News Category 2080/01/02

जिल्ला प्रशासनको स्वागतयोग्य निर्णय    

दैनिक समाचारदाता

जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको इतिहासमै कहिले नभएको निर्णय गरेर एउटा उदाहरणिय तथा ऐतिहासिक कामको नयाँ वर्षको सुरुवातसँगै सुरु गरेको छ । प्रशासन कार्यालयले बि.स. २०८० सालमा सरकारले दिने सार्वजनिक बिदाका दिन पनि सेवाहरु प्रवाह गर्ने निर्णय जनताले स्वागत गरेको छ । सो कार्यालयले बिदाका दिन पनि नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दिने जनाएको छ । यो सहनिय कार्य हो । 
    सरकारले २०८० सालमा उभौली पर्व–चण्डी पूर्णिमा (बैशाख पूर्णिमा), रक्षाबन्धन, श्रीकृष्ण जन्मष्टमी, घटस्थापना, क्रिसमस डे, उद्योली पर्व, योमरी पुन्ही– ज्यापु दिवस (धान्य पूर्णिमा), ल्होसार, माघी पर्व÷माघे संक्रान्ति, सेनाम ल्होसार, महाशिवरात्री, ग्याल्पो ल्होसार, ईद, बकर ईद, गणतन्त्र दिवस, जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिव, अन्तराष्ट्रिय महिला दिवस, बुद्ध जयन्ती र पृथ्वी जयन्तीका दिन दिने सार्वजनिक बिदामा पनि प्रशासन कार्यालयबाट तीनै वटा सेवा प्रवाहा हुने छ । यसरी जनतालाई तीनै वटा सेवा जुनसुकै बेला पनि चाहिने हुन्छ । यसका लागि अब कार्यालय खुल्ने दिन कुर्नु पदैन् । सार्वजनिक बिदाकै दिन जनतालाई फुर्सद हुने भएकोले अब उनीहरुले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन पाउने छन् । 
    यसरी नै मालपोत, भूमिसुधार वा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयगत कार्यालयले पनि सार्वजनिक बिदाको दिन आफ्नो सेवा प्रभाव गर्न कदम चाल्न सके पक्कै पनि जनताले राहत पाउने छन् । तसर्थ यस्ता विषयहरुप्रति अन्य कार्यालयले पनि गम्भिरतापूर्वक सोचेर निर्णय गर्न सके जनताले कहिले सास्ती व्यहोर्नु पर्ने हुदैन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट