डुबेर दुई बालक तथा शव हेरेर एक महिलाको मृत्यु
Friday, May 08, 2015
दैनिक संवाददाता
राजविराज, २४ वैशाख ।
सप्तरीको छुट्टाछुट्टै दुई स्थानमा बिहीबार दुई बालक र एक महिला गरि तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको बभनगामाकट्टी गाविस २ तोपामा बिहिबार पोखरीमा डुबेर मृत्यु भएका बालकको शव हेरेर एक महिलाको समेत ह्दयघातबाट ज्यान गएको छ ।
स्थानीय विजय दासका ८ वर्षिय छोरा मनित कुमार दासको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय हनुमानगरका इन्चार्ज शंकर खतिवडाले जानकारी दिनुभयो ।
खतिवडाका अनुसार उक्त बालकको शव हेरेर उनका छिमेकी बुधमल दासकी श्रीमति उर्मिला देवी दासको ह्दयघातबाट मृत्यु भएको छ ।
बालकको शव हेरेर बेहोश भएकी उर्मिलाको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचारको लागि ल्याउँदै गर्दा बिच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरि जिल्लाको तिलाठी २ निवासी श्याम नारायण साहको १० वर्षिय छोरा आशिष कुमार साहको पोखरीमा डुबेर मृत्यु भएको छ ।