News Category 2081/01/24

महिलाहरु तरकारी खेतीतर्फ आकर्षित 

दैनिक समाचारदाता

महिलाहरु तरकारी खेतीतर्फ आकर्षित 

अरुण कुमार यादव
राजविराज, २४ बैशाख ।

    सप्तरीको सुरुङ्गा नगरपालिकाका महिलाहरु तरकारी खेतीतर्फ आकर्षित हुँदै गएका छन् । सो नगरपालिका ९ का दलित महिलाहरु समुह बनाएर तरकारी खेती सुरु गरेका छन ।
    महिलाहरुको सक्रियतामा दिनाभद्री कृषक समुह बनाएर महिलाहरु तरकारी खेतीमा लागेका हुन् । १५ जना महिलाहरु मात्र रहेका सदस्यहहरुले तरकारी खेती गरेर आयआर्जन गर्नेतर्फ आकर्षित भएका हुन । 
    सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपाल संस्थाले वीउबिजन, खाद्य, मल सहयोग गरेपछि खेतीतर्फ रुचि जागेको कृषक समुहकी अध्यक्ष कविता कुमारी सदाले बताइन् । उनले वेरोजगार बनेर घरमै बस्नुभन्दा तरकारी उब्जाएर पैसा कमाउनु नै इमान्दारीता रहेको उल्लेख गरिन् ।
    यस्तो अवस्थामा सबल नेपाल संस्थाले तरकारी खेती कसरी गर्ने, यसबाट हुने आम्दानीको बिषयमा तालिम दिएका कारण तरकारी खेती गर्न लागेको समूहका अध्यक्ष सदाले भने ।
    करिब १४ कठ जग्गामा दलित महिलाहरु मिलेर तरकारी खेतीमा लागेका उनीहरु बिहान आप्mनो घरको काम सकाएर बाँकी समय तरकारी खेतीमै बिताउने गरेको सबल नेपालका कृषि अधिकृत आशिष चौधरीले जानकारी दिए ।  
    दिनाभद्री कृषक समुहका सदस्य ललिता सदाले तरकारी खेतीबाट आम्दानी गरेर आप्mनो घर ब्यवहार चलाएर छोराछारीको पढाई खर्च समेत निकाल्ने गरेको बताइन् । सिँचाईको अभाव रहेको बेला सबल नेपालले कृषि मिटर सहयोग गरेका कारण पानीको अभाव नहुदा अहिले तरकारी खेती गर्न चर्को घाममा पनि कुनै फरक नपरेको उनको भनाई छ । उनीहरुले लौका, फर्सि, खुर्सानी, भन्टा, खिरा, प्याज लगायतका तरकारी खेती गरेका छन् ।
    यस्तै चन्द्रमुखी कृषक समूह मिलेर यहाँ बिभिन्न प्रकारका तरकारी खेती गर्ने गरेका छन् । ब्यक्तिगत जग्गामा अहिले उनीहरु साग, प्याज, बोरी, खुर्सानी, मुला, खिरा, फर्सी लगायत बिभिन्न समयमा लाग्ने तरकारी खेती गरेर राम्रो आम्दानी गर्ने गरेका छन ।   
    समुहका सदस्य राजकुमार महतोले ४ वटा छोरा÷छोरीले उच्चशिक्षा सम्म पढाउन निधोकका  साथ तरकारी खेतीमा जुटेका छन । मलेशियाबाट फर्किएपछि उनँले पाँच कठ जग्गामा तरकारी खेती गरेर अहिले बर्षिक ५ लाख भन्दा बढी आम्दानी गर्ने गरेको सुनाए । 
    उनी बिदेशबाट फर्किएपछि तरकारी खेती गर्न मन बनाएपछि सबल नेपालले बिउ, कृषि पम्प, बिषादी छर्ने औषधीहरु सहयोग गरेको थियो । 
    यस्तै धिरेन्द्र यादवले पनि आप्mनो बुबाले गरेको तरकारी खेतीमा सघाउने गर्छन । कक्षा १२ मा अध्ययनरत उनी छुटिको समयमा तरकारी खेतीमा रमाउने गर्छन् । नन्धारी बुलेट खुर्सानी, सेमनीत माली काक्रो, बोरी, करेला, लौका, गोलभेडा, आलु, राई र पालक साग लगाएका तरकारी खेतमा लगाएका छन ।  चन्द्रमुखी कृषक समूहका अध्यक्ष जीवन प्रसाद यादवले १० बिगाहमा सामुहिक रुपमा तरकारी खेती गरेका छन ।  
    यस क्षेत्रमा घोरगधा र बादरको आंतक रहे पनि तरकारी खेतिबाट लाखौको आम्दानी गर्न किसानहरु पछि हटेका छैनन् । सबल नेपालबाट हाले सोलार पम्प सहयोग गरेपछि तरकारी खेतीमा थप उर्जा थपिएको सदस्य रामवती महतो बताउछन् । समुहिक तरकारी खेतीका फाइदा बेग्लै भएकोले यसले घरपरिवार आप्mनो जिविकोपार्जन गर्न सजिलो भएको उनको भनाई छ ।
    त्यस्तै जिल्लाको खडक नगरपालिका ४ अमहाका कृषक समुहले तरकारी खेतीवाट बार्षिक लाखौ आम्दानी गर्दै आएका छन् । नगरपालिकाको अमाहा टोलका रामजानकी कृषक समुहका १८ सदस्यहरूले तरकारी खेतीले बार्षिक ५० हजार देखि २ लाख सम्म आम्दानी गर्ने समूह सदस्य सुनिता बस्नेतको भनाई छ ।
    बस्तीका लगभग २ सय जना परिवारको दिनचर्या परिवर्तनमा सो समुहका सदस्यहरूले गरेको  बचतबाट घरपरिवार र बालबालिकाहरूको पठनपाठनमा लगानी लगाउने गरेको समुहकी अर्की सदस्य मानकी रामले बताइन् । 
    सबल नेपालद्वारा संचालित समुन्नति कार्यक्रम अन्तर्गत उक्त समुहलाई संयुक्त रूपमा लिजमा खेत उपलब्ध गराईदिएपछि उनीहरूको जीवनमा परिवर्तन हुँदै गएको छ ।

प्रतिकृया दिनुहोस