News Category 2080/07/22

युवाहरुमा क्रिकेट मोह बढ्दै 

दैनिक समाचारदाता

    नेपालका यूवाहरुको अहिले क्रिकेटमा मोह निकै बढ्दै गएको छ । यति मात्र नभएर अहिले उनीहरु क्रिकेटमै भविष्य खोज्दै छन् । कीन पनि नहोस् नेपाली क्रिकेट टोली सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने आईसिसी पुरुष टी–२० विश्वकपका लागि नेपाल छनोट भएको छ । नेपाली क्रिकेट खेलाडीहरुले गरेको राम्रो प्रयासले अहिले नेपाल विश्वमै क्रिकेटका लागि नयाँ पहिचान बनाउन सफल भएको छ । 
    नेपालमा क्रिकेटको क्रेज दुई दशक बढेको हो । विगतमा मुलुकमा क्रिकेट राष्ट्र भित्र मात्र सीमित थियो । तर, अहिले नेपाली क्रिकेटहरुकै कारण अन्तर्राष्ट्रियस्तरमै आफ्नो छुट्टै पहिचान बनाउ सफल भएको छ । क्रिकेटको क्रेज सबैभन्दा बढी भारतमा देखिएको छ । अहिले भारतमा जागिर भन्दा पनि बढी क्रिकेटमै भविष्य देख्ने युवाहरु निकै अगाडी छन् । उनीहरु आफ्नो न्युनतम शैक्षिक योग्यता हासिल गरेर क्रिकेटमै ध्यान दिने गरेको देखिन्छ । नेपालमा विगतमा त्यस्तो नदेखिए पनि वर्तमान अवस्थामा क्रिकेटको क्रेज यहाँ पनि निकै देखिन थालेको छ । तर, सरकारले क्रिकेटलाई प्राथमिकतामा नराखेपनि अहिले सोही खेलका कारण नेपालको पहिचान अन्तर्राष्ट्रियस्तरमा बढेपछि सरकार पनि सो प्रति अग्रसर भएको छ । 
    यद्दपी मुलुकमा क्रिकेटका लागि गतिलो खेलमैदान नहुनु, खेलाडीलाई प्रोत्साहन नदिनु, खेलाडीको भविष्यको सुनिश्चितता नहुन लगायतका कारणले यो खेल कतै जोखिममा त पर्दैन भन्ने आंशका पनि छ । तसर्थ क्रिकेटमा भविष्य खोज्ने यूवाहरुका लागि सरकारले गम्भिर हुनु आवश्यक छ भने उनीहरुको भविष्यको सुनिश्चितताका लागि सरकार अग्रसर हुनु पनि उत्तिकै आवश्यक छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट