News Category 2071/12/03
केही सीमित राजनैतिक दलले संविधानसभा अपहरण ग¥यो ः थापा
दैनिक संवाददाता
राजविराज, २ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले केही सीमित राजनैतिक दलहरुले संविधानसभा अपहरण गरेको आरोप लगाउनु भएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा सोमबार बिहान राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो आरोप लगाउँदै विगतमा भएको सम्झौताहरु कार्यान्वयन नहुनाले मुलुकमा द्वन्द्व समेत निम्तिएको जिकिर गर्नुभयो ।
अध्यक्ष थापाले मुलुकको आर्थिक विकासका निम्ति सम्पुर्ण दलहरु अगाडी बढनुपर्नेमा जोड दिनुहुँदै वर्तमान अवस्थामा संघियताको विवादमा पाँच जिल्लालाई विवाद बनाएर केवल निहुँ मात्र रहेको जिकिर गर्नुभयो । उहाँले एमाओवादी र मधेशवादी दलहरु सहमति, काँग्रेस एमाले बहुमतको गणितीय दाउमा रहेको आरोप लगाउनुभयो ।
पूर्वाञ्चलको विभिन्न जिल्ला भ्रमणको क्रममा सप्तरी आउँनुभएका अध्यक्ष थापाले संविधान सभाको विवादित विषयलाई समाधान गर्नका लागि जनमत संग्रह गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँँले भन्नुभयो, “एमाले काँग्रेसको अपवित्र गठबन्धनकै परिणाम हो, जुन अहिले मुलुकमा द्धन्द्व निम्तिएको छ ।” मुलुकमा देखिएको जटिल परिस्थितिको सामना गर्न एकताको आवश्यकता रहेको जिकिर गर्नुहुँदै अध्यक्ष थापाले मुलुकमा देखिएको संकटबाट मुक्त पार्न बैकल्पिक शक्तिको खाँचो रहेको स्पष्ट पार्नुभयो ।
एक अर्को प्रसङ्गमा अध्यक्ष थापाले समान विचार धारा भएका राप्रपासँग एकताको प्रयास भइरहेको बताउँनुहुँदै आप्mनो पार्टी राजा सहितको गणतन्त्रको पक्षमा उभिएको जिकिर गर्नुहुँदै मुलुकलाई राष्ट्र शक्ति आवश्यकता रहेकोले एकताको प्रयास भईरहेको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा राप्रपा नेपालका महिला संगठनका सल्लाहकार प्रलिता थापा, पार्टीका सहमहासचिव वृजलाल यादव, सभासद गंगा प्रसाद यादव, पार्टीका केन्द्रिय सदस्यद्वय राजाराम बरतौला र सुभाषचन्द्र झा सहितको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/28 मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
- 2081/01/28 २२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन
- 2081/01/27 नेपाल बैंकका सुरक्षा गार्ड मृत अवस्थामा फेला
- 2081/01/27 नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान
- 2081/01/27 जलेश्वरका मेयर, उपमेयरसहित १२ जना बिरुद्ध भ्रष्टचार सम्बन्धी मुद्दा दायर
- 2081/01/27 अग्निपीडितलाई जस्तापाता र टेबल पंखा वितरण
- 2081/01/26 नेपालको न्यायपालिका दक्षिण एशियामै अग्रस्थानमा ः न्यायधिश पोखरेल
- 2081/01/26 काशीराज–गंगादेवी स्मृति पुरस्कारबाट वरिष्ठ कानुन व्यवसायी सिंह सम्मानित
- 2081/01/26 संविधान कार्यान्वयनप्रति संघीय सरकार नै उदासीन ः मन्त्री लेखी
- 2081/01/25 बौद्धिक अपाङगता भएका लागि बजेट बिनियोजन गर्न तीनै तहलाई आग्रह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ