News Category 2079/05/22
पुनः पालो जनताको
अहिले मुलुभर निर्वाचनको माहोल बन्दै गएको छ । अबको केही दिनपछि पूर्ण रुपले मुलुक निर्वाचनमय हुदैछ । मुलुक संघीयतामा गइसकेपछि यो दोश्रो संघीय निर्वाचन हो । २०७४ सालमा पहिलो स्थानिय, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनमा तत्कालिन प्रदेश नं. २ हाल मधेश प्रदेशमा मधेश केन्द्रित दलहरुको दबदबा रहेको थियो । यस प्रदेशमा केही वर्ष मधेश केन्द्रित दलहरुको सरकार रहेकोमा एक वर्षअघि जसपाको नेतृत्वमा अन्य दलहरुसँग गठबन्धनको सरकार रहेको छ । पाँच वर्ष अघिको राजनीतिक माहोल अहिले पूर्ण रुपले परिवर्तन भइसकेको छ । विगतको निर्वाचनमा देखिएको परिणाम अहिले त्यसको विपरीत रहेको छ । मधेशी दलहरुबीच भएको टुटफुटका कारण मधेश प्रदेशमा ती दलहरुको पकड कमजोर देखिएको छ ।
विगतका वर्षहरुमा मुलुकमा आधा दर्जन मधेश केन्द्रित दलहरु रहेको थियो । पछि ती दलहरु एक भएर एउटा दलमा परिणत भएको थियो । तर पछि पुनः ती दलहरुमा भएको फुटका कारण अहिले मुख्यत तीन वटा दलहरु रहेका छन् । तीनै दलको मधेशी जनतामा पकड खस्किदै गएको छ । त्यसको उदाहरण हालै सम्पन्न स्थानिय तह निर्वाचनको परिणामलाई लिन सकिन्छ । यसरी मधेश केन्द्रित दलहरुबीच आपसी खिचातानको प्रवृतीले उनीहरु कमजोर हुदै गएका छन् । जसको फायदा प्रत्यक्ष रुपमा नेपाली काँग्रेसलाई पुगेको छ । हुन त राजनीतिमा स्थायी रुपमा कुनै दल कमजोर र बलियो हुँदैनन् । उनीहरुको कार्य सम्पादन, जनतामा पकड, विश्वास र काम गर्ने शैलीमा भर पर्दछ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनताले पुनः एक पटक जनप्रतिनिधि छान्न पाउनेछन् । हरेक पाँच वर्षमा नयाँ जनप्रतिनिधि छान्ने मौका जनताले पाउने प्रावधान रहेको हुँदा हाल सम्पूर्ण राजनीतिक दलहरु परिणाम आफ्नो पोल्टोमा पार्न कम्मर कसेर लागिपरेका छन् । तसर्थ आउँदो निर्वाचनमा जनता जनार्दनले आफ्नो सुजबुझका साथ मतदान गरि नयाँ सरकार बनाउने अवसरलाई सतप्रतिशत प्रयोग गर्नुपर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/15 पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
- 2081/01/14 माओवादी केन्द्र सप्तरीको जिल्ला अध्यक्षमा रजक चयन
- 2081/01/14 सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
- 2081/01/11 प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग
- 2081/01/11 बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
- 2081/01/11 महिला हिंसा रोक्न सबै एकजुट हुनु पर्छ ः उपाध्यक्ष
- 2081/01/10 सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
- 2081/01/10 जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ