News Category 2081/01/12

लोहजरा दहमा पत्रकार  महासंघको साधारण सभा हुने

दैनिक समाचारदाता

लोहजरा दहमा पत्रकार  महासंघको साधारण सभा हुने

दैनिक समाचारदाता
राजविराज, १२ बैशाख । 

    नेपाल पत्रकार महासंघ शाखा सप्तरीको ११ औं साधारणसभा तथा जिल्ला अधिवेशन आगामी बैशाख १६ गते जिल्लाकै  तिरहुत गाउँपालिका स्थित लोहजरा ठाकुरबाबा दह हुने भएको छ । 
    महासंघ शाखा सप्तरीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै तिरहुतको लोहजरा ठाकुरबाबा दह हुन जानकारी गराएको हो । 
    यस अधि नै महासंघ शाखा सप्तरीले बैशाख १६ गते अधिवेशन गर्ने निर्णय सार्वजनिक गरिसकेको थियो भने स्थान र समय बुधबार निर्णय भएको महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि प्रेस विज्ञप्तिमा उल्लेख छ । 
    तिरहुतको लोहजरा ठाकुरबाबा दह सप्तरीकै प्रसिद्ध पर्यटकीय स्थल मध्ये एक हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट