News Category 2072/01/24

८ वर्षिया नाबालिका १३ वर्षिय नाबालकद्वारा बलात्कार

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २३ वैशाख ।
सप्तरीमा पुनः एक नाबालिकाको बलात्कार भएको घटना सार्वजनिक भएको छ ।
८ वर्षीया सो बालिकाको झुटकी गाविसका १३ वर्षीय नाबालकबाटै बलात्कृत भएकी हुन् ।  घटना गत विहीवारको भएपनि पीडितका आफन्तजनले बुधबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएका छन् ।
स्थानियस्तरमै मिलापत्र गराउने प्रयास गरिएका कारण घटना सार्वजनिक गर्न ढिलाई भएको हो । मिलापत्रबाट समस्या समाधान नभएपछि तथा प्रहरीले पक्राउ गरिसकेका अपराधिलाई छाडेपछि पीडित पक्षले पत्रकार सम्मेलन मार्फत घटना सार्वजनिक गरेका हुन । 
पत्रकार महासंघ सप्तरीको कार्यालयमा पत्रकार सम्मेलनको आजोजना गरी पीडित बालिकाकी आमाले छोरीको अवस्था नाजुक बन्दै गएको र पक्राउ परेका अपराधीलाई पनि प्रहरीले नावालक भएको भन्दै अभिभावकलाई जिम्मा लगाएपछि बाध्य भई आफूले घटना सार्वजनिक गरेको बताइन् । 
भंैसी चराउन गएकोबेला गत विहीबार दिउसो २ बजेतिर छोरीको बलात्कार भएको उनले बताइन् । एक्लै देखेपछि १३ वर्षिय जितेन्द्र यादवले हातबाँधी मुखथुनेर जबरजस्ती करणी गरेको उनले अरोप लगाइन् । 
घर फर्किन ढिलो भएपछि खोज्दै जाँदा गाउँ नजिकैको चउरमा छोरी नाङ्गो र बेहोस अवस्थामा फेला परेको उनले जानकारी दिइन् । तत्कालै छरछिमेकीको सहयोगमा छोरीलाई गाउँकै स्वास्थ्य चौकीमा पु¥याएको पीडितकी आमाले बताइन् । 
गाउँमै प्रारम्भिक उपचारपछि सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा थप उपचार गरीएको उनको भनाई थियो । ।
इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक छेदीलाल कामतीले घटनाबारे आवश्यक अनुसन्धान भईरहेकोले अनुसन्धानपछि मात्र सबै कुरा सार्वजनिक गर्ने बताएका छन् । उनले जीतेन्द्रलाई हिरासतमा राखेपनि नावालक भएका कारण सप्तरी जिल्ला अदालतको आदेश अनुसार हाल उनलाई अभिभावकको जिम्मा लगाईएको र अनुसन्धानको क्रममा आवश्यक परे जुनसुकै बेला पनि हाजिर गराउने बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट