परिक्षा मर्यादित नहुनुमा  दोषि को ? 2080/12/19 अहिले देशैभरि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भईरहेको छ । यो परिक्षा हरेक वर्ष हुने गरेको छ । विगतमा यसलाई एसएलसी भनिने गरिन्थ्यो भने अहिले नाम परिमार्जन गरेर एसइई भनिन्छ । कक्षा १० का विद्यार्थीहरु यस परिक्षामा सहभागि हुन्छन् । यो परिक्षालाई विगतमा निकै महत्वका साथ हेरिन्थे । कक्षा १ देखी प्रारम्भिक शिक्षा लिएर कक्षा १० सम्म पुग्दा विद्यार्थीहरु यसलाई निकै महत्व दिन्थे । दिनरात एक गरि एसएलसीको तयारीमा जुट्थे । तर, अहिले समय परिवर्तन भएसँगै परिक्षाका साथ साथै विद्यार्थीहरु पनि परिवर्तन भएका छन् । त्यसबेला यसलाई विद्यार्थीहरुको आइरन गेट भनेर चिनिन्थे । तर अहिले यो परिक्षाको मर्यादा नै धरापमा परेको छ । ... विस्तृत
उम्मेदवार चयन गर्न नेतृत्व पंक्तिलाई सकस 2079/05/21     आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा अहिले उम्मेदवारहरुको नामा सिफारिस गर्ने ओइरो लागेको छ । एउटा क्षेत्रबाट दर्जन भन्दा बढी उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस भएको छ । मधेश प्रदेशका आठ वटै जिल्ला मध्ये सप्तरीमा भने जसपा अध्यक्ष उपेन्द्र यादवको चार वटै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नाम सिफारिस भएको छ भने लोसपा अध्यक्ष महन्थ ठाकुरको क्षेत्र नं. २ र ३ बाट लोसपा वरिष्ठ नेता राजेन्द्र महतोको नाम सिफारिस भएको छ । यसअघि नै जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सीके राउतले जिल्लाको क्षेत्र नं. २ बाटै निर्वाचन लड्ने विगुल फुकिसकेका छन् । .... विस्तृत
उम्मेदवार चयनमा  विशेष ध्यान देऊ 2079/05/19 आउँदो मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदबार बन्न आकांक्षीहरु आ–आफ्नो पक्षबाट लबिङ गर्न थालेका छन् । उनीहरु पार्टी पंक्तिका विभिन्न व्यक्तिहरुबाट लबिङ सुरु गरेका हुन् । हुनत उम्मेदवारका आकांक्षीहरु अहिले आफूखुशी विभिन्न सामाजिक संजालमार्फत उम्मेदवार घोषणा गर्न तछाडमछाड गरेको पाइन्छ । पार्टीको निर्णय वा सिफारिस बिनानै उनीहरु अहिले सामाजिक संजालमार्फत तस्बिरसहितको पोष्टर पोष्ट गर्न अग्रपंक्तिमा देखिन्छन् । यस्ता गतिविधि गर्नेहरुमा एउटा दलको मात्र नभएर सम्पूर्ण दलका उम्मेदवारका आकांक्षी अग्रपंक्तिमा रहेका छन् । ... विस्तृत
छिटोछरितो एव्र सरल तरिकाले सेवा दिन तत्परता देखाउनु जरुरी 2079/02/18 मुलुकमा संघीयता आएपछि दोश्रो स्थानिय तह निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएपछि सबै स्थानिय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुले कार्यभार समेत सम्हालिसकेका छन् । कार्यभार सम्हालेपछि अधिकांश जनप्रतिनिधिले विकासको मुद्दालाई पहिलो प्राथमिकतामा राखेका छन् । उनीहरुले सहर, गाउँ तथा वडाको सरसफाईलाई पनि प्राथमिकतामा राख्दै जनतालाई सरसफाईप्रति सहजता प्रदान गर्न महत्वकाक्षी योजना अघि सारेका हुन् । पुरानो जनप्रतिनिधिहरुले अधुरा गरेका कामहरुलाई पनि पुरा गर्ने उनीहरुले जनता समक्ष वाचा गरेका छन् । ..... विस्तृत

 

ताजा अपडेट