News Category 2072/01/25

शिक्षा कार्यालय, अधिकारी, समिति, श्रोत व्यक्तिलगायत २४ विद्यालय उपर पुनरावेदनको निषेधाज्ञा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २४ वैशाख ।
पुनरावेदन अदालत राजविराजले जिल्ला शिक्षा कार्यालय, शिक्षा अधिकारी, जिल्ला शिक्षा समिति,  श्रोत व्यक्ति तथा जिल्लाका २४ वटा अनुमति बिना संचालनमा रहेका विद्यालयहरुमाथी निषेधाज्ञा मिश्रित परमादेश जारी गरेको छ । 
अनुमति नलिई संचालन भएका विद्यालयहरुको आवश्यक भौतिक, शैक्षिक, आर्थिक, विद्यार्थीको संख्या, योग्य शिक्षक लगायत आवश्यक पुर्वाधारहरुको अभावमा विद्यालय संचालन भईरहेकोमा जिल्ला शिक्षा कार्यालय, शिक्षा अधिकारी, जिल्ला शिक्षा समिति, श्रोत ब्यक्ति दामोदर ठाकुर समेतले अनुगम र निरक्षण नगरेको भन्दै जिल्ला न्यायाधिश राजेश्वर तिवारीको एकल इजलाशमा सो निषेधाज्ञा मिश्रित परमादेश आदेश जारी भएको हो । 
सप्तरीको बदगामा गाविस वडा न. १ निवासी सचिन्द्र कुमार यादवले गत वर्ष बिना अनुमतिका संचालनमा रहेका विद्यालयहरुको बिरुद्धमा दर्ता गरेको अन्तरिम आदेश सहितको निषेधाज्ञा मिश्रित प्रणालीको आदेश उपर दिएको निवेदनमा माथी सो आदेश भएको हो ।
जारी भएको परमादेशमा जिल्लामा बिना अनुमति विद्यालय संचालन भएकोप्रति त्यस्ता विद्यालयहरुलाई पठन पाठन नगर्न गराउँन आदेश समेत दिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट