नेपाल सहकारीद्वारा भूकम्पपीडितका लागि सहयोगार्थ रकम बैंक मार्फत जम्मा
Monday, May 04, 2015
दैनिक संवाददाता
राजविराज, २० बैशाख ।
गत शनिबार गएको महाभूकम्पबाट पीडितहरुकालागि सहयोगार्थमा राजविराजका एक सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइतबार रकम जम्मा गरेको छ ।
नेपाल सहकारी संस्था लिमिटेड मुख्य कार्यालय राजविराज ४ ले १५ हजार १ सय ५१ रुपैयाँ एभरेष्ट बैक मार्फत सो कोषमा जम्मा गरेको हो ।
संस्थाका अध्यक्ष शत्रुघन प्रसाद गुप्ताले सो सहयोगार्थ रकम एभरेष्ट बैंकको खाता न. ००१००१०५२००२७० मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी दिनुभयो ।