News Category 2080/02/06

प्रहरीको सचेतनामूलक अभियान सकारात्मक प्रयास 

दैनिक समाचारदाता

   विपत सम्बन्धी जिल्लामा प्रहरीले दिनहुँजसो सचेतनामूलक अभियान संचालन गर्दै आइरहेको छ । जिल्लामा खासगरि अहिलेको समयमा आगलागि, आत्महत्या, सवारी दुर्घटना जस्तो घटना भइरहेकोले यस्ताप्रति सचेतना जगाउन प्रहरी लागि परेको छ । जिल्लाको १८ वटै पालिकामा प्रहरीले यस्ता अभियानलाई तिब्रता दिनु सकारात्मक पक्ष हो । तर, सचेतनाले मात्र नभएर मानिसहरु यसप्रति आफै पनि सचेत हुनु आवश्यक छ । प्रहरीको एकल प्रयासले यस्ता घटना दुर्घटना नियन्त्रण हुन सक्दैन् । यसका लागि समाजका अगुवा तथा परिवारका सदस्यहरु पनि यस्ता अभियानलाई बुझेर आफैबाट सुरुवात गर्न सके मात्र अभियानले सकारात्मक परिणाम ल्याउन सक्छ । 
    जिल्लामा अहिले आत्महत्याको घटना बढ्दो छ । यसका लागि प्रहरीले सचेतना गराउँदै हिडेर हुँदन् । प्रहरीले आफ्नो कर्तव्य पुरा गर्ने भएकोले यसका लागि समुदायले पनि यस्ता कार्यक्रमलाई गम्भिरतापूर्वक सहभागिता जनाएर परिवारका सम्पूर्ण सदस्यलाई बुझाउन सके मात्र यसको उपलब्धी मान्न सकिन्छ ।  प्रत्येकले आफ्नो परिवारमा यस्ता घटनाहरुप्रति सचेतना गराउन सके सिंगो समाज यसबाट लाभाञ्वित हुने विश्वास गर्न सकिन्छ । यस्तौ आगलागिका घटना बारे पनि सानो कुरामा सचेत पु¥याउन सके पक्कै पनि यस्ता घटना हुनबाट बचाउन सकिन्छ । त्यस्तै सवारी दुर्घटनामा पनि गम्भिरतापूवर्क होस पु¥याउन सकिए यो पनि नियन्त्रण हुन सक्छ । 
    तसर्थ माथि उल्लेखीत घटनाहरु प्रति समाजका हरेक व्यक्ति गम्भिर हुन सके पक्कै पनि प्रहरी गरिरहेको दुर्घटना न्युनिकरणको सचेतनामूलक प्रयासले सकारात्मक परिणाम ल्याउन सक्छ । यसर्थ आजैदेखी यस्ता घटनाहरु प्रति समाजमा सचेतना दिन अग्रहस होऔं । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट