News Category 2081/01/20

मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ

दैनिक समाचारदाता

मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ

दैनिक समाचारदाता
राजविराज, २० बैशाख । 

    सप्तरी प्रहरीले मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । 
    राजबिराज ४ छिन्नमस्ता अस्पताल अगाडीबाट लागु औषध नियन्त्रण व्यूरो मधेश प्रदेश तथा  जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरको हो । 
    पक्राउ पर्नेहरुमा जिल्लाको हनुमाननगर कंकालिनि १४ बस्ने ३५ वर्षका बिनोद कुमार यादव, तिलाठी कोईलाडी २ लौनिया बस्ने २६ वर्षका मो. नसुरुदि मन्सुरी, १९ वर्षका कुन्दन कुमार मण्डल, २५ वर्षका मो. सम्साद मन्सुरी र २२ वर्षका मिथलेश कुमार राम छन् ।
    उनीहरुका साथबाट प्रहरीले लागुऔषध डाइजेपाम ५०० एम्पुल, लिजेसिल ५०० एम्पुल र फेनारगन ५०० एम्पुल बरामद गर्नुका साथै स.२प. ८६८२, म.प्र.०६–००१प.०५०८ र प्र.२–०१–००३ प.४४१७ नं को तीन वटा मोटरसाइकल समेत नियन्त्रण लिएको छ । 
    सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई जिल्ला प्रहरी कार्यालयले अनुसन्धान कार्य गरिरहेको प्रहरी प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस