News Category 2081/01/15

पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग

दैनिक समाचारदाता

पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग

दैनिक समाचारदाता
राजविराज, १४ बैशाख । 

    सप्तरीको कञ्चनरुप नगरपालिका ५ पडेमाराका अग्निपीडित परिवारलाई मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्रि राजकुमार लेखीले आर्थिक सहयोग गरेका छन् । 
    गत आइतवार दिउँसो भिषण आगलागि भएपछि स्थानिय १६ परिवारको २४ घर जल्दा उनीहरु घरवारबिहीन भएका थिए ।
    अग्नी पीडितहरुको समस्या बुझ्न शुक्रबार पडेमारा पुगेको मन्त्रि लेखी नेतृत्वको टोलीले भेटघाट गर्दै प्रतिपरिवार १० हजारको दरले आर्थिक सहयोग गरेका हुन् । 
    मन्त्री लेखीले घटना बारे जानकारी लिदै मन्त्रालयको तर्फबाट प्रत्येक परिवारलाई १० हजारका दरले आर्थिक सहयोग गरेको भकस्उनको सचिवालयले जनाएको छ ।  
    सोही क्रममा उनले प्रदेश सरकारबाट हुन सक्ने थप सहयोगको लागि अविलम्ब पहल गर्ने प्रतिबद्धता  जनाउँदै आगलागीका घटना हुन नदिन सतर्कता अपनाउन स्थानियसँग अनुरोध समेत गरे । 
    सो अवसरमा एमाले नेता सुमनराज प्याकुरेल, प्रदेश सदस्य एवम् कन्चनरुप नगरपालिकाका पुर्व मेयर वसन्त मिश्रालगायतका स्थानीय जनप्रतिनिधिहरु विभिन्न पार्टीका नेताकार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो । 
    स्थानिय लालमोहन सरदारको गाई गोठमा बालिएको चुल्होबाट गत आइतबार दिउँसो ३ बजेतिर सल्केको आगो समयमा नियन्त्रण गर्न नसक्दा १६ परिवारको २४ घर नष्ट भएको थियो । आगलागीमा लालमोहन सरदारको ४, बिजुली सरदारको ३, आशा सरदार, लालबहादुर सरदार, सुधीर सरदार, बिरबहादुर सरदार, श्यामबहादुर  सरदार, रामबहादुर सरदार, बुटु सरदारको दुइ÷दुइ वटा तथा त्रिभुवन सरदार, करण चौधरी, समुन्द्री सरदारको एक÷एक वटा  गरि २४ वटा घर जलेका थिए । 
    आगलगीमा २ वटा चौपाया समेत जलेको प्रहरीले जानकारी दिएको छ । आगलगीमा करिब २४ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता न्यौपानेले बताएका छन् । 
    यसअघि सोही बस्तीमा २०७६, २०७७, २०७८, २०७९ र २०८० मा समेत आगलगीका घटना भएको स्थानीयहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट