News Category 2081/01/20

साझीको बिष्फोटक ब्याटिङ र बलिङको  मद्दतले सप्तरी फाइनलमा प्रवेश

दैनिक समाचारदाता

साझीको बिष्फोटक ब्याटिङ र बलिङको  मद्दतले सप्तरी फाइनलमा प्रवेश

दैनिक समाचारदाता
राजविराज, २० बैशाख । 

    राजबिराजमा संचालित चार दिवसिय वालिका अन्तर हब क्रिकेट प्रतियोगिताको फाइनलमा  सप्तरी प्रवेश गरेको छ । 
    सप्तरीकी राष्ट्रिय क्रिकेट खेलाडी साझी यादबले बिष्फोटक ब्याटिङ गर्दै ३५ बलमा ६९ रन र ३ विकेट लिएपछि सप्तरी फाइनलमा प्रवेश गरेको हो । 
    बिहिवार सम्पन्न सिरहा र सप्तरीबीचको खेलमा सप्तरीले निर्धारित ओभरमा २ सय ७ रनको विशाल योगफल खडा गरेको थियो । निर्धारित २० ओभरमा ३ बिकेट गुमाएर उक्त विशाल योगफल खडा गर्नमा सुष्मिता यादबले ४५ रन बनाउदै अविजित रहे । 
    जवाफमा सिरहाले २० ओभरमा ५ बिकेट गुमाएर १ सय ३१ रनमै सिमित भयो । जसमा आरती चौधरीले सर्वाधिक ५८ र प्रशिदिका खडकाले ३० रनको योगदान दिएकी थिइन् । बलिङतर्फ सप्तरीकी साझी यादब ३ बिकेट, दिपा राम, सुष्मिता यादब १÷१ बिकेट लिएकी थिइन् । 
    प्लेयर अफ दि म्याच सप्तरीका साझी यादब घोषित भइन । शुक्रबार यसअघि नै फाइनलमा प्रवेश गरेको मोरङ र सप्तरीबीच हुने आयोजक समितिका आशिष गुप्ताले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस