News Category 2080/01/24

किसानको समस्याप्रति कीन गम्भिर हुदैन सरकार !

दैनिक समाचारदाता

    सप्तरीका किसानहरुप्रति तीनै तहका सरकार गम्भिर भएको देखिदैन् । कृषिका लागि उर्भर भूमी मानिएको सप्तरीका किसानहरु जहिले पनि निकै कष्टकरका साथ खेती गर्न बाध्य छन् । अहिलेको समयमा आकाशे पानीको भरमा मात्र खेती गर्न सम्भव नरहेकाले जिल्लामा हालसम्म सिंचाईको उचित व्यवस्था हुन सकेको छैन् ।   यति मात्र नभएर यहाँका किसानहरुलाई समयमा आवश्यकता अनुसारको मल खाद, बिउ बिजन लगायतका आवश्यक सामग्रीहरु उपलब्ध नहुँदा निकै समस्या खेप्नुपरीरहेको छ । 
    नेपाल कृषि प्रधान देश भन्ने अहिले उखानमै सीमित भएको छ । दिनभरी करायो दक्षिणा हरायौ भन्ने उखान झै यहाँका किसानहरुको यस्तै समस्याबाट पीडित छन् ।  असार महिना लागेपछि किसानहरु सिंचाईको उचित व्यवस्था नभएका कारणले धानको बेर्ना समेत छर्न पाउदैनन् । सिंचाईको उचित व्यवस्था तथा समयमा बर्षा पनि नहुँदा बर्षेनी यहाँका किसानहरुलाई यी यस्ता समस्याहरुले निकै पिरोलिने गरेका छन् । तर, पनि  किसानहरुको समस्या समाधानका लागि राज्य तथा सम्बन्धित कुनै निकायको ध्यान जान सकेका छैन । 
    सिंचाईको लागि पटक पटक यहाँका किसानहरुले सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि सम्बन्धित निकाय कानमा तेल हालेर सुतेका हुन्छन । त्यस्तै समयमा आवश्यकता अनुसारको मल, खाद तथा बिउ बिजनहरु समेत यहाँका किसानहरुलाई उपलब्ध नहुँदा यहाँका किसानहरुलाई दोहरो समस्या खेप्नुपरीरहेका छन । माँग अनुसारको मल खाद उपलब्ध नभएकै कारणले यहाँका किसानहरु बाध्य भएर छिमेकी मुलुक भारतबाट चर्को मुल्य तिरेर मलखाद प्रयोग गर्न बाध्य हुन्छन् । तसर्थ किसानहरु समस्यै समस्याले ग्रसित हुँदा समाधानका लागि सरकार तथा सम्बन्धित निकायले गम्भिरता देखाउनु आवश्यक छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट