News Category 2072/01/22

नगरको तीन स्थानमा लाखौको चोरी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २१ वैशाख ।
सप्तरी सदरमुकाम राजविराजको विभिन्न तीन स्थानमा आइतबारराति लाखौको चोरी भएको छ । 
राजविराज नगरपालिका ८ निवासी राजविराज टुडेका सम्पादक सुमन कुमार मिश्राको घरबाट आइतबारराति करिब २० लाख मुल्य बराबरको समान चोरी भएको हो । 
डेरामा कोही नभएको मौका छोपी चोरले मिश्राको डेराबाट २० भरी सुन, चाँदी र १ लाख २५ हजार नगद सहित करिब २० लाख मुल्य बराबरको सरसमानहरु चोरी भएको पीडित पत्रकार मिश्राले जानकारी दिनुभयो । 
त्यस्तै राजविराज नगरपालिका १ स्थित हटियामा समेत एक लाख मुल्य बराबरको समानहरु चोरी भएको छ । हटियास्थित रवि लाल साहको किराना पसलको ताल्चा तोेडी पसलमा रहेको तेलको कार्टुन, सेम्पु, बदाम जुस, रेड बुल र नगद सहित करिब १ लाख मुल्य बराबरको सर समानहरु चोरी गरी लगेको पीडित रविलाल साहले जानकारी दिनुभएको छ । साहका अनुसार चोरहरुले पसलको गल्ला नै चोरी गर्नुका साथै गल्लामा रहेका सम्पुर्ण नगद समेत चोरी गरेको बताउँनभयो । 
त्यसैगरी सोही स्थानमा रहेको आदित्य फोटो कापी सेन्टरमा समेत चोरी भएको छ । भरतप्रसाद साहको फोटो कापी सेन्टरबाट ३ थान कम्प्युटर र नगद १० हजार चोरी भएको पीडितले बताएका छन । 
यसैबिच चोरी गरेको आरोपमा राजविराज नपा वडा नं. ७ बस्ने वर्ष २८ अरुण सदा र सप्तरी डिमन गाविस घर भई हाल राजविराज नपा वडा नं. ६ बस्ने वर्ष १६ को प्रेम साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले निजहरुकै घरबाट नियन्त्रणमा लिएको जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट