News Category 2072/01/22
कोशी पीडित समाजद्वारा अग्निपीडित परिवारलाई राहत वितरण दैनिक संवाददाता राजविराज, २१ वैशाख । सप्तरीको लौनिया गाविस ४ का अग्निपीडित परिवारलाई सोमबार विभिन्न संघ संस्थाहरुले त्यहाँका ५ अग्निपीडित परिवारलाई राहत वितरण गरेको छ । त्यहाँका अग्निपीडित परिवारलाई कोशी पीडित समाज सप्तरीले बाल्टिन, साल, मग र नगद सहितका राहतका सामग्रीहरु वितरण गरेको सामाजिक परिचालक हिरा कुमार मण्डलले जानकारी दिनुभयो । त्यस्तै युवा संघका राजेश मण्डलको नेतृत्वमा लौनिया गाविस वडा न. २, ३ र ४ बाट राहत संकलन गरी प्रति परिवारलाई राहत वितरण गरेको छ । त्यहाँका अग्निपीडित परिवारमध्ये गोसाई साफीलाई २ मन चामल, १ मन गहुँ, ५ किलो आलु प्याज, ६ थान लत्ताकपडा, नुन मशाला सहित नगद १ हजार राहत स्वरुप प्रदान गरेको छ । त्यस्तै भरत साफीलाई चन्दे्रश्वर मण्डल, बिन्देश्वर साफी, जोगेन्द्र साफी सहितलाई राहत स्वरुप यी सामग्रीहरु प्रदान गरेको बिरेन्द्र मण्डलले जानकारी दिनुभयो । त्यस्तै त्यहाँका बयोबृद्ध जुगेश्वर साफीलाई ५ सय नगद र लत्ताकपडा समेत वितरण गरेको छ । त्यसैगरी महिला सशक्तिकरण संघ लौनियाद्वारा समेत त्यहाँका अग्निपीडित परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु प्रदान गरिएको संघका नुनु लाल मण्डलले जानकारी दिनुभयो । यसअघि सप्तरीको लौनिया गाविस वडा न. ४ मा शुक्रबार दिउँसो आगलागी पाँच परिवारको एक दर्जन घर जलेर नष्ट हुँदा करिब ३० लाख मुल्य बराबरको क्षति भएको छ । आगलागीबाट स्थानीय चन्द्र नारायण मण्डलसहित छिमेकी बिन्देश्वर रजक, भरत रजक, भुवनेश्वर रजक, गोसाई रजक सहितको एक दर्जन घर जलेर सो मुल्य बराबरको क्षति भएको थियो ।
दैनिक संवाददाता
राजविराज, २१ वैशाख ।
सप्तरीको लौनिया गाविस ४ का अग्निपीडित परिवारलाई सोमबार विभिन्न संघ संस्थाहरुले त्यहाँका ५ अग्निपीडित परिवारलाई राहत वितरण गरेको छ ।
त्यहाँका अग्निपीडित परिवारलाई कोशी पीडित समाज सप्तरीले बाल्टिन, साल, मग र नगद सहितका राहतका सामग्रीहरु वितरण गरेको सामाजिक परिचालक हिरा कुमार मण्डलले जानकारी दिनुभयो ।
त्यस्तै युवा संघका राजेश मण्डलको नेतृत्वमा लौनिया गाविस वडा न. २, ३ र ४ बाट राहत संकलन गरी प्रति परिवारलाई राहत वितरण गरेको छ ।
त्यहाँका अग्निपीडित परिवारमध्ये गोसाई साफीलाई २ मन चामल, १ मन गहुँ, ५ किलो आलु प्याज, ६ थान लत्ताकपडा, नुन मशाला सहित नगद १ हजार राहत स्वरुप प्रदान गरेको छ । त्यस्तै भरत साफीलाई चन्दे्रश्वर मण्डल, बिन्देश्वर साफी, जोगेन्द्र साफी सहितलाई राहत स्वरुप यी सामग्रीहरु प्रदान गरेको बिरेन्द्र मण्डलले जानकारी दिनुभयो ।
त्यस्तै त्यहाँका बयोबृद्ध जुगेश्वर साफीलाई ५ सय नगद र लत्ताकपडा समेत वितरण गरेको छ ।
त्यसैगरी महिला सशक्तिकरण संघ लौनियाद्वारा समेत त्यहाँका अग्निपीडित परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु प्रदान गरिएको संघका नुनु लाल मण्डलले जानकारी दिनुभयो ।
यसअघि सप्तरीको लौनिया गाविस वडा न. ४ मा शुक्रबार दिउँसो आगलागी पाँच परिवारको एक दर्जन घर जलेर नष्ट हुँदा करिब ३० लाख मुल्य बराबरको क्षति भएको छ ।
आगलागीबाट स्थानीय चन्द्र नारायण मण्डलसहित छिमेकी बिन्देश्वर रजक, भरत रजक, भुवनेश्वर रजक, गोसाई रजक सहितको एक दर्जन घर जलेर सो मुल्य बराबरको क्षति भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
- 2081/01/11 प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग
- 2081/01/11 बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
- 2081/01/11 महिला हिंसा रोक्न सबै एकजुट हुनु पर्छ ः उपाध्यक्ष
- 2081/01/10 सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
- 2081/01/10 जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
- 2081/01/10 छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
- 2081/01/07 सरोकारबाला एकजुट भए बालविवाह चाडै नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
- 2081/01/07 राससले पायो लालपुर्जा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ