News Category 2081/01/11

प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन  समितिका सदस्यमाथी कारवाहीको माग

दैनिक समाचारदाता

प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन  समितिका सदस्यमाथी कारवाहीको माग

दैनिक समाचारदाता
राजविराज, ११ बैशाख । 

    सप्तरीको राजगढ गाउँपालिका २ स्थित श्री खुवलाल जग्रन्नाथ शक्ती आधारभुत विद्यालय कमलपुर बनैनियाका प्रधानाध्यापक रवीन्द्र यादवमाथी हातापत तथा दुरव्यवहार भएको भन्दै घटनाको सत्यतथ्य छानवीन गरी दोषीमाथी कारवाहीको माग गरिएको छ । 
    प्रअ यादवले आफूलाई विद्यालय व्यवस्थापन समितिका सदस्यको अगुवाईमा एक समुहले हातपात र दुरव्यवहार गरेको भन्दै मंगलवार नेपाल शिक्षक महासंघ सप्तरीलाई घट्ना विवरणसहित पत्राचार गरि दोषिमाथी कारवाहीका लागी आवश्यक पहल गर्न माग गरेका हुन् । 
    उनले पत्रमा विद्यालय व्यवस्थापन समितिका सदस्य रघुनन्दन यादवको अगुवाईमा आएको एक समूहले बैशाख ६ गते विद्यालय द्वारा विद्यार्थी भर्ना अभियान, ¥याली र अभिभावकत्व ग्रहण कार्यक्रम सुरु गर्न लागेकै वेला आपृmुमाथी हातपात र दुव्र्यवहार गरेको उल्लेख गरेका छन् । 
    नेपाल शिक्षक संघ, नेपाल शिक्षक संगठन, एकिकृत नेपाल शिक्षक संगठन, संघिय शिक्षक फोरम नेपाल र नेपाल शिक्षक मञ्चलाई बोद्र्धाथ समेत दिइएको उक्त पत्रमा विद्यार्थी भर्ना अभियान ¥याली र अभिभावकत्व ग्रहण कार्यक्रम विथोल्ने उदेश्यले आएको सो समूहले आपूmमाथी हातपात, गालीगलौच, धाक धम्की र लुगा च्यात्नुका साथै मोबाइल र विद्यालयको साँचो खोसेर डेढ घण्टा कार्यकक्ष मै थुनेर राखेको उनले उल्लेख गरेका छन् । 
    उनले पिडक विरुद्ध प्रहरीमा उजुरी समेत दिएका छन् । बाल विकास देखि ८ कक्षा सम्म पढाई हुने उक्त विद्यालयमा ५ सय छात्र÷छात्रा अध्यनरत छन । जसमध्ये ९० प्रतिशत गरिब, दलित र पिछडिएका समुदायका बालबालिका छन् । 
    उनले कार्यक्रम विथोल्न व्यवस्थापन समितिका सदस्यको अगुवाईमा ३०÷४० जनाको समुह आउँदै छ, भनी पूर्व सूचना प्राप्त भएपछि तत्कालै नजिकै रहेको झुटकी प्रहरी चौकीमा जानकारी गराउँदा पनि प्रहरी समयमा न आएको र आपूmले यस्तो दुव्र्यवहार खेप्नु परेको गुनासो पोखे । उनले यो पटक समेत गरी आफुमाथी विभिन्न बहाना र निहुमा विद्यालय व्यवस्थापन समितिका सदस्य यादवको अगुवाईमा चौथो पटक आक्रमण भएको बताएका छन् । 
    यस्तो अपमान सहेर पनि विद्यालयको पठन पाठन सुचारु राखेका प्रअ यादवले दोषीमाथी कारवाही नगरिए विद्यालयको पठन पाठन रोक्न बाध्य हुने जनाएका छन् । उनले गाउँपालिका कार्यालयको शिक्षा शाखाको निर्देशन अनुसार समय मै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन बैशाख ३ गते एक कार्यक्रम गरी पाठ्यपूस्तक वितरण गरिएकोमा किन पुस्तक बाँड्न हतार गरिस ? भन्दै विद्यालय व्यवस्थापन समितिका सदस्य यादवले पटक पटक निहुँ खोज्ने गरेको दोषारोपण पनि गरे । उनले विद्यालयमा काम गर्ने बातावरण र सुरक्षा प्रत्याभुतीको माग समेत गरेका छन् । नेपाल शिक्षक महासंघले समेत शिक्षकको पेशागत सुरक्षा, हकहित र सम्मानको मागँ गरेको छ । नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष सुरेश कुमार यादव र सचिव लखिन्द्र प्रसाद साहले मंगलवार प्रेस विज्ञप्ती मार्फत घट्नाको सत्य तथ्य छानवीन गरी दोषीमाथी कारवाहीको मागँ गरेको छ । 
    यता विद्यालय व्यवस्थापन समितिका सदस्य रघुनन्दन यादवले आफुहरुले प्रअ यादवमाथी हातपात नगरेको दाबी गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट