News Category 2081/01/20

प्रदेश सरकारले अग्निपीडितका लागि  आवास बनाइदिने ः मुख्यमन्त्री यादव

दैनिक समाचारदाता

प्रदेश सरकारले अग्निपीडितका लागि  आवास बनाइदिने ः मुख्यमन्त्री यादव

दैनिक समाचारदाता
राजविराज, २० बैशाख । 

    मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले महादेवा अग्निपीडितहरुका लागि प्रदेश सरकारले आवास बनाइदिने घोषणा गरेका छन् । 
    बिहीबार अग्निपीडितहरुको अवस्था बुझ्न घटनास्थलको निरिक्षण गर्ने क्रममा उनले यस्तो घोषणा गरेका हुन् । घटनास्थल निरिक्षणको क्रममा अग्निपीडितहरूले मुख्यमन्त्री समक्ष आफ्नो दुखेसो पोखेका थिए ।
    सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ चिम्टीमा मंगलबार भएको भिषण आगलागिमा सर्वस्व गुमाएका अग्निपीडितहरुको अवस्था बुझ्न उनी घटनास्थलमै पुगेर पीडितहरुको अवस्थाबारे समेत जानकारी लिएका हुन् । 
    मंगलबार चिम्टीमा भएको आगलागीमा परेर ४७ बढी परिवारको सर्वस्व गुमेको छ । निरिक्षणको क्रममा बन तथा वातावरण मन्त्री भरत साह, प्रदेश सभा सदस्य मनिष सुमन, किरण साह, माला कर्ण, मधेश सरकारका पुर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह सहितको उपस्थिति रहेको थियो । बिहिबार दिउँसो काठमाडौंबाट राजविराज विमानस्थल पुगेका मुख्यमन्त्री घटनास्थल पुगेका थिए । 

प्रतिकृया दिनुहोस