News Category 2072/01/26

शहिदका आमा बुबाद्धारा सप्तरीका अग्निपीडित परिवारलाई राहत वितरण

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २५ वैशाख ।
सप्तरीका अग्निपीडित परिवारलाई शहीद रमेश महतोको आमा र बुबाले राहत स्वरुप विभिन्न राहतका सामग्रीहरु वितरण गरिएको छ । 
मधेशका शुभचिंतकहरुले सप्तरीका अग्निपीडितको लागि उपलब्ध गराएको राहत सामग्री मधेश इनिशिएटिभ्सको पहलमा सप्तरीको रम्पुरा मलहनिया गाविसका ४४ परिवार र पडेमाराका ३४ जना अग्निपीडित परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु  वितरण गरिएको हो ।
धनुषाका रामशंकर महासेठको परिवारले १ लाख ५१ हजार मुल्य बराबरको लताकपडा तथा २५ हजार नगद राहत स्वरुप उपलब्ध गराएपछि ”युथ अफ मधेश” नामक संस्था र प्रमोद जयसवालको संयोजकत्वमा दाताहरुबाट १ लाख १९ हजार २ सय ८१ रुपैयाँ राहत संकलन गरी सप्तरीका अग्निपिडित परिवारलाई राहत वितरण गरेका छन । 
त्यस्तै जिल्लाको लौनिया गाविसका ५ जना अग्निपीडित परिवारलाई समेत राहत वितरण गरिएको मधेश इनिशीएटिभ्स्का अध्यक्ष ई.दीपक कुमार साहले जानकारी दिनुभयो । 
सो राहत सामग्री र नगद मधेश आन्दोलनका शहीद रमेश महतोको पिता रवि महतो र माता श्रीमती रानो देवीको हातबाट वितरण गरिएको थियो, भने शहीद परिवारलाई समेत ६ हजार राहत उपलब्ध गराइएको थियो । त्यस्तै आगलागीबाट मृत्यु भएका स्थानीय चलितर सरदारको परिवारलाई रु.१० हजार नगद राहत उपलब्ध गराइएको छ । 
गत चैत्र २६ गते सप्तरीको रम्पुरा मल्हनियाँ गाविसमा भएको भिषण आगलागीबाट स्थानीय ५० परिवारको झण्डै डेढ सय भन्दा बढी घर जलेर करोडौको क्षति भएको थियो भने चैत १२ गते बिहीबार जिल्लाकै कञ्चनरुप नगरपालिका वडा नम्वर–६ स्थित पडेमारा टोलको दलित बस्तीमा भिषण आगलागी हुँदा ३४ परिवारको करीब ८० घर जलेर नष्ट हुनुका साथै आगोमा जलेर चलितर सरदारको मृत्यु समेत भएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट