News Category 2081/01/11

बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास

दैनिक समाचारदाता

बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास

दैनिक समाचारदाता
राजविराज, ११ बैशाख । 

    राजविराज उच्च अदालत बार एशोसिएसनको पहिलो तल्ला भवनको मंगलबार शिलान्यास गरिएको छ ।
    राजविराज नगरपालिकाको कार्यवाहक नगरप्रमुख ईसरत परविन तथा राजविराज नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुभाष यादवले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।
    राजविराज नगरपालिकाको २५ लाखको सहयोगमा भवन निर्माण सुरू गरिएको राजविराज उच्च अदालत बार एशोसिएसनका कोषाध्यक्ष उमाशंकर देवले बताए । पाँच कोठा भवन र एउटा हल बनाउने योजना रहेको बार एसोसिएसनको अध्यक्ष हरेराम यादवले बताए ।
    भवन निर्माण समितिका अध्यक्ष नेपाल वार एसोसिएसनका पूर्व अध्यक्ष श्यामनारायण साहले नगरपालिकाको सहयोग रकमले भवनको पिलर र छत ढलानसम्म मात्र पुग्ने भएपनि स्थानीय, प्रदेश सरकार वा आमनागरिकको सहयोग लिएर भएपनि निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता जनाए ।
    राजविराज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष हरेराम यादवको अध्यक्षता तथा वरिष्ठ न्यायाधीश वामदेव ज्ञवालीको प्रमुख आतिथ्य आयोजित कार्यक्रममा बार एशोसिएसनका पूर्व अध्यक्ष श्यामनारायण यादव, हेमनारायण साह, रमानन्द साह, वरिष्ठ अधिवक्ता हिम्मम सिंह, रामजी साह वडा नं ७ का वडा अध्यक्ष सुभाष यादव, प्रमुख जिल्ला अधिकारी किरण थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सचिव दानो कुमारी चौधरी तथा स्वागत उपाध्यक्ष धर्मेन्द्र यादवले गरेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट