News Category 2080/03/28

शौचालय छ, तर, प्रयोगविहीन ! 

दैनिक समाचारदाता

   राजविराज नगरपालिका क्षेत्र भित्र चार स्थानमा शौचालय निर्माण गरिएको छ । चार वटै नगरपालिका कार्यालय वरिपरि नै । त्यसमध्ये दुई स्थानको शौचालय मात्र प्रयोगमा रहेका छन् । बाँकी दुई स्थानमा निर्माण गरिएको शौचालय प्रयोगमा आउनु अघि नै फोहर र दुर्घन्धित बनेको छ । गत आर्थिक वर्षको अन्तिम समयमा दुई वटा शौचालय निर्माण गरिएको थियो । मधेश सरकारको बजेटबाट निर्माण गरिएका दुई वटै शौचालय प्रयोगमा आउनु अघि नै प्रयोगविहीन अवस्थामा रहेका छन् । ती शौचालयको पूर्ण रुपमा काम समेत सम्पन्न भएको छैन् । 
    एउटा शौचालय रंगशालाको कुनामा र अर्को नगरपालिका कार्यालयको मूल गेट अगाडी विद्यालयको झ्याल बन्द गरेर । यसरी दिर्घकालिन सोच बिना र औचित्यहीन तरिकाले निर्माण गरिएका ती शौचालयको कुनै अस्तित्व छैन् । मात्र बजेटको दुरुपयोग गरिएको देखिन्छ । यसप्रति नगरपालिकाको थोरै पनि ध्यान पुगेको देखिन्न् । बजार क्षेत्र भित्र हिडडुल गर्ने बटुवाहरु शौचालय नरहेको नगरको खुल्ला स्थान वा नालामै पिसाब गर्न बाध्य छन् । चारवटै शौचालय कार्यालय समयअवधीमा खुल्ला हुने र बन्द हुने गरेको छ । 
    यता नगरपालिका क्षेत्रभित्र उचित शौचालय समेतको व्यवस्था नहुनुले झन सहर दुर्घन्धित हुँदैगएको छ । मानिसहरु शैचालयको अभावमा जताभावि दिशापिसाब गर्नाले वातावरण दुषित भइरहेको छ । सहरमा भएका सार्वजनिक शैचालयहरु जति छन् त्यो पनि सरसफाइको अभावमा दुषित भएको छ । तसर्थ नगरपालिकाले सार्वजनिक शौचालय देख्ने स्थानमा वा बढी भिडभाड हुने स्थानमा निर्माण गर्नेतर्फ गम्भिरता दिनुपर्ने अवस्था रहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट