनिक समाचारदाता राजविराज, ११ साउन । आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक भिम ढकालका अनुसार २५ वर्षिय मो. हजरत मियाँले १८ वर्षिय श्रीमतीलाई कुटपिट गर्दै अश्लिल विडियो देखाएर बारम्बार बलात्कार गरेको भन्दै उजुरीको आधारमा प्रहरीले पक्राउ गरिएको हो । ....

  • कोशी ब्यारेज अन्तराष्ट्रिय आतंकवादीको निशानामा ः भारतीय संचारमाध्यम 7/26/2016

    दैनिक समाचारदाता राजविराज, १० साउन । सुनसरी र सप्तरी जिल्लाको सीमाना छुट्टयाउने कोशी व्यारेज अहिले आतंकवादी हमलाको निशानामा रहेको छ । कोशी ब्यारेज अन्तराष्ट्रिय आतंकवादीहरुको निशानामा रहेको भारतीय संचारमाध्यमहरुले जनाएको छ । ....

  • बाढीमा डुबेर एक युवक बेपत्ता 7/26/2016

    दैनिक समाचारदाता राजविराज, १० साउन । सप्तरीको को.बरसाईन गाविसस्थित कुशहा टोलमा आएको खाडोको बाढीमा डुबेर एक युवक सोमबार बेपत्ता भएका छन् । फेसवार्ड गैसस हनुमाननगर शाखाका कर्मचारी मोरङ्गको जतुवा निवासी अन्दाजी २३ वर्षिय सुदिप यादव किस्ता लिनका लागि जादै गरेको अवस्थामा अचानक बाढीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।......

  • तीन दिन भित्र बाढी प्रभावितको संख्या र क्षतिको विवरण संकलन गर्ने निर्णय 7/26/2016

    दैनिक समाचारदाता राजविराज, १० साउन । जिल्ला विपद ब्यवस्थापन समिति सप्तरीको सोमबार सम्पन्न बैठकले स्थानीय प्रहरी समेतको सहयोगमा तीन दिन भित्र बाढी प्रभावितको संख्या र क्षतिको विवरण संकलन गर्ने लगायतको निर्णय गरेको छ ।....

  • नगरपालिका कार्यकारी अधिकृत गुरुङ विरुद्ध प्रर्दशन 7/26/2016

    दैनिक समाचारदाता राजविराज, १० साउन । स्वतन्त्र मधेशी मोर्चा नगर समिती र हटिया व्यवस्थापन समिती राजविराजको अगुवाईमा सोमवार राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग विरुद्ध प्रर्दशन गरेको छ । .....

  • नेपालको बाटो हुँदै आईएसआईएस भारत प्रवेश गर्ने तयारीको खुलासा कोशी ब्यारेजमा सुरक्षा बढाइयो ः सुनसरी प्रशासन 7/25/2016

    दैनिक समाचारदाता राजविराज, ९ साउन । आतंकवादीहरुको संगठन आइएसआइएस नेपालको बाटो हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको भारतीय संचारमाध्यमले खुलासा गरेको छ । भारतीय संचारमाध्याम दैनिक जागरण अनलाइनले नेपाल र बंगलादेशमा लश्कर ए तैयबा, जमात उल मुजाहिदीन र हरकत ए जिहा सक्रिय भएको सनसनीपुर्ण खुलासा गरेको हो । ....

  • बाढीले १२ हजार घर डुवानमा पीडितलाई नुन चिउरा बितरण 7/25/2016

    दैनिक समाचारदाता राजविराज, ९ साउन । सप्तरीको विभिन्न नदी, खोलामा आएको बाढीका कारण जिल्लाको १२ हजार घर डुबानमा परेको छ । विगत दुई दिनदेखी लगातार भएको वर्षाका कारण जिल्लाको पन्द्र सय घर पूर्ण रुपमा क्षतिग्रस्त भइसकेको छ भने बाँकी घर डुवानमा परेका छन् । ....

  • सप्तरीको करिब दुई हजार बढी घर डुवानमा कोसी ब्यारेजको ५६ मध्ये ३३ वटा ढोका खोलिए 7/24/2016

    राजविराज÷शुक्रबार रातीदेखी भइरहेको मुसलधार वर्षाका कारण विभिन्न खोलामा आएको बाढीले सप्तरीको दुई हजार बढी घर डुबानमा परेको छ । कोसी नदीमा विहानैदेखि पानीको वहाव वढ्दै गएको कोसी व्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । कोसी नदीमा २ लाख २२ हजार ४० क्यूसेक बहाव मापन गरिएको छ । कोसी ब्यारेजको ५६ मध्ये ३३ वटा ढोका खोलिएको छ । ....

  • आचारण र व्यवहारमा परिवर्तन गर्न प्रहरीलाई अनुरोध ः महानिरिक्षक अर्याल 7/23/2016

    दैनिक समाचारदाता राजविराज, ७ साउन । नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्यालले जनताको आवश्यकता र चाहना अनुसार आचारण र व्यवहारमा परिवर्तन गर्न प्रहरीलाई अनुरोध गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रहरी महानिरिक्षक अर्यालले सो अनुरोध गर्नुभएको हो । ....

  • वर्षौदेखी पटेर्वावासी विद्युत सुविधा पाउन सकेनन् 7/22/2016

    दैनिक समाचारदाता राजविराज, ६ साउन । सरकारले प्रत्येक गाविसमा विद्युत पु¥याउने लक्ष्य लिएपनि सप्तरीको पटेर्वा गाविसमा स्थानीयबासीहरु अझै विद्युतको मुख हेर्न पाएका छैनन् ।....

  • विपिको सम्झनामा वृक्षारोपण तथा अन्तरक्रिया 7/22/2016

    दैनिक समाचारदाता राजविराज, ६ साउन । नेपाली काँग्रेसका संस्थापक एवं पूर्व प्रधानमन्त्री विपि कोइरालाको सम्झनामा बिहीवार सप्तरीको विभिन्न ठाउँमा काँग्रेसका क्षेत्रिय समितिहरुले विभिन्न कार्यक्रम गरेको छ । काँग्रेस सप्तरीका २ नम्बर क्षेत्रिय कार्यसमितिले वभनगामा कट्टीस्थित उमाविमा एक समारोह आयोजना गरी विपिलाई सम्झेको छ । विपिको ३४औं स्मृति दिवसको अवसरमा आयोजना गरिएको उक्त अन्तरक्रियामा काँग्रेसी नेताहरुले विपिको विचारलाई अझ ब्यवहारमा उतार्न खाँचो रहेको चर्चा गर्नुभएको थियो । ....

  • सामान्य वर्षामा पनि आवतजावतमा कठिनाई 7/21/2016

    दैनिक समाचारदाता राजविराज, ५ साउन । सप्तरीको कबिलासा गाविसस्थित जुडी नदीमा आएको बाढीका कारण त्यहाँका करिब दुई हजार विगहा खेती योग्य जग्गा डुबानमा परेपछि स्थानीय किसानहरु चिन्तित बनेका छन् । बर्षाका कारण नदीमा आएको बाढीले गर्दा कबिलासा गाविस वडा न. ३, ४, ५, ६ र ७ का किसानहरुले लगाएको करिब दुई हजार विगहा खेति योग्य जग्गा डुबानमा परेको हो । ....

  • १२ वर्षदेखी फरार अभियुक्त पक्राउ 7/21/2016

    दैनिक समाचारदाता राजविराज, ५ साउन । विगत १२ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले बुधबार पक्राउ गरेकोे छ । आफ्नै छिमेकीलाई हत्या गरी फरार रहेका सप्तरीको गोबरगाढा २ घर भई हाल हनुमाननगर योगिनी माई नगरपालिका ६ बस्ने शिवचन्द्र भनिने दुःखी मण्डललाई प्रहरीले पक्राउ गरेको जनाएको छ । ....

  • युवा सम्मेलनका लागि कार्यालय प्रमुखहरुसँग छलफल 7/21/2016

    दैनिक समाचारदाता राजविराज, ५ साउन । सप्तरी जिल्लामा पहिलोपटक आयोजना हुन गइरहेको युवा सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराइदिन बुधबार युवा सम्मेलन मूल समारोह समितिले जिल्लाका कार्यालय प्रमुखहरुसँग छलफल गरेको छ ।....

  • सप्तरीमा ३० प्रतिशत मात्र धान रोपाई 7/20/2016

    दैनिक समाचारदाता राजविराज, ४ साउन । साउन महिनाको पहिलो सातासम्ममा सप्तरीमा ३० प्रतिशत मात्र धान रोपाई भएको छ । कुल ७० हजार हेक्टर खेतियोग्य जग्गा मध्ये ३० प्रतिशत मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका बाली अधिकृत विद्यासागर यादवले जानकारी दिनुभयो । ...

  • एकै दिन दुई मोटरसाइकल चोरी 7/20/2016

    दैनिक समाचारदाता राजविराज, ४ साउन । स्थानीय प्रशासनको लापर्वाहीका कारणले सप्तरी सदरमुकाम राजविराजमा मोटरसाईकल चोरी गर्नेहरु बढेका छन् । राजविराजस्थित माईक्रो स्टेण्डदेखि पश्चिम दुर्गा प्रसाद साहको घर नजिकको गल्लीबाट विजय कुमार साहको स.४ प २३६६ कालो रंगको सुपर स्पेलेण्डर र गेना लाल साहको स.२ प ८४१३ नम्बरको यमाहा बाईबिआर मोटरसाईकल एकै दिन चोरी भएको छ । ....

  • ट्रयाक्टरको ठक्करबाट एक युवतीको मृत्यु, माइक्रो पल्टिदा चार घाइते 7/20/2016

    दैनिक समाचारदाता राजविराज, ४ साउन । सप्तरीमा मंगलबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनमा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन । जिल्लाको कंचनरुप नगरपालिका ८ मा स १ त ४००४ नम्बरको ट्रयाक्टरले सोही ठाउँ बस्ने ३५ बर्षिया बौकी सरदारलाई ठक्कर दिदा महिलाको घटनास्थलमै मृत्यु भएको हो ।....

  • पिछडावर्गको समान अधिकार सुनिश्चितता नभए काठमाडौंबाट आन्दोलन शुरु गर्ने चेतावनी 7/20/2016

    दैनिक समाचारदाता राजविराज, ४ साउन । नेपाल पिछडावर्ग महासंघका केन्द्रिय अध्यक्ष गजेन्द्र ठाकुरले राज्यको हरेक निकायमा पिछडावर्गको समान अधिकार सुनिश्चितता नभए काठमाडौंबाट आन्दोलन शुरु गर्ने चेतावनी दिनुभएको छ । ....

  • अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने गठबन्धनको निर्णय साउन ५ देखि भदौ २८ गतेसम्मको नयाँ आन्दोलनका कार्यक्रम घोषणा 7/19/2016

    दैनिक समाचारदाता काठमाडौँ, ३ साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । काठमाडौंस्थित संघीय समाजवादी फोरम नेपालको केन्द्रिय कार्यालयमा सोमबार बसेको गठबन्धनको बैठकले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पारित गर्न सहयोग गर्ने निर्णय गरेको हो ।.....

  • ट्रान्सफरमर अझैं जडन हुन सकेन् 7/19/2016

    दैनिक समाचारदाता राजविराज, ३ साउन । सप्तरीको छिन्नमस्ता गाविस वडा नं. ५ र ६ महुवा टोलका सयौ घरपरिवार ट्रान्सफर्मर पडकिएका कारणले अन्धकारमा रात बिताउँन बाध्य भएका छन । ५० मेघावाटको विद्युतको ट्रान्सफर्मर पडकिएको १५ दिन बित्तिसक्दा पनि नेपाल विद्युत प्राधिकरणले विद्युतको ट्रान्सफर्मर जडान गर्न नसकेका कारणले त्यहाँका सयौ परिवार अन्धकारमा रात बिताउँदै आएका हुन ।.....

  • एजेन्डा पुरा नभएसम्म सरकारमा नजाने ः फोरम उपाध्यक्ष यादव 7/18/2016

    दैनिक समाचारदाता राजविराज, २ साउन । संघिय समाजवादी फोरम नेपालकी केन्द्रिय उपाध्यक्ष रेणु यादवले मधेशको एजेन्डा पुरा नभएसम्म सरकारमा नजाने बताउनु भएको छ । संघिय गठबन्धनको आह्वानमा सप्तरीको सदरमुकाम राजविराजस्थित जनआन्दोलन चौकमा विगत १६ दिनदेखि जारी रिले अनसनको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।.....

  • प्रहरीले घर घरमा फोन नंं. अंकित स्टीकर टाँस्दै 7/18/2016

    दैनिक समाचारदाता राजविराज, २ साउन । “प्रहरी मेरो साथी” अभियान अन्तरगत आइतबारदेखी सप्तरीमा प्रहरीको फोन नम्बर अंकित स्टीकर टाँस गर्ने कार्यक्रमको शुभारम्भ भएको छ । जिल्लाको पाँच नगरपालिका र ९१ वटा गाविसका गरि कुल १ लाख २१ हजार घरको मूल ढोकामा सो स्टिकर टाँस गर्ने अभियान संचालन भएको हो । ....

  • बसको ठक्करबाट स्कुटी चालकको मृत्यु 7/18/2016

    दैनिक समाचारदाता राजविराज, २ साउन । सप्तरीको कन्चनरुप नगरपालिका १ स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एक स्कुटी चालकको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना६ख १९२९ न.को बसले बिपरित दिशाबाट आउदै गरेको को२५प ९०६१ न.को स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक बिराटनगर १३ निवासी ३० बर्षिय रिजन कोईरालाको मृत्यु भएको हो । ....

  • प्रेस सेन्टर प्रदेश नं. २ को संयोजकमा देवराम यादव 7/18/2016

    दैनिक समाचारदाता राजविराज, २ साउन । प्रेस सेन्टर नेपाल प्रदेश नं. २ को संयोजकमा सप्तरीका देवराम यादब चयन हुनु भएको छ । जनकपुरमा सम्पन्न प्रेस सेन्टरको एकता भेलाले यादवको संयोजकत्वमा २५ सदस्यीय प्रादेशिक समिति समेत सर्वसम्मत रुपमा चयन गरेको छ ।....

  • आजदेखी १ लाख २३ हजार घरको मूल ढोकामा प्रहरीले स्टिकर टाँस गर्ने 7/17/2016

    राजविराज÷ “प्रहरी मेरो साथी” अभियान अन्तरगत आइतबार देखी सप्तरीको १ लाख २३ हजार घरको मूल ढोकामा प्रहरीको फोन नम्बर भएको स्टिकर टाँस गर्ने अभियानको शुभारम्भ हुने भएको छ । सो अभियानको पूर्व क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले उद्घाटन गर्नु हुने कार्यक्रम रहेको छ । ....

  • सेवाग्राहीलाई कुटपिट गरेका कर्मचारीले मागे माफि 7/17/2016

    राजविराज÷मालपोत कार्यालय सप्तरीमा जग्गा रजिष्ट्रेशन गराउने क्रममा कर्मचारीहरुले एक सेवाग्राहीलाई गरेको कुटपिटका सम्बन्धमा कर्मचारीहरुले शनिबार माँफी माँगेपछि आईतबारदेखि कामका सुचारु हुने भएको छ ।....

  • सप्तरीमा युवा सम्मेलन हुने 7/17/2016

    राजविराज÷सप्तरीकै इतिहासमै पहिलो पटक जिल्लाका सम्पूर्ण गाविस तथा नगरपालिकाहरुबाट युवाहरुको भेला गरी सम्मेलन गरिने भएको छ । आगामी साउन २८ गते विश्व युवा दिवसको अवसर पारेर युवा सम्मेलनको आयोजना गरिने जिल्ला युवा संजालका संयोजक मोहन यादवले जानकारी दिनुभयो । ....

  • २५ औं गाविसको रुपमा पटेर्वा गाविस खुल्ला दिसा मुक्त गाविस घोषणा 7/16/2016

    दैनिक समाचारदाता राजविराज, ३१ असार । सप्तरीको पटेर्वा गाविस २५ औं गाविसको रुपमा भव्य समारोहबिच खुल्ला दिसा मुक्त गाविस घोषणा भएको छ । एक घर एक चर्पी ,स्वच्छ सफा पटेर्वाको धर्ती भन्ने मुल नाराका साथ भव्य समारोहका बिच खुल्ला दिसा मुक्त गाविस घोषणा गरिएको हो । पंचावती ग्रामिण विकास केन्द्र नेपाल र सुनोलौ हजार दिनको आयोजनामा आयोजित सो समारोहबिच जिल्लाको ९१ गाविसमध्ये २५ औं गाविसको रुपमा पटेर्वा गाविसलाई खुल्ला दिसा मुक्त गाविस घोषणा गरिएको छ ।...

  • बालिका बलात्कार गर्ने तीन पक्राउ 7/15/2016

    दैनिक समाचारदाता राजविराज, ३० असार । सप्तरीका एक बालिकालाई बलात्कार गर्ने तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमा कंचनरुप नगरपालिका बस्ने ३५ वर्षीय वलदेव सरदार, पोर्ताहा ९ का २३ वर्षीय अशोक साह र सोही ठाउँका १८ वर्षीय शिवराम सरदार रहेका छन् । ....

  • सेवाग्राहीलाई कुटपिटको बिरोधमा मालपोतको कामकाज ठप्प 7/15/2016

    दैनिक समाचारदाता राजविराज, ३० असार । मालपोत कार्यालय सप्तरीमा जग्गा रजिष्ट्रेशन गराउने क्रममा कर्मचारीहरुले एक सेवाग्राहीलाई बुधबार कुटपीट गरेको विषयलाई लिएर विवाद उत्पन्न भएपछि बिहीबार मालपोत कार्यालयको कामकाज ठप्प भएको छ ।....

  • सेवाग्राहीलाई कुटपिटको बिरोधमा मालपोतको कामकाज ठप्प 7/15/2016

    दैनिक समाचारदाता राजविराज, ३० असार । मालपोत कार्यालय सप्तरीमा जग्गा रजिष्ट्रेशन गराउने क्रममा कर्मचारीहरुले एक सेवाग्राहीलाई बुधबार कुटपीट गरेको विषयलाई लिएर विवाद उत्पन्न भएपछि बिहीबार मालपोत कार्यालयको कामकाज ठप्प भएको छ ।....

  • एलडिओले कमिशन मागेको भन्दै जिविसमा प्रदर्शन 7/14/2016

    दैनिक समाचारदाता राजविराज, २९ असार । जिल्ला विकास समिति सप्तरीका स्थानीय विकास अधिकारी प्रदिपबहादुर सिंह यादवले उपभोक्तासँग २० प्रतिशत रकम मागेको भन्दै बुधबार जिविसमा प्रदर्शन गरेको छ । आफूहरुसँग कमिसन मागेको भन्दै संघिय समाजवादी फोरम नेपालका नेता कार्यकर्ताहरुले विरोधमा उत्रेका हुन् । जिविस र गाविसका योजनाको कामनै नगरी धमाधम २० प्रतिशत रकम लिई बिल फच्र्छौट गर्न थालेको आरोप लगाउँदै उनीहरु विरोधमा उत्रेका हुन् । ....

  • “राष्ट्रिय शान्ति मानव कल्याण मेची–महाकाली रथयात्रा” आजदेखी सुरु 7/14/2016

    दैनिक समाचारदाता राजविराज, २९ असार । राष्ट्रिय शान्ति एवं मानव कल्याणको अभीष्ट पूर्ति हेतु छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा २०७३ चैत १६ गते सुरु हुने नेपालको पहिलो श्री लक्षचण्डी रुद्र महायज्ञको क्रममा यही असार ३० गते बिहीबार यज्ञस्थल सखडाबाट “राष्ट्रिय शान्ति मानव कल्याण मेची–महाकाली रथयात्रा” शुभारम्भ भइरहेको छ । ....

  • सरकारबाट माओवादीको समर्थन फिर्ता 7/13/2016

    दैनिक समाचारदाता राजविराज, २८ असार । वर्तमान सरकारबाट नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ । यससँगै ओली सरकार संकटमा परेको छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले भने राजीनामा नदिनुहुने भएको छ । ...

  • माओवादी र काँग्रेसबीच सात बुँदे सहमति 7/13/2016

    दैनिक समाचारदाता राजविराज, २८ असार । नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएको केही घण्टा भित्रै नेपाली कांग्रेस र माओवादीबीच सातबुँदे सहमति भएको छ । सातबुँदे सहमतिमा माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्नुभएको छ । ....

  • ‘प्रहरी मेरो साथी’ अभियानको सुरुवात 7/12/2016

    दैनिक समाचारदाता राजविराज, २७ असार । प्रहरी र नागरिकबीचको सम्बन्ध सुमधुर बन्न सकेमा मात्रै समाजमा अपेक्षित शान्ति, सुव्यवस्था र अमनचैन कायम हुनेमा जोड दिइएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले थालेको ‘प्रहरी मेरो साथी‘ अभियानको पुनरावेदन अदालतका मुख्य न्यायाधिश कुमार चुडालले शुभारम्भ गर्नुभयो । ...

  • रोजगारीका लागि कतार र मलेशिया गएका दुई युवकको मृत्यु 7/12/2016

    दैनिक समाचारदाता राजविराज, २७ असार । रोजगारीका लागि सप्तरीबाट कतार र मलेशिया गएका दुई युवकको मृत्यु भएको छ । रोजगारीका लागि गत जेठ महिनामा कतार गएका सप्तरीको बनौली गाविस ९ निवासी ३१ वर्षीय बौवालाल चौधरी र तिन वर्ष अगाडी मलेसिया गएका जिल्लाको बभनगमाकट्टी मंसापुर निवासी २७ वर्षिय रामुनी मण्डलको मृत्यु भएको छ । ....

  • स्ववियु निर्वाचन फागुन १४ गते 7/11/2016

    दैनिक समाचारदाता राजविराज, २६ असार । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको मिति आगामी फागुन १४ गतेका लागि तोकेको छ । आइतबार बसेको त्रिवि सभाको बैठकले आगामी फागुन १४ गते स्ववियु चुनाव गराउने निर्णय गरेको हो । स्ववियु चुनाव २०६५ साल यता भएको छैन ।.....

  • नेपाल बैंकका तत्कालिन प्रमुख दासलाई अदालतबाट सफाई 7/11/2016

    दैनिक समाचारदाता राजविराज, २६ असार । नेपाल बैंक लिमिटेड राजविराज शाखाका तत्कालिन प्रमुख दीपक कुमार दासमाथी लगाइएको यौन शोषण तथा सामाजिक संजाल मार्फत अश्लिल फोटोहरु सार्वजनिक गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ । ....

  • बाल अनसनकारीसहित महिला नेतृहरु अनशनमा 7/10/2016

    राजविराज÷मधेशमा जारीे आन्दोलनरत पक्षको जायजँ मागलाई राज्यले बेवास्ता गरेका कारण सप्तरी जिल्लामा जारी अनिश्चितकालिन रिले अनसन शनिबार आठौैं दिन बाल अनसनकारी सहित महिला नेतृहरु अनशनमा बसेकी छिन् ।....

  • गरिव एवं जेहन्दार विद्यार्थीलाई साइकल प्रदान 7/10/2016

    राजविराज÷सप्तरीको क्षेत्र न. २ का सांसद रमणी देवी रामले शनिबार त्यस क्षेत्रका २६ जना दलित, गरीब तथा जेहेन्दार छात्रछात्राहरुलाई साईकल र स्कुल ब्याग वितरण गरेकी छिन् । विपि उच्च मावि भारदहको विद्यालय प्राङ्गणमा आयोजित एक समारोहबिच त्यस क्षेत्रका विभिन्न १० वटा विद्यालयका २६ जना दलित एवं जेहेन्दार छात्रछात्राहरुलाई सो सामग्री वितरण गरिएको हो ।....

  • नयाँ पत्रकार आचारसंहिता जारी हुँदै बालबालिकाको फोटो छाप्दा अभिभावकको अनुमति अनिवार्य 7/9/2016

    दैनिक समाचारदाता काठमाडौं, २४ असार । प्रेस काउन्सिल नेपालले नयाँ पत्रकार आचारसंहिता जारी गर्ने भएको छ । प्रेस काउन्सिलले पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन र समाचार एजेन्सीलाई समेटेर नयाँ पत्रकार आचारसंहिता जारी गर्न लागेको हो ।.....

  • साउन र भदौंमा प्रचारात्मक आन्दोलन गर्ने गठबन्धनको तयारी 7/9/2016

    दैनिक समाचारदाता काठमाडौं, २४ असार । संघीय गठवन्धनले साउन र भदौमा प्रचारात्मक आन्दोलन गर्ने तयारी गरेको छ । मधेसी मोर्चा र जनजाति सम्वद्ध दलहरु मिलेर बनेको गठवन्धनले अहिले खुलामञ्चमा १२ घन्टे रिले अनशन गरिरहेको छ ।....

  • मधेशी मोर्चाद्वारा ईदको शुभकामनासहित छैठो दिन पनि अनसनलाई निरन्तरता 7/8/2016

    दैनिक समाचारदाता राजविराज, २३ असार । मुस्लिमहरुको महाव पर्व ईद उल फित्रको अवसरमा सम्पुर्ण मुस्लिम समुदायमा मधेशी मोर्चा सप्तरीले शुभकामना ब्यक्त गरेको छ । मोर्चाका जिल्ला संयोजक नरेन्द्र प्रसाद यादवद्वारा बिहिबार जारी विज्ञप्तीमा सो पर्वको अवसरमा सम्पुर्ण मुस्लिम समुदायहरुलाई शुभकामना ब्यक्त गरेको हो ।.....

  • सेनाका हवल्दारकी श्रीमतीद्वारा आत्महत्या 7/8/2016

    दैनिक समाचारदाता राजविराज, २३ असार । सुनसरीको खनार ४ घर भई हाल सप्तरीको राजबिराज नगरपालिका ९ मा डेरा लिई बस्दै आएकी नेपाली सेनाका हवल्दारकी श्रीमतिले झुण्डिएर आत्महत्या गरेकी छिन । ....

  • कोशी नहरमा डुबेर एक नाबालक बेपत्ता 7/8/2016

    दैनिक समाचारदाता राजविराज, २३ असार । सप्तरीको हनुमाननगर योगिनियामाई नगरपालिकामा कोशी नहरबाट आएको बाढीमा डुबेर एक जना नाबालक बेपत्ता भएको छ । हनुमाननगर योगिनियामाई नगरपालिका वडा नं १ बस्ने राज कुमार मण्डलको ४ वर्षिय छोरा ऋषि कुमार मण्डल घरमा कोही नभएको बेला कोशीबाट आएको नहरमा डुबी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ....

  • करेन्ट लागेर बालकको मृत्यु 7/8/2016

    दैनिक समाचारदाता राजविराज, २३ असार । सप्तरीको मलेठ गाविस ४ का एक बालकको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । स्थानीय १५ वर्षिय बालक मनिस कुमार साह मलेठ गाविस ५ स्थित बसबिटिको खेतमा पानी पटाउन जाँदा मोटर संचालन गर्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।...

  • पूर्व सभासद् हकको हत्यामा संलग्न श्रीमती, छोरीसहित तीन जनालाई जन्मकैद 7/7/2016

    दैनिक समाचारदाता राजविराज, २२ असार । सप्तरी जिल्ला अदालतले विघटित पहिलो संविधानसभाका सप्तरी क्षेत्र नं. ५ बाट निर्वाचित सभासद् सदरुल मियाँ हकको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ भने उक्त घटनामा संलग्न अन्य दुई जना फरार रहेका छन् । ....

  • महिला तथा बालबालिका सेवा केन्द्र भवनको शिलान्यास 7/7/2016

    दैनिक समाचारदाता राजविराज, २२ असार । प्रहरी वरिष्ठ उपरिक्षक उत्तम बहादुर सिंहले बुधबार महिला तथा बालबालिका सेवा केन्द्रको भवन जिल्ला प्रहरी कार्यालय सप्तरीको हातामा शिलान्यास गर्नु भएको छ । कुल एक करोड ३५ लाख १७ हजार एकसय ५७ रुपैयाँ ४३ पैसाको लागतमा निर्माण हुन लागेको साढे दुई तल्लाको भवनमा कार्यालय कोठा, तालिम कक्ष, विश्राम कक्ष, सोधपुक्ष कक्ष, उजुरी कक्ष, पीडित सहायता कक्ष, भान्सा घर, शौचालय, बाथरुम गरी २१ वटा कोठा रहनेछ । ....

  • नेताहरुद्वारा रिले अनसनलाई निरन्तरता 7/6/2016

    दैनिक समाचारदाता राजविराज, २१ असार । रिले अनसनको चौथो दिन पनि संघिय गठबन्धनको आह्वानमा मधेशी मोर्चा सप्तरीले राजविराजस्थित सहीद दशन चौकमा मंगलबार निरन्तरता दिएको छ । ...

  • विद्युत नपुगेपछि सोलारकै भरमा रात बिताउँदै 7/6/2016

    दैनिक समाचारदाता राजविराज, २१ असार । सप्तरीको कविलासा गाविस वडा न. ८ र ९ मधुबनी टोलका स्थानीय बासिन्दाहरुले अझै विद्युतको मुख हेर्न पाएका छैनन् । नेपाल सरकारले प्रत्येक घरमा खानेपानी, विद्युत, सिंचाई पु¥याउने लक्ष्य लिएपनि सप्तरीको कविलासा गाविस वडा न. ८ र ९ मधुवनी टोलका स्थानीयबासीहरुलाई अझै विद्युतको मुख हेर्ने अवसर पाएका छैनन् । ....

  • श्रीमतीलाई तेजाब हान्ने पक्राउ 7/6/2016

    दैनिक समाचारदाता राजविराज, २१ असार । आफ्नै श्रीमतीमाथि सोमबार तेजाबले हानेर गम्भीर घाइते बनाएर फरार रहेका सप्तरीको बेल्ही चपेना गाविस ७ का अमल राम पक्राउ परेका छन् । तेजाब प्रहार गर्ने अमललाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।...

  • एच.ए.–अहेव घरमा, अनमी स्वास्थ्य चौकी धान्दै ! औषधी अभाव हुँदा पनि जनस्वास्थ्य बेखबर, समस्यामा सेवाग्राही 7/4/2016

    दैनिक समाचारदाता राजविराज, १९ असार । राज्यले आफ्ना नागरिकको स्वास्थ्य उपचार गर्न हरेक गाउँमा स्वास्थ्य तथा उपस्वास्थ्य चौकीहरु सञ्चालनमा ल्याएको छ । तर, ती स्वास्थ्य चौकीहरुमा कार्यरत एच.ए.(हेल्थ असिस्टेन्ट), सिनियर अहेव तथा अहेवहरु नियमित आफ्ना काम नगई सिकारुकै भरमा स्वास्थ्य चौकी छाड्ने काम बढेको छ । ....

  • पूर्वमेयर सिंहको निधन 7/4/2016

    दैनिक समाचारदाता राजविराज, १९ असार । राजविराज नगरपालिकाका पूर्वमेयर राजविराज ९ निवासी श्याम किशोर सिंहको शनिबार राति असामयिक निधन भएको छ । तराई मधेश लोकतान्त्रिक पार्टीका नगर अध्यक्ष समेत रहनु भएका सिंह विगत केही समय ह्दयघातबाट पीडित रहनुभएको थियो । उहाँको शनिबार राति ६५ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो । ....

  • एमनेष्टी राजविराजको नयाँ कार्य समिति चयन 7/4/2016

    दैनिक समाचारदाता राजविराज, १९ असार । एमनेष्टी इन्टरनेशनल नेपाल ग्रुप ३०, राजविराजको ११ औं सधारण सभाबाट नयाँ कार्य समिति चयन गरिएको छ । जिल्लाको कल्याणपुर गाविस २ स्थित विषणपुरमा शनिबार सम्पन्न साधारण सभाबाट नवीनकुमार गुप्ताको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको हो ।....

  • गठबन्धनको आह्वानमा मधेशी मोर्चाद्वारा रिले अनसन सुरु 7/3/2016

    राजविराज÷संघिय गठबन्धनको आह्वानमा मधेशी मोर्चा सप्तरीले राजविराजस्थित सहिद दशन चौकमा शनिबारदेखि रिले अनसन शुरु गरेको छ । मधेशलगायत आदिवासी, जनजाती एवम् शोषित उत्पीडित जनताको व्यापक सहभागितामा जारी राजधानी केन्द्रित शान्तिपूर्ण आन्दोलनलाई राज्यपक्षले बेवास्ता गरेपछि जिल्लाहरु समेत आन्दोलित भएको मधेशी मोर्चाका पुर्व संयोजक एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।....

  • १९ जनाले मृगौला दान गर्ने मञ्जुरी दिए 7/3/2016

    राजविराज÷राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य मृगौला शिविरको अवसरमा पत्रकार, प्रहरी, स्वास्थ्यकर्मीसहित १९ जनाले मृगौला दान गर्ने मञ्जुरी दिएका छन् ।....

  • राष्ट्रिय सहकारी दिवसमा ¥याली तथा हातेमालो 7/3/2016

    राजविराज÷९४ औं अन्र्तराष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार राजविराजमा ¥याली निकालि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । “सहकारी दिगो विकासको कार्यशक्ति” भन्ने मुल नाराका साथ राष्ट्रिय सहकारी बैंक राजविराजले ९४ औं अन्र्तराष्ट्रिय सहकारी दिवसको अवसरमा बृहत ¥याली तथा हाथेमालो कार्यक्रमको आयोजना गरी मनाएको हो । ....

  • आयोगद्वारा विद्यार्थीलाई “घुम्ति निर्वाचन शिक्षा” 7/2/2016

    दैनिक समाचारदाता राजविराज, १७ असार । निर्वाचन आयोगले सप्तरीको सामुदायिक र नीजि गरि दुई विद्यालयका विद्यार्थीहरुलाई शुक्रबार घुम्ति निर्वाचन शिक्षा अन्तरगत विभिन्न जानकारी दिएको छ । निर्वाचन आयोगका उपसचिव सूर्य प्रसाद अर्यालले सप्तरीको बोरियास्थित नरेन्द्र मेमोरियल मावि र राजविराज ९ स्थित पिसजोन बोर्डिङ स्कुलका कक्षा ९ का विद्यार्थीहरुलाई निर्वाचन शिक्षा बारे जानकारी दिनुभयो । ....

  • नेसपा गजेन्द्रवादीको महाधिवेशन शुरु 7/2/2016

    दैनिक समाचारदाता राजविराज, १७ असार । नेपाल सद्भावना पार्टी गजेन्द्रवादीको प्रथम महाधिवेशन सप्तरीको भारदहमा शुक्रबारदेखि सुरु भएको छ । सो कार्यक्रममा बोल्दै वक्ताहरुले मधेशप्रति राज्यपक्षको अनुदार ब्यवहारका कारण मधेश र मधेशीले अधिकार पाउन नसकेको आरोप लगाएका छन ।....

  • चार मन्त्रालयका सचिवसमक्ष शिक्षा, स्वास्थ्यबारे गुनासै गुनासा 7/1/2016

    दैनिक समाचारदाता राजविराज, १६ असार । जिल्लास्थित शैक्षिक संस्था, स्वास्थ्य केन्द्र, स्थानिय निकाय, खेलकुद र लैङ्गिक समस्या बारे विहीबार राजविराजमा अन्तर मन्त्रालयबीच अन्तरक्रिया गरिएको छ । सो अन्तरक्रियामा सहभागिहरुले जिल्लाको शिक्षा क्षेत्रमा विभिन्न समस्याहरु देखापरेको भन्दै त्यसको निराकरणका लागि मन्त्रालयले पहल गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । ....

  • डुबेर एक बालकको मृत्यु 7/1/2016

    दैनिक समाचारदाता राजविराज, १६ असार । सप्तरीको रम्पुरा मल्हनियाँ गाविस ९ मा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय रामसेवक यादवकी १० वर्षिया छोरी किरण कुमारी यादवको घर नजिकैको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरी चौकी रम्पुरा मल्हनियाका असई भरत यादवले जानकारी दिनुभयो ।.....

  • सप्तरीलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन 7/31/2015

    दैनिक संवाददाता राजविराज, १४ साउन । सप्तरी जिल्लालाई तत्काल सुख्खा क्षेत्र घोषणा गर्न माग गर्दै नेपाल सद्भावना पार्टीले प्रधानमन्त्री समक्ष बिहिबार ज्ञापन पत्र पठाएको छ । पार्टी कार्यालयबाट किसानहरुको हलो सहितको ¥याली निकाली नगरको विभिन्न भागको परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन । ......

  • प्रकाश मानवअधिकार पुरस्कारका लागि बैद्यनाथ झा चयन 7/31/2015

    दैनिक संवाददाता राजविराज, १४ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २१ औं प्रकाश मानवअधिकार पुरस्कारबाट सप्तरीका बैद्यनाथ झालाई सम्मान गर्ने निर्णय गरेको छ । ......

  • एकजनाले मात्रै हिन्दु राष्ट्रको कुरा ग¥यो ः सभासद् यादव 7/30/2015

    दैनिक संवाददाता राजविराज, १३ साउन । संविधानको मस्यौदामा जनताले दिएको राय सुझवसहितको प्रतिवेदनमाथि संविधानसभामा छलफल गर्दै सभासदहरुले आफ्ना एजेण्डा सम्बोधन नभए आन्दोलनदेखि बन्दुकसम्म उठाउने धम्की दिएका छन् ।.....

  • राजविराज भन्सारको राजश्व असुलीमा ४ प्रतिशतले कमी बोदेबसाईन नाकामा चोरी पैठारीमा बृद्धि 7/29/2015

    शुभ नारायण यादव राजविराज, १२ साउन । राजविराज भन्सार कार्यालय तिलाठी बेल्हीको आर्थिक वर्ष २०७१÷०७२ मा राजस्व संकलनमा ४ प्रतिशतले कमी आएको छ । भन्सार कार्यालयले आव २०७०÷०७१ मा रु ६ करोड १५ लाख राजस्व असुली गरेकोमा आव २०७१÷०७२ मा रु. ५ करोड ९० लाख ३९ हजार २ सय ६६ रुपैयाँ राजस्व मात्र असुली गरेको छ ।......

  • बढी कर असुली गरेको भन्दै राजविराज नगरपालिका बिरुद्ध निषेधाज्ञा आदेश 7/29/2015

    दैनिक संवाददाता राजविराज, १२ साउन । पुनरावेदन अदालत राजविराजले राजविराज नगरपालिका विरुद्ध निषेधाज्ञा आदेश जारी गरेको छ । सो निषेधाज्ञा मुद्दामा पुनरावेदनका न्यायधिश उमेशराज पौडल स््यालको एकल इजलाशले सो आदेश गरेको हो ।......

  • जिल्ला प्रशासनको १८ लाख भन्दा बढी रकम फ्रिज, ७ करोड बढीको राजश्व असुली 7/29/2015

    दैनिक संवाददाता राजविराज, १२ साउन । जिल्ला प्रशासन कार्यालय सप्तरीको १८ लाख ७ हजार ६ सय ३३ रुपैयाँ फ्रिज भएको छ । आर्थिक वर्ष २०७१÷०७२ को द्वन्द्वको क्रममा मृत्यु भएका तथा बेपत्ता भएका परिवारहरुको १६ लाख र स्थानीय शान्ति समितिको २ लाख ७ हजार ६ सय ३३ रुपैयाँ गरी सो रकम फ्रिज भएको प्रशासन कार्यालयले जनाएको छ । ......

  • संविधानको मस्यौदाबारे मधेसी नेताहरुको टिप्पणी “प्रदेश नदिने भए देश देऊ” 7/28/2015

    दैनिक संवाददाता राजविराज, ११ साउन । नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहले मधेसी माग जनताको माग ‘प्रदेश नदिने भए देश देउ’ भन्ने रहेको बताएका छन् । सिंहले मधेसलाई बन्दूकको नालमा राख्न खोजिएको आरोप लगाएका छन् ।....

  • सप्तरीबाट १ हजार ५ सय ९२ लिखित सुझावहरु बुझाइयो 7/27/2015

    दैनिक संवाददाता राजविराज, १० साउन । संविधान २०७२ का लागि प्रस्तावित मस्यौदामा साउन ४ र ५ गते सप्तरी जिल्लाबाट संकलन गरिएका राय सुझावहरु जिल्लाका सभासद्हरुले शनिबार नागरिक सम्वद्र्धन तथा संविधान सुझाव समितिमा बुझाएका छन् । ......

  • पानीको अभावमा रोपिएको धान पनि डढ्दै सप्तरी ७३ प्रतिशत खेत बाझै 7/26/2015

    नवीन डेस्क राजविराज÷वर्षा नभएपछि सप्तरीका किसानहरुले रोपेको धानको बाली चर्को घामका कारण डढ्न लागेको छ । लामो समयदेखी जिल्लामा पानी नपरेपछि किसानहरुले जसोतसो रापेका धानका बालीहरु डढ्न लागेको हो ।.....

  • गोइतद्वारा तराईबासीहरुको मुक्ति नभएसम्म लडिरहने प्रतिवद्धता 7/26/2015

    राजविराज÷अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोईतले मातृभुमि तराईबासीहरुको मुक्ति नभएसम्म लडिरहने प्रतिवद्धता जनाउनु भएको छ । मोर्चाका संयोजक गोइतद्वारा शनिबार हस्ताक्षरित विज्ञप्तीमा मोर्चा साउन १० गतेदेखि ११ औं वर्ष पुरा गरी १२ औं वर्षमा प्रवेश गर्न लागेको भन्दै तराईको मुक्ति नभएसम्म आन्दोलन जारी रहने उल्लेख गर्नुभएको छ ।.....

  • गैसस महासंघका नव पदाधिकारीहरुको पदस्थापना 7/25/2015

    दैनिक संवाददाता राजविराज, ८ साउन । गैर सरकारी संस्था महासंघ नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुलाई शुक्रबार एक समारोहबिच शपथ ग्रहण तथा पदस्थापन गराइएको छ । शुक्रबार राजविराजमा आयोजित सपथग्रहण तथा पदस्थापना समारोहमा नव कार्य समितिका पदाधिकारीहरुलाई गैसस महासंघका पूर्व केन्द्रिय सदस्य ध्रुव देवले सपथग्रहण तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।......

  • ग्रामिण भेगका जनताहरु संविधानको मस्यौदा हेर्न पाएनन् 7/24/2015

    शुभनारायण यादव राजविराज, ७ साउन । संविधानको मस्यौदामाथि जनताको राय सुझाव संकलन कार्य सम्पन्न भएपनि सप्तरीका ग्रामिण भेगका जनताहरु संविधानको मस्यौदा सम्म पनि हेर्न पाएका छैनन् । नेपाल सरकारले संविधानको प्रारम्भिक मस्यौदा बारेमा सुझाव संकलनका लागि साउन ४ र ५ गते अधिराज्यभरी राखिएपनि जिल्लाका ग्रामिण भेगका अधिकांश सर्वसाधारणहरुलाई सो मस्यौदा बारे जानकारी समेत रहेको छैन् ।.....

  • नगरको मुख्य चौकहरुमा थप ३१ वटा सोलार जडान 7/23/2015

    दैनिक संवाददाता राजविराज, ६ साउन । राजविराज नगरपालिकामा अझ शान्ति सुरक्षा कायम गर्नका लागि नगरको विभिन्न स्थानमा सोलार जडान गरिएको छ । राजविराज नगरपालिकामा शान्ति सुरक्षा कायम गर्न राजविराज नगरपालिकाको विभिन्न सार्वजनिक तथा मुख्य सडकहरुमा ३१ वटा थप सोलार जडान गरेको छ । .....

  • सप्तरी क्षेत्र नं. ४ को सुझाव संकलन कार्य स्थगित 7/22/2015

    दैनिक संवाददाता राजविराज, ५ साउन । संविधानको मस्यौदामाथि दोश्रो दिनको राय सुझाव संकलन कार्यक्रममा मंगलबार पनि सप्तरीमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले अवरोध पु¥याएका छन । सोही क्रममा सप्तरीको क्षेत्र न. ४ को पातोमा आयोजित संविधानको मस्यौदामाथिको राय सुझाव संकलन कार्यक्रममा चल्दै गरेको अवस्थामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले अवरुद्ध गरेपछि स्थगित भएको छ ।.....

  • बन्दबाट सप्तरी सहित तराईका जिल्लाहरुको जनजीवन प्रभावित 7/22/2015

    दैनिक संवाददाता राजविराज, ५ साउन । संविधानसभाको प्रारम्भिक मस्यौदाको विरोधमा उत्रिएका मधेसवादी दलका कार्यकर्तामाथि प्रहरी प्रशासनले गरेको दमन र कुटपिटको विरोधमा मंगलबार आह्वान गरेको आमहडतालका कारण सप्तरीसहित तराईका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ । .....

  • सप्तरीमा सुझाव संकलन कार्यको बिरोध राजविराज र भारदहमा प्रहरी र आन्दोलनकारीबीच झडप, एक दर्जन घाइते, दुई जना पक्राउ 7/21/2015

    दैनिक संवाददाता राजविराज, ४ साउन । संविधानको प्रारम्भिक मस्यौदा सम्बन्धि सप्तरी सदरमुकाम राजविराज र भारदहमा सोमबार छलफल तथा सुझाव संकलन गर्ने कार्य भइरहेको बेला मधेशवादी दलका नेताहरुमाथी प्रहरीले लाठीजार्च गरेको छ । सो लाठी चार्जबाट एक दर्जन नेता कार्यकर्ता घाइते भएका छन् भने दुई जना पक्राउ परेका छन् ।......

  • प्रहरी दमनको भत्र्सना बिरोधमा एक दिने बन्द 7/21/2015

    दैनिक संवाददाता राजविराज, ४ साउन । संविधानको मस्यौदा उपर जनताको सुझाव संकलनको क्रममा सोमबार जिविस सप्तरीमा प्रशासनद्वारा गरीएको दमनको विरुद्धमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले एक दिने आम हडतालको घोषणा गरेको छ ।.....

  • संविधानको मस्यौदामाथि आज क्षेत्र नं. १, २ र ३ मा राय सुझाव संकलन गरिदै 7/20/2015

    दैनिक संवाददाता राजविराज, ३ साउन । संविधानको मस्यौदा २०७२ माथि सुझाव संकलन गर्ने कार्यमा सहयोग पु¥याउनका लागि सप्तरीका प्रमुख जिल्ला अधिकारीको निवासमा आइतबार छलफल सम्पन्न भएको छ । साउन ४ र ५ गते जनताको राय सुझाव सङ्कलन गरिने कार्य भएको हुँदा सो विषयमा सभासद्हरु, स्थानीय प्रहरी प्रशासन, विभिन्न राजनीतिक दल, कार्यालय प्रमुख लगायतको उपस्थितिमा बृहत छलफल भएको थियो । ......

  • अज्ञात रोगका कारण सप्तरीको रामनगरमा दुईको मृत्यु, दुई दर्जन बिरामी 7/20/2015

    दैनिक संवाददाता राजविराज, ३ साउन । अज्ञात रोगका कारण सप्तरीको रामनगर गाविस ३ स्थित दलित बस्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई दर्जन भन्दा बढी बिरामी पर्नुका साथै सो रोगबाट सयौ प्रभावित भएका छन् । अज्ञात रोगका कारण स्थानीय ३० वर्षिया सुनिता देवी सदा र सोही ठाउँका २५ वर्षिया मखनी देवी सदाको मृत्यु भएको छ । ......

  • कंचनरुपसहित विभिन्न गाविसमा मस्यौदा जलाइए 7/20/2015

    दैनिक संवाददाता राजविराज, ३ साउन । सप्तरीको कंचनरुप नगरपालिकाले कंचनपुर बेरियमा आइतबार आयोजना गरेको नगरस्तरीय संविधानको मस्यौदामा सुझाव संकलन कार्यक्रम सुरु नहुदै विथोलिएको छ । मधेस केन्द्रित दलका कार्यकर्ताहरुले मस्यौदा जलाउँदै विरोध गरेपछि कार्यक्रम दुई मिनेटमै स्थगित भएको थियो । नगरपालिकाका अधिकृत आनन्द ठाकुरले मस्यौदामा सुझाव सोमबार पनि दिन सकिने भन्दै कार्यक्रम स्थगगित गर्नुभएको थियो । ......

  • सप्तरीको ६ वटै क्षेत्रमा मस्यौदा जलाइयो 7/19/2015

    राजविराज÷संविधानको मस्यौदा मधेश बिरोधी रहेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सप्तरीको ६ वटै क्षेत्रमा मस्यौदा जलाएको छ । संविधानको मस्यौदामा संघियता शब्दलाई हटाईएको छ भने विदेशी नागरिकसँग नेपाली पुरुषले विवाह गर्दा बंशज नागरिकता नमिल्ने जस्ता मधेशको हितमा संविधान नरहेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलनमा ओर्लेको छ । ......

  • मधेशी जनताको हितमा संविधान नआए त्यसको कुनै औचित्य रहदैन् ः मातृका यादव 7/19/2015

    राजविराज÷संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका केन्द्रिय संयोजक मातृका प्रसाद यादवले मधेश र मधेशी जनताको हितमा संविधान नआए त्यसको कुनै औचित्य नरहने बताउनु भएको छ । संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति सप्तरीको आयोजनामा शनिबार राजविराजमा आयोजित दोश्रो संविधान सभा र मधेशी अधिकार विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो । .....

  • नवीन साप्ताहिक “क” वर्गमा 7/19/2015

    राजविराज÷प्रेस काउन्सिल नेपालद्वारा आ.व. ०६९÷०७० र ०७०÷०७१ को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको नतिजा अनुसार राजविराजबाट प्रकाशित नवीन साप्ताहिक “क” वर्गमा परेको छ । नवीनसँगै सूचना साप्ताहिक र कृष्णा दैनिक पनि सो वर्गमा परेको छ । .....

  • प्रारम्भिक मस्यौदामा अल्पसंख्यक तथा सीमान्तकृत समुदायसँग छलफल सम्पन्न 7/18/2015

    दैनिक संवाददाता राजविराज, १ साउन । सप्तरी क्षेत्र नं. ३ का सभासद उमेश कुमार यादवले संविधानसभाबाट संविधान निर्माण हुन गइरहेकोले सिमाङ्कन सहितको संविधान आउँनुपर्नेमा जोड दिनुभयो । सपोर्ट नेपालको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा शुक्रबार राजविराजमा आयोजित समावेशी, जवाफदेशीता तथा पुर्ण शान्तिको लागि सहयोग कार्यक्रम अन्तर्गत नेपालको संविधान २०७२ प्रारम्भिक मस्यौदामा अल्पसंख्यक तथा सीमान्तकृत समुदायसँग सरोकार राख्ने प्रावधानहरु विषयक छलफल कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले सो कुरामा जोड दिनुभएको हो । .......

  • मस्यौदाको बिरोधमा बृहत ¥याली 7/18/2015

    दैनिक संवाददाता राजविराज, १ साउन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले शुक्रबार मधेश बिरोधी संविधान मस्यौदाको बिरोधमा बृहत ¥याली प्रदर्शन गरेको छ । राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । ......

  • वर्षा भएपछि दैवी उद्धार समिति तात्यो सहभागि भन्छन् ः पूर्व तैयारी पुगेन् 7/17/2015

    दैनिक संवाददाता राजविराज, ३१ असार । बर्षाको शुरुवात भएपछि जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीले विपदको पूर्व तयारीमा लागिपरेको छ । समान्य बर्षामा पनि सप्तरीको झण्डै एक दर्जन भन्दा बढी गाविस बर्षेनी डुबानमा पर्ने गरेको कुरा सम्पुर्ण जिल्लाबासीहरुलाई जानकारी हुँदा हुँदै पनि बर्षा शुरु भएपछि मात्र हरेक वर्ष झैं यस वर्ष पनि जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीले विपदको पुर्व तयारीमा लागिध स् परेको हो । .....

  • सप्तरीको पाँचै स्थानमा आयूर्वेद औषधालय स्थापना 7/17/2015

    दैनिक संवाददाता राजविराज, ३१ असार । सप्तरीको प्रसवनी गाविसमा बिहीबार आयूर्वेद औषधालयको स्थापना भएको छ । यो सँगै सप्तरीमा एक साता भित्र पाँच स्थानमा आयूर्वेद औषधालयको स्थापना भएको छ । .....

  • पानी जमेपछि आवतजावतमा समस्या 7/16/2015

    दैनिक संवाददाता राजविराज, ३० असार । सप्तरीको सदरमुकाम राजविराज नगरपालिका ५ स्थित जिल्ला भु–संरक्षण कार्यालयदेखि पुर्व पट्टीबिच सडकमै पानी जमेका कारण स्थानीयबासीहरुलाई आवत जावतमा समस्या उत्पन्न भईरहेको छ । .....

  • नेवि संघ सभापति कर्णमाथि भएको आक्रमणको भत्र्सना 7/16/2015

    दैनिक संवाददाता राजविराज, ३० असार । नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष एवं सभासद रंजित कर्णमाथि भएको दुव्र्यवहार तथा संघातिक आक्रमणप्रति संघले घोर भत्सर्ना गरेको छ । .....

  • सप्तरीमा दश प्रतिशत मात्र धान रोपाई 7/15/2015

    दैनिक संवाददाता राजविराज, २९ असार । सप्तरीमा हालसम्ममा १० प्रतिशत मात्र धान रोपाई भएको छ । धान रोपाईका लागि महत्वपूर्ण समय मानिएको असारको अन्तिम साता सम्ममा सिंचितमा ७ प्रतिशत २ हजार ८ सय हेक्टर र असिंचितमा ३ प्रतिशत ९ सय हेक्टर जग्गामा मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । ....

  • भानुभक्तको जन्मजयन्तिमा साहित्यीक गोष्ठी 7/15/2015

    दैनिक संवाददाता राजविराज, २९ असार । सगरमाथा साहित्य परिषद् र विश्व नारी नेपाली साहित्य समाजको आयोजनामा मंगलबार राजविराजमा आदिकवि भानुभक्त आचार्यको २०२ औं जन्मजयन्तीको अवसरमा साहित्य गोष्ठी गरिनु साथै उहाँको व्यक्तित्व र कृतित्वबारे चर्चा गरिएको छ । .....

  • १४ दिनपपछि पत्रकार महासंघको ताला खुल्यो 7/14/2015

    दैनिक संवाददाता राजविराज, २८ असार । नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा लगाईएको ताला १४ दिन पछि सोमबार खुलेको छ । महासंघमा उत्पन्न विवाद सुल्झाउनका लागि अगामी साउन ७ गते भित्र मागहरु सम्बोधन हुने गरी महासंघका पूर्वअध्यक्षहरुले स्वतेपत्र जारी गर्ने प्रतिवद्धता व्यक्त गरेपछि महासंघको ताला सोमबारबाट खुलेको हो । ......

  • तीन सुरक्षा निकायका प्रमुखहरु सप्तरीमा राय संकलन गर्न आउने टोलीलाई विशेष सुरक्षा दिन गृह सचिवको निर्देशन 7/14/2015

    दैनिक संवाददाता राजविराज, २८ असार । मधेसी दलहरुले मस्यौदाको बिरोध गरिरहेको समयमा मधेसी बाहुल्य जिल्ला रहेको सप्तरीमा सोमबार दिउँसो सुरक्षा निकायका उच्च पदाधिकारीहरुसहित गृहसचिव यहाँ आइपुग्नु भएको छ । .....

  • राजविराज नगरपालिका भित्र सिसी टिभि क्यामरा जडान हुने 7/13/2015

    दैनिक संवाददाता राजविराज, २७ असार । राजविराज नगरपालिकामा सिसी टिबी क्यामरा जडान गर्ने सर्वसम्मत निर्णय भएको छ । सप्तरी उद्योग वाणिज्य संघको आयोजनामा आईतबार राजविराजमा आयोजित नगर क्षेत्र भित्र सिसी टिभी क्यामरा जडान सम्बन्धित छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले नगरमा बढ्दो चोरी, लुटपाट तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नका लागि सिसी क्यामराको आवश्यकता रहेको भन्दै अगामी एक महिना भित्र सो जडान हुने जानकारी दिनुभयो ।........

  • संविधानको मस्यौदा विरुद्ध कालो झण्डा 7/13/2015

    दैनिक संवाददाता राजविराज, २७ असार । संघिय मधेशी मोर्चाले आईतबार संविधानको मस्यौदा विरुद्धमा राजविराज नगरपालिकाको विभिन्न सार्वजनिक स्थानमा कालो झण्डा झुण्डयाएका छन । संघिय मधेशी मोर्चासँग आवद्ध सदभावना पार्टी, संघिय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र तराई मधेश सद्भावना पार्टीका नेता तथा कार्यकर्ताहरुले राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात नगरको विभिन्न सार्वजनिक स्थानमा कालो झण्डा झुण्डयाएका हुन । .......

  • मधेशको हितमा संविधान नआए संविधान जलाउने 7/11/2015

    दैनिक संवाददाता राजविराज, २५ असार । मधेशको हितमा संविधान नआए संविधान सभामा संविधान जलाउँने उदघोष एक कार्यक्रममा सहभागिहरुले गरेका छन । नेपाल सद्भावना पार्टी जिल्ला कार्य समिति सप्तरीद्वारा शुक्रबार राजविराजस्थित जनआन्दोलन चौकमा मधेशी बिरोधी संविधानका मस्यौदा फिर्ता गरौं भन्दै आयोजित बिरोध सभामा सहभागि नेताहरुले सो कुरा बताएका हुन । ......

  • ४५ वर्षपछि मलेठको गढियामा कुलो पैनी निर्माण तीन गाविसका हजारौ किसानहरु लाभान्वित हुने 7/10/2015

    शुभनारायण यादव राजविराज, २४ असार । झण्डै ४५ वर्षपछि सप्तरीको मलेठ गाविस ६ स्थित गढियाको खाँडो खोलामा कुलो पैनी निर्माण भएपछि त्यस भेगका तीन गाविसका हजारौ किसानहरु लाभान्वित हुने भएका छन । जिल्ला कृषि विकास कार्यालय सप्तरीको सहयोग तथा भगवति कृषि सहकारी संस्था मलेठ ६ को आयोजनामा कुलो पैनी निर्माण भएपछि मलेठ, बसविटी र दिघवा गाविसमा करिब दुई हजार किसानहरु लाभान्वित हुन भएका हुन । ......

  • राजविराज नगरपालिका पूर्ण खोप नगरपालिका घोषणा 7/9/2015

    दैनिक संवाददाता राजविराज, २३ असार । राजविराज नगरपालिकालाई बुधबार एक कार्यक्रमबिच पूर्ण खोप नगरपालिका घोषणा गरिएको छ । २०७२ साल भित्रै राजविराज नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता गर्ने प्रतिवद्धताका साथ राजविराज नगरपालिका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग सहित सबै सरोकारवाला र जिल्ला खोप समन्वय समितिले सामुहिक रुपमा पुर्ण खोप नगरपालिका घोषणा गरिएको हो ।......

  • राज्यको उदासिनताले आयूर्वेद पद्दतीले फड्को मार्न सकेन् ः महानिर्देशक भण्डारी 7/9/2015

    दैनिक संवाददाता राजविराज, २३ असार । सरकारले मुलुकभर थप ९० वटा आयुर्वेद औषधालय स्थापना गर्न घोषणा गरे बमोजिम सप्तरीको पाँच गाविस मध्ये बुधबार सप्तरीको बनैनियाँ गाविसमा आयुर्वेद औषधालय स्थापना भएको छ । .....

  • अजित सिंह नेतृत्व अखिल तराई मुक्ति मोर्चाले चार थान हतियार बुझायो 7/7/2015

    दैनिक संवाददाता राजविराज, २१ असार । सरकारसँग दोश्रो चरणको बार्ता गरिसकेका अखिल तराई मुक्ति मोर्चाले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत चार थान हतियार बुझाएको छ । अजित सिंह भनिने अजय यादवले नेतृत्व गर्दै आएको अखिल तराई मुक्ति मोर्चाले सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव सहित अन्य सुरक्षाकर्मी र संचारकर्मीहरुको उपस्थितिमा सो हतियार बुझाएका हुन । ......

  • अख्तियार भनि धम्काउने चौधरी पक्राउ 7/7/2015

    दैनिक संवाददाता राजविराज, २१ असार । आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय अनुसन्धानको मान्छे भएको भन्दै धम्काउने र ठग्ने कार्यमा संलग्न भएको आरोपमा एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।.....

  • कोशी पीडितहरुको माग तीन महिना भित्र पुरा गर्न पहल गर्ने ः गगण थापा 7/6/2015

    दैनिक संवाददाता राजविराज, २० असार । नेपाली काग्रेसका सभासद् तथा संसदीय व्यवस्था र कृषि तथा जलश्रोत समितिका सभापति गगन थापाले कोशी पीडितहरुको सम्झौता अनुसारको माग आगामी तीन महिना भित्र पुरा गराउन पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । ....

  • गजेन्द्र नारायण सिंह वरिष्ठ पत्रकारिता पुरस्कार पत्रकार अनललाई प्रदान काठमाडौं बस्नेहरुको दानापानी बन्द गर्नुपर्छ ः महतो 7/5/2015

    राजविराज÷गजेन्द्र नारायण सिंह वरिष्ठ पत्रकारिता पुरस्कार २०७२ बाट सप्तरीका वरिष्ठ पत्रकार एवं नवीन साप्ताहिकका प्रधान सम्पादक अनिल कुमार अनललाई प्रदान गरिएको छ । उपराष्ट्रपति परमानन्द झाले शनिबार काठमाडौंमा आयोजित मधेशी पत्रकार संघको दोश्रो वार्षिकोत्सवको अवसरमा सो पुरस्कार प्रदान गर्नुभएको हो । .....

  • लैङ्गिक हिंसा नियन्त्रणका लागि समिति गठन 7/5/2015

    राजविराज÷लैङ्गिक हिंसा नियन्त्रण गर्नका लागि सप्तरी जिल्ला संजाल समन्वय समितिको बैठकबाट कार्यकारिणी समिति गठन भएको छ । इन्सेक प्रतिनिधि एवं पत्रकार मनोहर कुमार पोखरेलको अध्यक्षतामा सर्वसम्मतीले १५ सदस्यीय कार्यकारिणी समिति गठन भएको हो ।.....

  • बालमैत्री कक्षा संचालनमा जोड 7/4/2015

    दैनिक संवाददाता राजविराज, १८ असार । सप्तरी क्षेत्र न. २ का सभासद अशोक मण्डल अमरले भविष्यका कर्णाधार मानिने बालबालिकाहरुको चौतर्फी विकासमा टेवा पु¥याउनका लागि बालमैत्री कक्षा संचालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।....

  • लागुऔषधसहित पेडा पसले पक्राउ 7/4/2015

    दैनिक संवाददाता राजविराज, १८ असार । इलाका प्रहरी कार्यालय कञ्चनपुर र पूर्व क्षेत्रीय प्रहरीको संयुक्त टोलीले सप्तरीको बरमझियामा रहेको पेडा पसलबाट लागुऔषधसहित पसल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पेडा पसलका संचालक ३२ वर्षीय राजकुमार गुप्ता रहेका छन् । पेडा पसलमा लागुऔषध बिक्री वितरण हुने गरेको सूचना पाएपछि प्रहरीले पसलमा छापा मारेको हो । .....

  • ‘प्रारम्भिक मस्यौदामा जनजाति र मधेसीको भावना समेटिएन’ 7/3/2015

    काठमाडौँ, १७ असार । आदिवासी जनजाति तथा मधेसी समुदायले अपेक्षा गरेअनुसार संविधानको मस्यौदामा आफूहरूको भावना नसमेटिएको गुनासो गरेका छन् । नेपाल कानुन समाजद्वारा बिहीबार यहाँ आयोजित ‘संविधानको प्रारम्भिक मस्यौदामा मधेसी र जनजाति समुदायको अधिकार’ विषयको कार्यक्रममा सहभागी वक्ताले दू्रतमार्गबाट संविधान लेखनलाई अघि लैजान खोज्दा फेरि पनि केही तलमाथि गर्न खोजिएको हो कि भनेर आशङ्का पैदा भएको टिप्पणी गरे ।......

  • शान्ति समितिको तालिम सम्पन्न 7/3/2015

    दैनिक संवाददाता राजविराज, १७ असार । स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाले मुलुक र समाजबाट द्वन्द्व न्युनिकरण गर्नका लागि स्थानीय शान्ति समिति सक्रिय बन्नुपर्नेमा जोड दिनुभएको छ । स्थानिय शान्ति समिति सप्तरीको आयोजनामा राजविराजमा संचालित मध्यस्थता सीप तथा संक्रमणकालिन न्याय सम्बन्धि दुई दिने तालिमको समापन्न समारोहमा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले कुरामा जोड दिनुभएको हो ।......

  • संघीय गणतान्त्रिक मोर्चाले संविधानको मस्यौदा जलायो 7/2/2015

    दैनिक संवाददाता राजविराज, १६ असार । संघीय गणतान्त्रिक मोर्चाले सप्तरीको राजविराजमा बुधबार संविधानको मस्यौदा जलाएका छन् । राजविराजस्थित जनआन्दोलन चौकमा मोर्चासँग आवद्ध विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुले सामुहिक रुपमा सो मस्यौदा जलाएका हुन । .....

  • मस्यौदा संशोधनको माग गर्दै सभाअध्यक्षलाई ज्ञापन 7/2/2015

    दैनिक संवाददाता राजविराज, १६ असार । नेपाल सदभावना पार्टीले संविधान सभाको मस्यौदा संशोधनको माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत संविधान सभाका अध्यक्ष समक्ष ज्ञापन पत्र पठाएको छ । .....

  • पर्याप्त वर्षा नभएपछि धान रोपाईमा बाधा कृषि कार्यालयले धान दिवसमा औपचारिकता पुरा ग¥यो 7/1/2015

    दैनिक संवाददाता राजविराज, १५ असार । पर्याप्त बर्षा नभएपछि सप्तरीका किसानहरु चिन्तित बनेका छन् । बर्षाको आभावमा गत बर्ष खडेरीको मार खेपेको सप्तरीका किसानहरु यस बर्ष पनि बर्षा नभएपछि किसानहरु चिन्तित बनेका हुन् । .....

  • पत्रकार महासंघमा तालाबन्दी 7/1/2015

    दैनिक संवाददाता राजविराज, १५ असार । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका वर्तमान कार्यसमितिको क्रियाकलाप आम पत्रकारको हित विपरित रहेको ठहर गर्दै गठित संघर्ष समितिले मंगलबार दुई घण्टा धर्ना पश्चात् पत्रकार महासंघमा तालाबन्दी गरेको छ । ......

  • सवारी दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी जनचेतना फैलाउ“दै 7/31/2014

    शुभ नारायण यादव राजविराज,१४ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय राजविराजले बढदो सवारी दुर्घटना न्युनिकरणका लागि राजविराजमा बुधबार जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका निमित प्रमुख बिष्णु प्रसाद तिमसेनाले वर्षायाममा बढदो सवारी दुर्घटना न्युनिकरणका लागि बसका चालक तथा सहचालकहरुलाई एक ठाउँमा भेला गरी सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना फैलाएको हो ।...

  • छोराको हत्या गर्ने बुबा पक्राउ 7/31/2014

    दैनिक सम्वादाता राजविराज,१४ साउन । सप्तरीको कोचावखारी गाविस–९ कुपही टोलका ६ वर्षीय नावालक गोविन्द खंग खत्वेको हत्या गरी फरार रहेका उनका बुबालाई प्रहरीले पक्राउ गरेको छ । छोराको हत्या गरी फरार उनका बुबा ३५ वर्षीय श्रवण खंग खत्वेलाई सप्तरीको बिसहरिया गाविस –२ स्थित सिग्यौन दमावतीबाट मङ्गलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी केदार ढकालले जानकारी दिनुभयो ।...

  • जिल्ला आयुर्वेदिकद्वारा औषधी पसलमा अनुगमन 7/30/2014

    दैनिक संवाददाता राजविराज, १३ साउन । जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र सप्तरीको नेतृत्वमा मंगलबार राजविराज नगरपालिका तथा आसपासका क्षेत्रमा रहेका विभिन्न औषधी पसलहरुको अनुगमन गरिएको छ । विभिन्न अ‍ैषधी पसलमा अनुमति बिनानै आयुर्वेदिक औषधीको समेत विक्रि भइरहेको सूचना पाएपछि अनगुमन गर्नुपरेको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र सप्तरीका प्रमुख डा. शिवशंकर यादवले जानकारी दिनुभयो । ...

  • शिविरमा ५ सय ३६ जनाको जन्म दर्ता 7/30/2014

    दैनिक संवाददाता राजविराज, १३ साउन । सपोर्ट नेपालको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल (एससिडिसी नेपाल) को आयोजनामा संचालित जन्मदर्ता अभियान शिविरमा हालसम्म चार गाविसमा ५ सय ३६ जनाको जन्म दर्ता भएको छ । ...

  • सप्तरीमा पुनः एक महिलाको निर्मम हत्या 7/29/2014

    दैनिक संवाददाता राजविराज, १२ साउन । सप्तरीमा एक पछि अर्को गरि महिला हत्याको घटनामा दिन प्रतिदिन बृद्धि भईरहेको छ । पछिल्लो पटक सप्तरीको मलेकपुर गाविस ५ खुरहुरियाका एक महिलाको हत्या भएको एक साता नबित्दै जिल्लाको सिम्रहा सिग्यौन गाविस ६ मा पुन आईतबार राति एक महिलाको निर्मम तरिकाबाट हत्या गरिएको छ ।...

  • पविउमाविमा सरकारी अनुदानबाट भवन निर्माण हु“दै 7/29/2014

    दैनिक संवाददाता राजविराज, १२ साउन । सप्तरी जिल्लाको पुरानो सामुदायिक विद्यालय मध्ये एक राजविराजस्थित पविउमाविमा अहिले सरकारले दिएको अनुदान रकमबाट भवन निर्माण कार्य धमाधम हुँदैछ । वि.स. २००३ सालमा संचालन भएको उक्त विद्यालयलाई सरकारले पछिल्लो पटक विद्यालय भवन निर्माणका लागि १९ लाख ५० हजार तथा शौचालय निर्माणका लागि १ लाख ५० हजार रकम अनुदान दिएको थियो । ...

  • नागेश्वर प्रसाद सिंहद्वारा सप्तरीमा नेतृत्वदायि भुमिका निर्वाह ः वक्ताहरु 7/28/2014

    दैनिक संवददाता राजविराज, ११ साउन । बामपन्थी नेता कृष्णराज वर्माले स्व. डा. नागेश्वर प्रसाद सिंहले राजनीतिमा सप्तरीले नेतृत्वदायि भुमिका निवार्ह गर्नुभएको बताउँनुभएको छ । विश्व शान्ति समितिको आयोजनामा आईतबार राजविराज आयोजित समाजसेवी एवं शान्तिकामी स्व. डा.नागेश्वर प्रसाद सिंहको चोथौ स्मृति सभामा प्रमुख अतिथिको आसन्नबाट बोल्दै उहाँले शुरुदेखि नै राजनीतिक प्रेरणा भएका ब्यक्ति स्व. डा. सिंह नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता रहनुभएको बताउनुभयो । ...

  • बालकको हत्या गर्ने बुबा विरुद्ध जाहेरी 7/28/2014

    दैनिक संवददाता राजविराज, ११ साउन । सप्तरीको कोचावखारी ९ कुपहीका ५ वर्षीय बालक गोविन्द खङ्गको हत्या गरी फरार रहेका उनका बुबा ३५ वर्षीय श्रवण खङ्ग खत्वेविरुद्ध आईतबार जाहेरी दर्ता भएको छ । मृतकका मामाली हजुरबुबा दिघवा गाविस ७ का सीताराम खङ्ग खत्वेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ ।...

  • ३५ प्रतिशत मात्र रोपाई खडेरीको प्रवल सम्भावना 7/27/2014

    राजविराज÷साउनको पहिलो साता सम्ममा सप्तरीमा करिब ३५ प्रतिशत मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । समयमा पर्या—प्त वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था नभएको कारणले सप्तरीमा किसानहरुले धान रोप्न पाएका छैनन् । ...

  • अखिल तराई मुक्ति मोर्चाको नाम “तराई कम्युनिष्ट पार्टी (माओवादी)” 7/27/2014

    राजविराज÷सरकारले सशस्त्र समूहहरुसँग वार्ता गर्न समिति गठन गरेको केही दिनपछि तराई मधेशमा सशस्त्र संघर्षरत समूह अखिल तराई मुक्ति मोर्चाको नाम पुनः तेश्रो पटक परिवर्तन भएको छ । जयकृष्ण गोइतको नेतृत्वमा संचालन भएको उक्त समूहको दशौं वर्ष प्रवेशको अवसरमा साउन १० देखि संगठनको नाम “तराई कम्युनिष्ट पार्टी (माओवादी)” राखिएको गोइतद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । ...

  • छोरीको हत्या गरियो ः मृतकका बुबा 7/26/2014

    दैनिक संवाददाता राजविराज, ९ साउन । सप्तरीको मलेकपुर गाविस ५ खुरहुरियामा गर्भवती महिलाको हत्या गरिएको आरोप मृतकका परिवारजनले लगाएका छन् । सप्तरीको सारस्वर गाविस ८ कुशमहार टोल निवासी नथुनी मण्डल र राजकुमारी देवीकी २० वर्षिया छोरी पुनिता मण्डलको उनका आप्mनै श्रीमान् अर्जुन कुमार मण्डल, ससुरा कपलेश्वर मण्डल र सासु मिलेर हत्या गरेको मृतकका बुबा र आमाले शुक्रबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाउनु भएको हो । ...

  • बुबाद्वारा पा“च वर्षिय छोराको हत्या 7/26/2014

    दैनिक संवाददाता राजविराज, ९ साउन । सप्तरीको कोचाबखारी गाविस ९ कुपही टोलमा बिहीबार राती एक बुबाले आफ्नौ छोराको टाउको काटी हत्या गरेका छन् । सोही गाविस निवासी श्रवण खंग खत्वेले आप्mना ५ वर्षिय छोरा गोबिन्द खंग खत्वेको टाउको काटी हत्या गरेको स्थानियहरुले बताएका छन् । ...

  • चिकित्सकको लापर्वाहीका कारण बिरामीको मृत्यु भएको आरोप 7/25/2014

    दैनिक संवाददाता राजविराज, ८ साउन । राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना भएका एक बिरामीको अस्पतालको लापरवाहीले मृत्यु भएको छ । सप्तरीको खोक्सर प्रवाहा गाविस ४ निवासी हाल शम्भुनाथ नगरपालिका ४ का अन्दाजी ५५ वर्षिय गर्भु साहको मृत्यु भएको हो ।...

  • शान्तिसुरक्षाका लागि सशस्त्र प्रहरीले थप जिम्मेवार बहन गर्नुपर्छ ः महानिरीक्षक वन्त 7/24/2014

    दैनिक संवाददाता राजविराज, ७ साउन । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सप्तरीको नवनिर्मित भवन तथा ब्यारेकको बुधबार एक समारोहबिच उदघाटन गरिएको छ । ...

  • बेल्ही चपेनामा ३ सय बालबालिकाको जन्म दर्ता 7/24/2014

    दैनिक संवाददाता राजविराज, ७ साउन । सप्तरीको बेल्ही चपेना गाविसमा बुधबार सम्पन्न दुई दिने जन्मदर्ता अभियान शिविरमा ३ सय जना बालबालिकाको जन्म दर्ता गराइएको छ । सपोर्ट नेपालको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल (एससिडिसी नेपाल) को आयोजनामा बेल्ही चपेना गाविसमा दुई दिने जन्मदर्ता अभियान सञ्चालन भएको हो । ...

  • भन्सार कार्यालयद्वारा करिव ७ करोड राजस्व असुली 7/23/2014

    दैनिक संवाददाता राजविराज, ६ साउन । राजविराज भन्सार कार्यालयले ६ करोड ९३ लाख ८१ हजार ५ सय ५६ रुपैयाँ ४७ पैसा राजस्व असुली गरेको छ । आर्थिक वर्ष २०७० साल साउन महिना देखि ०७१ असार मसान्त सम्ममा सो राजस्व असुली गर्न सफल भएको राजविराज भन्सार कार्यालय तिलाठी बेल्हीका नायब सुब्बा ईश्वर महतले जानकारी दिनुभयो । ...

  • जन्म दर्ता अभियान सुरु 7/23/2014

    दैनिक संवाददाता राजविराज, ६ साउन । सप्तरीको पाँच गाविस मध्ये बेल्ही चपेनामा मंगलबारदेखि जन्मदर्ता अभियान सञ्चालन भएको छ । सपोर्ट नेपालको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल (एससिडिसी नेपाल) को आयोजनामा बेल्ही चपेना गाविसमा दुई दिने जन्मदर्ता अभियान सञ्चालन भएको हो । ...

  • शान्ति सुरक्षास“गै ओद्यौगिक क्षेत्र संचालनमा आउन थाल्यो 7/22/2014

    दैनिक संवाददाता राजविराज, ५ साउन । स्थापना भएको २८ वर्ष पछि बल्ल सप्तरीको बसबिट्टी गाविस ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योगहरू संचालनमा आउँन थालेको छ । सप्तरी सहित तराईका जिल्लाहरुमा शान्ति सुरक्षामा सुधार आएपछि सप्तरीको बसबिट्टी गाविस ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योगहरू खुल्ने क्रम बढेको छ ।...

  • सप्तरीबाट वर्षेणी करिब २० हजार यूवाहरु विदेसिन्छन् राहदानी वापत ५ करोड २९ लाख राजस्व असुली 7/21/2014

    दैनिक संवाददाता राजविराज, ४ साउन । सप्तरीबाट विदेसिने क्रम अहिले बढेको छ । वर्षेणी सप्तरीबाट रोजगारीका लागि करिब २० हजारको हाराहारीमा यूवाहरु विदेशिने गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । आर्थिक वर्ष २०७०÷०७१ मा सप्तरीबाट १९ हजार ३ सय ८५ जना युवायुवतीहरु जिल्ला प्रशासन कार्यालय सप्तरीबाट राहदानी बनाउँनका लागि आवेदन दिएका थिए । ...

  • खानेपानीको करिब ३ करोड रकम फ्रिज 7/21/2014

    दैनिक संवाददाता राजविराज, ४ साउन । आर्थिक वर्ष २०७०÷०७१ मा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीमा कुल बजेटको ५५ .८४ प्रतिशत अर्थात २ करोड ७२ लाख ४६ हजार १ सय ४ रुपैयाँ ४३ पैसा फ्रिज भएको छ ।...

  • सप्तरीमा ७ करोड भन्दा बढी रकम फ्रिज ६ गाविसले एउटा पनि किस्ता लगेन 7/20/2014

    राजविराज÷आर्थिक वर्ष २०७०÷७१ मा जिल्ला विकास समिति सप्तरीको ७ करोड ६३ लाख १६ हजार ९ सय ६५ रुपैयाँ ५४ पैसा रकम फ्रिज भएको छ । सबैभन्दा बढी गाविस अनुदान तर्फ ३ करोड ६५ लाख १३ हजार ९ सय ८७ रुपैयाँ र सुनौलो हजार दिन कार्यक्रमको २ करोड ६२ लाख ९६ हजार रुँपैया रहेको जिल्ला विकास समिति सप्तरीको कार्यालयले जनाएको छ । ...

  • भगवती पोखरी आधुनिक तरिकाबाट निर्माण हुने 7/20/2014

    राजविराज÷राजविराजस्थित भगवती पोखरीलाई जिर्णोद्वारका लागि लाखौं रकम निकासा गरिएको छ । राजविराजको मुटुमा रहेको यो पोखरी वर्षौदेखी मर्मतको पखाईमा जिर्ण बन्दै गएको अवस्थामा अब यसलाई आधुनिक तरिकाबाट निर्माण गर्न लागिएको नगरस्तरिय शान्ति समितिका संयोजक शम्भुलाल देवले जानकारी दिनुभयो । ...

  • ७ करोड ६३ लाख १६ हजार ९ सय ६५ रुपैया“ ५४ पैसा फ्रिज 7/19/2014

    दैनिक संवाददाता राजविराज, २ साउन । आर्थिक वर्ष २०७०÷७१ मा जिल्ला विकास समिति सप्तरीको ७ करोड ६३ लाख १६ हजार ९ सय ६५ रुपैयाँ ५४ पैसा रकम फ्रिज भएको छ । ...

  • दाइजोका कारण गर्भवति महिलाको हत्याको आरोप 7/19/2014

    दैनिक संवाददाता राजविराज, २ साउन । दाइजोका कारण सप्तरीमा थप एक गर्भवति महिलाको हत्या भएको छ । सप्तरीको मलेकपुर गाविस ५ खुरहुरियामा आप्mनै श्रीमान, सासु र ससुरा मिलेर गर्भवति महिलाको हत्या गरेको आरोप लगाइएको छ ।...

  • छिन्नमस्ता शक्तिपीठमा सोलार जडन 7/18/2014

    दैनिक संवाददाता राजविराज, १ साउन । नेपालमै प्रसिद्ध छिन्नमस्ता सख्डेश्वरी मन्दिरमा बिहिबार सोलार जडान गरिएको छ । विपी विचार समाज सप्तरीको समन्वय तथा उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंको सहयोगमा छिन्नमस्ता सख्डेश्वरी मन्दिरमा एक थान सोलार जडान गरेको समाजका अध्यक्ष राम कुमार यादवले जानकारी दिनुभयो ।...

  • मुस्लिम महिलाहरु महिला अधिकारको बारेमा खुलेर बहश गर्न थाले 7/18/2014

    दैनिक संवाददाता राजविराज, १ साउन । सप्तरीको सदरमुकाम राजविराज नगरपालिका ९ की मुस्लिम समुदायका महिलाहरु खुलेर आप्mनो अधिकारको बारेमा बहश गर्न थालेका छन् । यसअघि मुस्लिम समुदायका महिलाहरु घुघँटोमै सीमित रहने महिलाहरु पनि अचेल महिला अधिकारको बारेमा खुलेर बहश गर्दै आएका छन ।...

  • गरिबी निवारण कार्यक्रमले सप्तरीको ५० गाविसका १३ हजार ६ सय ४ जना लाभान्वित 7/17/2014

    दैनिक संवाददाता राजविराज, ३२ असार । गरिबी निवारण कार्यक्रमले सप्तरीको ५० गाविसका १३ हजार ६ सय ४ जना लाभान्वित भएका छन् । गरिबी निवारण कोष काठमाण्डौको सहयोग तथा गरिबी निवारण कोषका सहयोगी संस्थाहरुको संजालको आयोजनामा बुधबार राजविराजमा आयोजित जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठिमा सो जानकारी दिइएको छ । ...

  • असार मसान्तसम्ममा सप्तरीमा करिब २८ प्रतिशत मात्र धान रोपाई 7/17/2014

    दैनिक संवाददाता राजविराज, ३२ असार । असारको अन्तिम समय सम्ममा सप्तरीमा करिब २८ प्रतिशत मात्र धान रोपाई हुन सकेको छ । जिल्लाको कुल ७० हजार कृषि योग्य क्षेत्रफल मध्ये समयमा वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था नभएकोले असार मसान्तसम्ममा करिब २८ प्रतिशतको हाराहारीमा मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख अशोक कुमार दास यादवले जानकारी दिनुभयो । ...

  • फेसबुकमा कमेन्ट लेखेका रहमानले पाए सफाई 7/16/2014

    दैनिक संवाददाता राजविराज, ३१ असार । सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया लेखेका सप्तरीका पोर्ताहा १ निवासी अब्दुल रहमानलाई मंगलबार जिल्ला अदालत काठमाडौंले सफाई दिएको छ । जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको आदेशले उहाँले सफाई पाउनु भएको हो । ...

  • मठमन्दिरमा सोलार लाइट जडन हु“दै 7/16/2014

    दैनिक संवाददाता राजविराज, ३१ असार । राजविराज नगरपालिका भित्र रहेका सम्पूर्ण मठमन्दिरमा सोलार लाइट लगाउने कार्य धमाधम भइरहेको छ । राजविराज नगरपालिका १ स्थित श्री चण्डी दुर्गा भगवती मन्दिर, हनुमान मन्दिर, शिव मन्दिर, राजविराज ९ स्थित राजदेवी मन्दिर, चित्रगुप्त मन्दिर र राजविराज ७ स्थित बागेश्वरी मन्दिरमा मंगलबार सोलार लाईट जडन गरिएको छ । ...

  • नमुना गाविस रायपुरको कृषि सडक जिर्ण बन्दै 7/15/2014

    दैनिक संवाददाता राजविराज, ३० असार । सप्तरीको नमूना गाविस मध्ये एक रायपुर गाविसको कृषि सडक खण्ड बर्षौदेखि जिर्ण हुँदा त्यहाँका स्थानीयबासीहरुलाई आवतजावतमा समस्या भइरहेको छ । वि.स. २०५५ सालमा मुख्य सडकलाई कृषि सडक घोषणा गरिएको थियो । उक्त कृषि सडक समान्य वर्षा भए पनि हिलोमय हुने गरेको छ । जस कारण त्यहाँका स्थानीयहरुलाई सडक भएर आवत जावतमा दिनहुँ समस्या भइरहेको छ ।...

  • वेगवानी दम्पत्तिका हत्याका आरोपिहरू कारागार चलान 7/15/2014

    दैनिक संवाददाता राजविराज, ३० असार । सप्तरीको हनुमाननगरस्थित व्यापारी वेगवानी दम्पती हत्याका आरोपितलाई जिल्ला अदालत सप्तरीले आइतबार पुर्पक्षका लागि कारागार पठाएको छ । हनुमाननगर ५ का ५५ वर्षिय प्रेमसुख बेगवानी र निजकी श्रीमती ५० वर्षिय सरोजदेवी बेगवानीको हत्याका आरोपितहरू सुनसरीको श्रीपुर ८ का मो. हैदर अली मियाँ र हरिपुर ७ का मो. कैजुम मियाँलाई जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको आदेशले कारागार पठाउने आदेश दिएको हो ।...

  • दुर्घटनामा दुईको मृत्यु 7/15/2014

    दैनिक संवाददाता राजविराज, ३० असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खोजपुर ८ खरचुहियाँमा आइतबार राती भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सडकछेउमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।...

  • लाखौ रकम खर्चे पनि सखडा सडकको अवस्था जस्ताको त्यस्तै 7/14/2014

    दैनिक संवाददाता राजविराज, २९ असार । बर्षेणी लाखौ रकम खर्चे पनि सप्तरीको राजविराज–सखडा सडक खण्ड जिर्ण हुदा श्रद्धालुहरुलाई आवतजावतमा समस्या भइरहेको छ । समान्य वर्षामा पनि सो सडक खण्ड जिर्ण हुदाँ सडक भएर दिनहुँ सयौ श्रद्धालु भक्तजन तथा सर्वसाधारणहरुलाई आवत जावतमा समस्या उत्पन्न हुने गरेको स्थानीयहरुले बताएका छन ।...

  • भारतीय सोलारकै भरमा झुटकीबासीहरु रात बिताउदै 7/14/2014

    दैनिक संवाददाता राजविराज, २९ असार । विद्युतको मुख हेर्न नपाएका सप्तरीको झुटकी गाविसका स्थानीयबासीहरु सौर्य उर्जा अथार्त सोलारकै भरमा रात बिताउँदै छन् । प्रत्येक नागरिकलाई गाँस, बाँस र कपास अनिवार्य चाहिए तापनि अतिविकट मानिने सप्तरीको झुटकी गाविसका बासिन्दाहरु सो सेवाबाट अझै वञ्चित रहेका छन् ।...

  • पत्नी र ९ महिने छोरीलाई अलपत्र छाडी इन्जिनियर गुप्ता फरार 7/13/2014

    राजविराज÷जिल्ला प्राविधिक कार्यालय सप्तरीका इञ्जिनियर देवनारायण गुप्ता ९ महिनाकी छोरीसहित पत्नीलाई अलपत्र छाडी फरार भएका छन् । राजविराज ९ स्थित साथी महेन्द्र सिंहको डेरामा अलपत्र छोडेर बेपत्ता भएको सप्तरीको कञ्चनरुप नगरपालिका ५ निवासी ५३ वर्षीय इञ्जिनियर गुप्ताकी ३५ वर्षीया पत्नी विष्णु खवास गुप्ताले जानकारी दिनुभयो । ...

  • शिक्षा कार्यालयले छात्रवृति रकम नदि“दा शहिदका छोराछोरीहरु बिच्चलीमा 7/12/2014

    दैनिक संवाददाता राजविराज, २७ असार । जिल्ला शिक्षा कार्यालय सप्तरीमा शहिद परिवारका लागि आएको छात्रबृति रकम नदिएपछि शहिद परिवारका छोरा छोरीहरु बिच्चलीमा परेका छन् ।...

  • बालबालिकाहरुमाथि हुने विभेद, हिंसा र भेदभाव न्यनिकरण गर्नुपर्नेमा जोड 7/12/2014

    दैनिक संवाददाता राजविराज, २७ असार । बालबालिकाहरुमाथि हुने विभेद, हिंसा र भेदभाव न्यनिकरणका लागि सम्पुर्ण जिम्मेवार निकायहरु जागरुक बन्नुपर्नेमा जोड एक कार्यक्रमका सहभागिहरुले दिएका छन । जिल्ला विकास समितिको सहयोग तथा विवेकशिल युवा जागरण केन्द्र नेपालको आयोजनामा सप्तरीको देउरी भरुवा गाविस ३ स्थित मुस्लिम टोलमा बालबालिका विरुद्ध हुने भेदभाव, हिंसा तथा विभेद न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रममा सहभागि बक्ताहरुले सो कुरामा जोड दिएका हुन ।...

  • तिलाठी ९ बेल्ही टोलकी तीन जना महिला बोक्सीको आरोपमा पटक पटक कुटाई खा“दै 7/11/2014

    दैनिक सम्वाददाता राजविराज २६ असार । अहिलेको २१ औ शाताब्दीमा पनि हाम्रो समाजमा कथित बोक्सीको कुप्रथा कायमै रहेको देखिन्छ । कथित बोक्सीको आरोपमा सप्तरी सहित तराईका विभिन्न जिल्लाहरुमा पटक पटक महिलालाई कुटपिट गर्ने गरेको पाइएको छ । ...

  • सात महिने बालिकालाई आमाको जिम्मा लगाईयो 7/11/2014

    दैनिक सम्वाददाता राजविराज २६ असार । सप्तरीको ठेलिया गाविस ७ गोरपारकी सात महिनाकी किर्ती कुमारी खंगलाई सप्तरी जिल्ला अदालतले सो बालिकालाई उनको आमाको जिम्मा लगाउँने आदेश दिएको छ । बालिकाकी आमा १६ वर्षिेया मनीता कुमारी खंगले आफना पति देव नारायण खंग सहित ससुरा लक्ष्मण खंग,सासु सरस्वति देवी खंग र जेठाजु सुरजा खंगले दुधेबालिका खोसी घरबाट निकाला गरेको भन्दै पिडितले जिल्ला अदालतमा घरेलु हिन्साको मुदा दर्ता गरेकी थिईन ।...

  • नक्कली नागरिकता बनाएको आरोपमा प्रशासकिय अधिकृतसहित तीनजना कारागार चलान 7/10/2014

    दैनिक संवाददाता राजविराज, २५ असार । नक्कली नागरिकता बनाएको आरोपमा संलग्न रहेका तीन जनालाई जिल्ला अदालत राजविराजले बुधबार पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । किर्ते गरि जग्गा बेच्ने कार्यमा संलग्न रहेका जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत प्रशासकीय अधिकृत तेजेन्द्र बहादुर कार्की, सप्तरीको काचन गाविसका सचिव नबोनाथ मिश्र र स्थानीय प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण महतोलाई जिल्ला अदालतका न्यायाधिश रामप्रसाद अधिकारीको एकल इजलाशले कारागार चलान गर्ने आदेश दिएको हो । ...

  • तीन महिनाको अवधिमा सप्तरीमा ६७ वटा मानवअधिकार उल्लघंनका घटना 7/10/2014

    दैनिक संवाददाता राजविराज, २५ असार । सप्तरीमा दिन प्रतिदिन मानवअधिकार उल्लघंनका घटनामा बृद्धि भईरहेको तथ्याङ्ग ईन्सेकले सार्वजनिक गरेको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (ईन्सेक) सप्तरीको आयोजनामा यहाँ आयोजित नेपाल मानवअधिकार वर्ष २०१५ को दोश्रो त्रैमासिक पुर्व समिक्षा गोष्ठिमा सो तथ्याङ्ग सार्वजनिक गरेको हो ।...

  • असारको अन्तिम सतासम्म दश प्रतिशत मात्र धान रोपाई 7/9/2014

    दैनिक संवाददाता राजविराज, २४ असार । पर्याप्त वर्Èा नभएका कारण असारको तेश्रो सातासम्ममा सप्तरीमा करिब १० प्रतिशत मात्र धान रोपाइू भएको छ । कुल ७० हजार हेक्टर Ôेत्रफल खेतीयोग्य जमिनमध्ये १० प्रतिशत Ôेत्रफलमा मात्र धान रोपाई भएको जिल्ला कृÈि विकास कार्यालय सप्तरीले जनाएको छ ।...

  • संसदीय विकास कोष र नगरपालिकाको सहयोगमा बृक्षा रोपन 7/8/2014

    दैनिक संवाददाता राजविराज, २३ असार । राजविराज नगरलाई स्वच्छ हराभरा गर्ने उद्देश्यले अहिले नगरको विभिन्न स्थानमा बृक्षा रोपण गर्न थालिएको छ । ...

  • एमनेष्टीको साधारण सभा सम्पन्न शम्भुनन्द चौधरीको संयोकत्वमा नया“ कार्य समिति गठन 7/8/2014

    दैनिक संवाददाता राजविराज, २३ असार । एमनेष्टी इन्टरनेशनल ग्रुप ३० राजविराजको सोमबार १३ औं साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै एमनेष्टी इन्टरनेशनल राष्ट्रिय कार्यसमितिका कावा महासचिव डिक प्रसाद घिमिरेले एमनेष्टीको इन्टरनेशल एउटा छुट्टै संस्था भएकोले यसको कार्य गर्ने शैली पनि छुट्टै रहेको जिकिर गर्नुभयो । ...

  • जेठाजुद्वारा भाई बुहारी र भतिजाको हत्या 7/7/2014

    दैनिक संवाददाता राजविराज, २२ असार । सप्तरीको मल्हनिया गाविसमा आइतबार दिउँसो दुईजनाको हत्या भएको छ । हत्या हुनेमा एक महिला र बालक रहेका छन् । मल्हनिया २ निवासी रामेश्वर यादवले आफ्नै भाई बुहारी र भतिजोलाई कोदालो प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । ...

  • राजविराज नगरपालिकालाई व्यवस्थित बनाउन तिब्र रुपमा काम हु“दै 7/6/2014

    राजविराज÷भारतको गुलाबी सहरको नामले प्रख्यात जयपुर सहरको नक्सामा आधारित नेपालकै पहिलो टाउन प्लानिङ राजविराज सहर अहिले व्यवस्थित मात्र नभई विकास तर्फ उन्मूख हुँदैछ । ...

  • जिल्ला प्रशासन कार्यालयमा सिसि क्यामरा जडान 7/5/2014

    दैनिक संवाददाता राजविराज, २० असार । जिल्ला प्रशासन कार्यालय सप्तरीमा सिसि क्यामरा जडन गरिएको छ । प्रशासन कार्यालयको नागरिकता फाँटमा दुई वटा, प्रतिलिपी फाँट, राहदानी फाँट, कम्प्युटर फाँट लगायतका विभिन्न फाँटमा गरी दश वटा सिसि क्यामरा जडन गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिनुभयो ।...

  • विपी विचार समाजको पहलमा नगरको विभिन्न स्थानमा सोलार लाईट जडन गरिदै 7/4/2014

    दैनिक संवाददाता राजविराज, १९ असार । राजविराज नगरपालिकालाई व्यवस्थित तथा सफा गर्न विभिन्न स्तरबाट सहयोग भइरहेको छ । नगरमा बढ्दो लोडसेडिङका कारण नगरवासी अध्यारोमा बस्न बाध्य भइरहेको समयमा अहिले नगरको विभिन्न स्थानमा सोलार लाइट जडन गरिएको छ । ...

  • बालविकास सहयोगी कार्यकर्ताहरुले आन्दोलन गर्ने 7/3/2014

    दैनिक संवाददाता राजविराज, १८ असार । सेतो गुराँस बाल विकास सेवा र जिल्ला शिक्षा कार्यालयको लापर्बाहीका कारण सप्तरीका करिब साढे ६ सय बालविकासका सहयोगी कार्यकर्ताहरु तलब भत्ता पाउँनबाट बञ्चित रहेका छन् । समयमै आफुहरुको तलब भत्ता निकासा नभए आफुहरुले शिक्षा मन्त्रालय तथा सम्बन्धित निकाय कहाँ गएर धर्ना दिईने र कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ । ...

  • श्रीमान्ले कान्छी श्रीमति लिएर गएपछि न्यायका लागि भौतारिदै मञ्जु 7/2/2014

    दैनिक संवाददाता राजविराज, १७ असार । श्रीमानले बहुविवाह गरी फरार भएपछि मञ्जुदेवी यादव दुई सन्तान सहित न्यायको लागि भौतारिरहेकी छिन । सप्तरीको विषहरिया गाविस १ दमावती टोलकी ३५ वर्षिया मञ्जुकी श्रीमान् ब्रहम देव यादवले दोश्रो विवाह गरेपछि उनी अहिले एक छोरा र एक छोरी सहित न्यायको लागि भौतारिरहेकी हुन ।...

  • किशोरीलाई सामूहिक बलात्कार गर्ने बिरुद्ध पक्राउ पुर्जी जारी 7/1/2014

    दैनिक संवाददाता राजविराज, १७ असार । सामूहिक बलात्कार गरेको आरोपमा फरार रहेका आरोपितविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।...

  • प्रहरी सेवालाई भ्रष्टाचार मुक्त बनाउछु ः प्रहरी उपरिक्षक अमात्य 7/31/2013

    दैनिक संवाददाता राजविराज, १५ साउन । सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिनेश अमात्यले भ्रष्टाचार मुक्त प्रहरी सेवा, हसमुख अवधारणा तथा नागरिक मैत्रि प्रहरी सेवा बनाउने संकल्प गर्नुभएको छ । ...

  • सप्तरीको बिभिन्न स्थानमा स्व. कर्माचार्यको श्रद्धाञ्जलीसभा 7/31/2013

    दैनिक संवाददाता राजविराज, १५ साउन । नेपाली कम्युनिष्ट पार्टीका संस्थापक तथा एकिकृत नेकपा माओवादीका संरक्षक स्व.नरबहादुर कर्माचार्यको स्मृति दिवसमा जिल्लाको बिभिन्न गाविसमा श्रद्धाञ्जलीसभा आयोजना गरेको छ ।...

  • का“ग्रेस र एमालेका कारण मुलुकमा संविधान बन्न सकेन ः प्रभु साह 7/30/2013

    दैनिक संवाददाता राजविराज, १४ साउन । एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री प्रभु साहले उधारो सहमति गर्ने र नगदीको बेला धोका दिने काँग्रेस र एमालेको प्रबृतिका कारण मुलुकमा संबिधान बन्न नसकेको बताउनुभएको छ । ...

  • अनैतिक क्रियाकलापमा संलग्न गराउन खोज्ने बिरुद्ध प्रहरीले जाहेरी लिन मानेन ः पीडित 7/30/2013

    दैनिक संवाददाता राजविराज, १४ साउन । आफुहरुलाई बिभिन्न प्रलोभन देखाई अनैतिक क्रियाकलापमा संलग्न गराउन खोज्ने बिरुद्ध प्रहरीले जाहेरी लिन अस्वीकार गर्दै आएको पीडित युवतीहरुले बताएकी छन् । ...

  • कर्मचरीहरुले सिडीओलाई भने “तपाईले डन किन भन्नुभयो” 7/29/2013

    दैनिक संवाददाता राजविराज, १३ साउन । ‘‘तपाई ले कर्मचारीहरुलाई डन किन भन्नुभयो, कर्मचारी डन हो भने तपाई कार्वाही किन गर्नुहुन् ?” भनेर कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेललाई उहाँकै कार्यकक्षमा आईतवार प्रश्न गरिरहदाँ प्रजिअ निरीह बन्नु भएको थियो ।...

  • ठेकेदारसहित १० जना वन तस्कर पक्राउ 7/29/2013

    दैनिक संवाददाता राजविराज, १३ साउन । वन कार्यालयको गस्ती टोलीले शनिवार राती सप्तरी र उदयपुरको सिमानामा पर्ने कंग खोलास्थित जंगलबाट ठेकेदार सहित १० जना तस्करहरुलाई रंगेहात पक्राउ गरेको छ । ...

  • जन ज्योतिले २२ जनालाई बनायो रिक्सा मालिक 7/29/2013

    दैनिक संवाददाता राजविराज, १३ साउन । “आजको रिक्सा चालक भोलीको मालिक” योजना अन्तरगत जन ज्योति कृषि सहकारी संस्था लिमिटेड मलेठ सप्तरीले हालसम्म २२ जना रिक्सा चालकलाई मालिक बनाइसकेको छ । ...

  • अर्धभूमिगत भएको छैन् ः जेपी गुप्ता 7/28/2013

    राजविराज÷तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले आफू अर्धभूमिगत नभएको जानकारी दिनु भएको छ । गुप्ताद्वारा प्रेषित विज्ञप्तिमा प्रहरीले आफूलाई निगरानी गरेको कुनै महसुस नभएको समेत उल्लेख गर्नुभएको छ ।...

  • स्व. सिंहको योगदान उल्लेखीय ः वक्ताहरु 7/28/2013

    राजविराज÷सप्तरीको शैक्षिक र समाजिक विकासमा राजविराज निवासी स्वर्गीय डा. नागेश्वर प्रसाद सिंहको योगदान उल्लेखीय रहेको राजविराजमा शनिवार आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । स्वर्गीय सिंहको स्मृति दिवसमा राजविराजस्थित जेसीज भवनमा आयोजित कार्यक्रमका बक्ताहरुले स्वर्गीय सिंहको मार्गलाई आत्मसात गरी अघि बढ्न सके सप्तरीको विकासले गति लिने विश्वास समेत ब्यक्त गरेका छन् । ...

  • एउटै नम्बरको दुई मोटरसाइकल 7/28/2013

    राजविराज स्थित ग्यारेजमा एउटै नम्बरको दुई वटा मोटरसाईकल शनिबार फेला परेको छ । एउटै नम्बरको ती दुईवटै मोटरसाईकल मर्मत गराउन ग्यारेजमा पुगेपछि यस्तो रहस्य फेला परेको हो । राजविराज–सखडा सडकस्थित ग्यारेजमा एकपछि अर्काे एउटै नम्बर स.२ प. ६८१० नम्बरको मोटरसाईकल भेटिएपछि स्थानियहरुले प्रहरी र सञ्चारकर्मीहरुलाई खबर गरेको थियो ।...

  • फुटबल संघ सप्तरीको बिवाद पुनः बल्झियो 7/27/2013

    दैनिक संवाददाता राजविराज, ११ साउन । जिल्ला फुटबल संघ सप्तरीमा पुनः बिवाद बल्झिएको छ ।...

  • “सरकारी कार्यालयहरुमा डनहरुका कारण भ्रष्टाचार संस्थागत भएको छ” 7/27/2013

    दैनिक संवाददाता राजविराज, ११ साउन । सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले जिल्लास्थित सरकारी कार्यालयहरुमा रहेको डनहरुका कारण भ्रष्टाचार संस्थागत भएकोले त्यसलाई निरुत्साहित गर्नुपर्ने बताउनुभएको छ ।...

  • मधेशवादी दलहरु सत्तामा पहु“चको लागि पहाडमा संगठन विस्तार गर्न थालेका छन् ः गोइत 7/26/2013

    दैनिक संवाददाता राजविराज, १० साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक मध्यको एक ९० वर्षीय नरबहादुर कर्माचार्यको बुधबार भएको निधन प्रति अखिल तराई मुक्ति मोर्चाका केन्द्रिय कार्य समिति संयोजक जयकृष्ण गोइतले सम्बेदना प्रकट गर्नुभएको छ । ...

  • यथास्थितिमा निर्वाचन भए मुलुकका लागि घातक हुने ः भण्डारी 7/25/2013

    दैनिक संवाददाता राजविराज, ९ साउन । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले यथास्थितिमा निर्वाचन हुनै नसक्ने बताउनुभएको छ ।...

  • नेपालकै पहिलो टाउन प्लानिङ बजार अव्यवस्थित बन्दै 7/24/2013

    नवीनकुमार गुप्ता राजविराज, ८ साउन । नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका अहिले अव्यवस्थित बन्दै गएकोे छ ।...

  • तीन करोड ५० लाख मुल्य बराबरको आ“पको व्यापार 7/24/2013

    दैनिक संवाददाता राजविराज, ८ साउन । यस बर्ष सप्तरीमा करिब ३ करोड ५० लाख मुल्य बराबरको आँपको व्यापार भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।...

  • भौतिक पूर्वाधार समयमा पुरा हुन नसक्दा बसपार्क गौचरणमा परिणत हु“दै 7/23/2013

    नवीनकुमार गुप्ता राजविराज, ७ साउन । निर्माण भएको लामो समय सम्म पनि राजविराजस्थित बसपार्कबाट बसहरु सञ्चालन नहुदाँ बस पार्क गौचरणमा परिणत भएको छ । ...

  • विविध कार्यक्रम गरी का“ग्रेसले मनायो बिपी स्मृति दिवस 7/22/2013

    दैनिक संवाददाता राजविराज, ६ साउन । नेपाली काँग्रेसले बिभिन्न कार्यक्रम गरी सप्तरीमा ३१ औं बिपी स्मृति दिवस मनाएको छ । ...

  • “अमृतालिंगम् प्रवृति” कामतियारस“ग कुनै सहकार्य र मोर्चा बन्दी हुनेछैन ः गुप्ता 7/21/2013

    राजविराजं÷तराई मधेस राष्ट्रिय अभियाका संयोजक जयप्रकाश गुप्ताले हालका दिनहरूमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले मधेसको राजनीतिक मागहरूका विरुद्ध गम्भिर अपराध गरिरहेको बताउनुभएको छ । ...

  • गोबरगाढा गाविसका दुई दर्जन घरपरिवार बिस्थापित 7/20/2013

    दैनिक संवाददाता राजविराज, ४ साउन । लगातार दुई दिनदेखी अविरल बर्षाका कारण कोशी नदीमा आएको बाढीले जमिन कटान गर्दै घर समेत बगाएपछि सप्तरीको गोबरगाढा गाविसका दुई दर्जन घरपरिवार बिस्थापित भएका छन् । ...

  • मोवाइल चोरी गरेको भन्दै दलित बालिकाको हत्या 7/19/2013

    दैनिक संवाददाता रुपनगर (सप्तरी), ३ साउन । समाज हिंस्रक बन्दै गएको पुष्टि गराएको छ एक जना महिलाले सप्तरीको वैरवा गाविसमा । ...

  • पुनरावेदन बारमा प्रगतिशीलको बर्चस्व 7/19/2013

    दैनिक संवाददाता राजविराज, ३ साउन । पुनरावेदन अदालत बार एसोसिएसन राजविराजको बुधबार सम्पन्न निर्वाचनबाट प्रगतिशिल कानुन व्यवसायी समूहका अध्यक्षसहित बहुमत सदस्यमा विजयी भएको छ । ...

  • राजविराजमा पहिलो पटक बायोग्यास सहितको शौचालय संचालन 7/18/2013

    नवीनकुमार गुप्ता राजविराज, २ साउन । राजबिराज नगरपालिकाको सहयोगमा तथा सबल नेपाल राजबिराजको आयोजनामा राजविराज १ स्थित मासु हटियामा निर्माण भएको बायोग्यास सहितको शौचालय बुधवारबाट संचालनमा आएको छ । सप्तरीमा वायोग्यास प्लान्ट जडन गरिएको यो पहिलो हो । ...

  • कमिसनमा कुरा मिलेपछि चार दिनअघि तयार पारिएको चेक बैंकमा बैंकले सोही मितिमा तोक लगाउ“दा रकम निकासा भएन, गाविसहरुलाई समस्या 7/17/2013

    दैनिक संवाददाता राजविराज, १ साउन । अन्तिम समयमा आएर लेनदेनको कुरा मिलेपछि गाविसको अनुदान रकम निकासा गराउने सहमति भएपनि रु दुई करोडभन्दा बढी रकम निकासा नहुने भएको छ । ...

  • सप्तरीबाट २० हजार विदेशिए गत वर्ष भन्दा २ हजार बढी राहदानी बन्यो 7/17/2013

    नवीनकुमार गुप्ता राजविराज, १ साउन । सप्तरीबाट विदेशिने क्रम अहिले बढेको छ । ...

  • सहकारी बैंक संचालनका लागि अनुमति 7/17/2013

    दैनिक संवाददाता राजविराज, १ साउन । सप्तरीमा लामो प्रयास पश्चात् राष्ट्रिय सहकारी बैंकको शाखा संचालनका लागि नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको छ । ...

  • बजेटमा सप्तरी पुनः उपेक्षित 7/16/2013

    दैनिक संवाददाता राजविराज, ३१ असार । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आइतबार प्रस्तुत गर्नुभएको आव २०७०–७१ को बजेटमा पुनः सप्तरीलाई उपेक्षा गरिएको छ ।...

  • तीन घरमा डकैति 7/16/2013

    दैनिक संवाददाता राजविराज, ३१ असार । सप्तरीको सेहरा रौटहट गाविसमा आइतबार राति डकैती भएको छ । ...

  • अखिल नेपाल खेलकुद संघको पूर्वाञ्चल अध्यक्षमा परियार 7/15/2013

    दैनिक संवाददाता राजविराज, ३० असार । अखिल नेपाल खेलकुद संघले पाँच विकास क्षेत्रमा क्षेत्रीय खेलकुद सङ्घ गठन गरको छ । ...

  • मधेशी नेताहरुलाई भौतिक कार्वाहीको चेतावनी 7/15/2013

    दैनिक संवाददाता राजविराज, ३० असार । मधेशमा खुल्ला राजनीति गर्ने नेताहरुलाई मधेशकै एक सशस्त्र समूहले भौतिक कार्वाहीको धम्की दिएका छन् ।...

  • २५ गतेभित्रै लिनुपर्ने निकासा लिनेदिने क्रम जारी 7/14/2013

    राजविराज÷सबैभन्दा बढी गाविस रहेको सप्तरीका अधिकांस गाविसले तेस्रो किस्ता वापतको अनुदान निकासा लिन पाएका छैनन् । ...

  • बाढी प्रभाबित गाविसहरुमा रोगको संक्रमण फैलिने खतरा 7/13/2013

    दैनिक संवादादता राजविराज, २८ असार । बाढीबाट प्रभाबित सप्तरीको बिभिन्न गाविसमा रोगको संक्रमण फैलिने खतरा बढेको छ ।...

  • कल्र्भटमा फेला परेको बम सेनाद्वारा निष्क्रिय 7/13/2013

    दैनिक संवादादता राजविराज, २८ असार । बिष्फोट गराउने उद्देश्यले सप्तरीको कञ्चनपुर–फत्तेपुर सडक खण्ड अन्तर्गत फत्तेपुर गाविस–२ स्थित टेंगरी खोलास्थित कल्र्भटमा राखिएको बम शुक्रबार नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । ...

  • दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर घाइते 7/13/2013

    दैनिक संवादादता रुपनी (सप्तरी), २८ असार । सप्तरीको छुट्टाछुट्टै ठाउँमा भएको सबारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । ...

  • नया“ एसपीमा खत्रीको आगमन 7/13/2013

    दैनिक संवादादता राजविराज, २८ असार । सप्तरी प्रहरी प्रमुख (एसपी) का रुपमा शरद खत्री यहाँ आउनुभएको छ । ...

  • पूर्व सभासद् हक हत्या प्रकरण, आफ्नै पति र पिताको हत्या गराउनेसहित तीन जना कारागार चलान 7/8/2013

    दैनिक संवाददाता राजविराज, २३ असार । बिघटित संबिधानसभाका पूर्व सभासद् सदरुल हकको हत्या गर्ने उनका पत्नी र छोरीलाई कारागार चलान गरिएको छ । ...

  • कठौना–पातो सडक खण्डमा यातायात आवागमन बन्द 7/8/2013

    दैनिक संवाददाता राजविराज, २३ असार । सडक जिर्ण भई दुर्घटनाको सम्भावना बढेपछि सप्तरीको कठौना–पातो सडक खण्डमा बिगत एकसातादेखि यातायातका साधनहरु आवागमन ठप्प रहेको छ ।...

  • सुन्दरी खोलाको बाढी सर्वसाधारणको घरमा पस्यो, जीवनयापनमा समस्या 7/7/2013

    राजविराज÷शुक्रबार परेको अविरल बर्षाका कारण स्थानीय सुन्दरी खोलामा आएको बाढीले सप्तरीको बरमझिया गाविसका करिब डेढ दर्जन व्यक्तिको घरमा पानी पसेको छ । ...

  • गैसस महासंघद्वारा निर्णय खारजेको माग 7/7/2013

    राजविराज÷स्थानीय स्वायत्त शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी) सरकारले स्वयं संचालन गर्ने भनी गरिएको निर्णयप्रति गैर सरकारी संस्था (महासंघ) सप्तरीले आपत्ति प्रकट गरेको छ । ...

  • पत्रिका वर्गीकरणप्रति मधेशी पत्रकारको आपत्ति 7/7/2013

    राजविराज÷मधेशी पत्रकार समाज नेपालले प्रेस काउन्सिलले हालै गरेको पत्र–पत्रिका वर्गीकरणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ...

  • पर्याप्त वर्षा नभएपछि सप्तरीमा धान रोपाईमा बाधा 7/6/2013

    दैनिक संवाददाता राजविराज, २१ असार । धान रोपाईको समयमा पर्याप्त बर्षा नभएपछि सप्तरीका किसानहरु चिन्तित बनेका छन् । ...

  • दुर्घटनामा ११ जना घाइते 7/6/2013

    दैनिक संवाददाता राजविराज, २१ असार । सप्तरीको विभिन्न स्थानमा शुक्रबार भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् । ...

  • आफ्नै श्रीमान् र सौताबाट कुटिइन् महिला 7/5/2013

    आमेन्द्र यादव राजविराज, २० असार । सप्तरीको सिम्रहा सिगियौन गाविसकी एक महिला आफ्नै श्रीमान् र सौतासँग कुटिएकी छिन् ।...

  • डुमरी स्वास्थ्य संस्थामा ताला 7/4/2013

    दैनिक संवाददाता राजविराज, १९ असार । राजविराज १० डुमरीस्थित स्वास्थ्य केन्द्रमा स्थानीयहरुले ताला लगाएका हुन् । ...

  • दाइजो नल्याएको निहु“मा यातना 7/4/2013

    दैनिक संवाददाता राजविराज, १९ असार । मागे जति दाइजो नल्याएका निहुँमा पति र सासुससुराबाट पटक पटक शारीरिक र मानसिक यातना झेल्दै आएको भन्दै एक महिलाले न्याय दिलाइ दिन सबैसँग आग्रह गरेकी छन् ।...

  • प्रमुख नआएपछि र अनमी सुतेपछि साल झुण्डिएर नवजात शिशुको मृत्यु 7/4/2013

    दैनिक संवाददाता राजविराज, १९ असार । सप्तरीको बभनगामाकट्टी गाविसको तोपास्थित प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुखले डियूटि नगरेपछि र भएका एक जना स्वासथ्यकर्मी औषधि खाएर सुतेपछि एक नवजात शिशुको ज्यान गएको छ । ....

  • सर्वाेच्चले नेसपा (आ) लाई इतिहासको पाना बनायो ः मण्डल 7/4/2013

    दैनिक संवाददाता राजविराज, १९ असार । नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) का अध्यक्ष खुशीलाल मण्डलले सर्वाेच्च अदालतले संबिधानको अंग भइसकेका नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) लाई इतिहासको पानामा सिमित गरिदिएको बताउनुभएको छ ।...

  • सप्तरीमा एचआइभी संक्रमितको संख्या सय नाघ्यो 7/3/2013

    दैनिक संवाददाता राजविराज, १८ असार । सप्तरी जिल्लामा एचआइभी संक्रमितहरुको संख्या सय नाघेको छ ।...

  • आत्मनिर्भर बन्दै महिलाहरु 7/3/2013

    नवीनकुमार गुप्ता राजविराज, १८ असार । सप्तरीको महदेवा गाविस १ की गितादेवी भैंसी पालन गरेर आफैं आत्मनिर्भर बन्ने धुनमा छिन् ।...

  • हत्यारा पति पक्राउ 7/3/2013

    दैनिक संवाददाता राजविराज, १८ असार । सप्तरीको रामनगर कोदरकट्टीमा पत्नीको हत्या गरी फरार भएका व्यक्तिलाई प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको छ । ...

  • नवजात शिशुको शव भेटियो 7/2/2013

    दैनिक संवाददाता राजविराज, १७ असार । राजविराजस्थित जिल्ला आयुर्वेदिक अस्पताल सप्तरीको छेउमा सोमबार एक नवजात शिशुको शव फेला परेको छ । ...

  • १० बर्षीय बालक एक सातादेखि बेपत्ता 7/2/2013

    दैनिक संवाददाता राजविराज, १७ असार । सप्तरीको खोजपुर गाविसका एक जना बालक एकसातादेखि बेपत्ता रहेका छन् । ...

  • मुख्य तीन दलका नेतालाई बा“ध्ने किसिमको एउटा पार्टीको आवश्यक्ता छ ः गच्छदार 7/2/2013

    दैनिक संवाददाता राजविराज, १७ असार । मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदारले मुख्य तीन दल कसैलाई अधिकार दिने पक्षमा नरहेको भन्दै ती दलका नेताहरुलाई बाँध्ने किसिमको एउटा पार्टीको आवश्यक्ता भएको बताउनुभएको छ । ...

  • आदिवासी जनजातीहरुको कला, संस्कृतिको संरक्षणमा जोड् 7/1/2013

    दैनिक संवाददाता राजविराज, १६ असार । आदिवासी जनजातीहरुको कला, संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा एक कार्यक्रममा जोड् दिइएको छ । ...

  • एचआइभी संक्रमित कैदी चौधरीको मृत्यु 7/1/2013

    दैनिक संवाददाता राजविराज, १६ असार । एचआइभी संक्रमित पुष्टि भएको एक साता नबित्दै राजविराज कारागारका एक कैदीको आइतबार ज्यान गएको छ । ...

  • जसरी पनि संबिधानसभाको दोस्रो निर्वाचन हुन्छ ः केन्द्रिय सदस्य रिजाल 7/1/2013

    दैनिक संवाददाता राजविराज, १६ असार । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले मंसिर ४ गते जसरी पनि संबिधानसभाको दोस्रो निर्वाचन हुने बताउनुभएको छ । ...

  • गोप्य रुपमै कार्यक्रम गर्छन विकासीय कार्यालयहरु 7/1/2013

    दैनिक संवाददाताराजविराज, १६ असार । एक बर्षसम्म कुनै पनि किसिमको गतिबिधी नगरेका सप्तरीका विकासीय कार्यालयहरुले आर्थिक बर्षको अन्त्यमा आएर धमाधम कार्यक्रम गर्नमा जुटेका छन् । ...

  • कुख्यात अपराधी धिरेन्द्र यादव भारतको कटैयाबाट पक्राउ 7/1/2013

    दैनिक संवाददाता राजविराज, १६ असार । नेपालमा बिभिन्न किसिमको अपराध गरी फरार भएका कुख्यात भारतीय अपराधी धिरेन्द्र यादव पक्राउ परेका छन् ।...