News Category 2081/01/11

महिला हिंसा रोक्न सबै  एकजुट हुनु पर्छ ः उपाध्यक्ष 

दैनिक समाचारदाता

महिला हिंसा रोक्न सबै  एकजुट हुनु पर्छ ः उपाध्यक्ष 

दैनिक समाचारदाता
राजबिराज, ११ बैशाख ।  

    महादेवा गाउपालिका अध्यक्ष अर्चना यादबले महिला हिंसा न्युनिकरण गर्न महिलाहरू एकजुट हुनुपर्नेमा जोड दिएकी छिन् । 
    मंगलवार महादेवा गाउपालिकाको सहयोगमा तथा मानव अधिकार प्रवद्र्धन छिन्नमस्ता १ बरहीबिरपुरद्वारा आयोजित महिला हिंसा बिरूद्व जनचेतनामुलक ५ दिने सम्बन्धी तालिम सो कुरामा जोड दिएक हुन् । 
    उपाध्यक्ष यादबले महिला बिरूद्वको हिंसा राज्य, परिवार, समुदायवाट हुने गरेकोले यस्ता हिंसा न्युनिकरण सबै एकजुट हुनुपर्ने बताइन् । 
    उनले समुदायमा छोराछोरीमा भेदभाव नगरी सम्मान व्यवहार गर्नुको साथै छोराछोरीलाई नियमित बिधालय पठाउनुपर्नेमा जोड दिईन । समाजमा हुने हिंसाका घटनाहरू रोक्नका लागि समुदायका अगुवाहरू एकजुट भई त्यस्ता घटनालाई निरूसाहित गर्नुपर्ने उल्लेख गरिन् । 
    साक्षरता दर बढाउन, नियमिति छोरीलाई बिधालय पठाउनु पर्ने बताउदै पालिकालाई साक्षरदर बढाउन योजना ल्याउने बताईन । 
    कार्यक्रममा महादेवा गाउपालिका वडा १ का अध्यक्ष जय किशोर दास, मानव अधिकार प्रवद्र्धन छिन्नमस्ता १ का अध्यक्ष हुलसित यादब, पत्रकार चन्दन यादब, प्रशिक्षक कंचन यादब, त्रिकोलन यादब लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट