News Category 2072/01/27

सप्तरीको विभिन्न चार स्थानमा भएको सडक दुर्घटनामा पाँचको मृत्यु, सात घाईते

दैनिक समाचारदाता

राजविराज÷सप्तरीको विभिन्न चार स्थानमा शनिबार भएको सडक दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ भने सात जना घाईते भएका छन ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ७ मा शनिबार दिउँसो दुई वटा मोटरसाईकल एक आपसमा ठोकिदा चार जनाको मृत्यु भएको हो ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जादै गरेको बा.६६ प १०९१ नम्बरको मोटरसाईकल तथा त्यसको विपरीत दिशाबाट आउँदै गरेको को.१८ प ८२५७ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिदाँ सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक छेदीलाल कामतीले जानकारी दिनुभयो । 
उहाँका अनुसार मोटरसाईकल दुर्घटनामा परी मृत्यु हुनेहरुमा दोलखाको भिमेश्वर १० बस्ने २२ वर्षिया निमा तामाङ्ग, सुनसरीको ईटहरी १ का सरत मगर, बाराको गडहल ५ का २१ वर्षिय बैजु प्रसाद फौजदार र काठमाण्डौ उपमहानगरपालिका टंगाल बस्ने ३५ वर्षिय नरेश कुमार मानन्धरको रहेका छन् । 
तिव्र गतिका कारण दुईवटै मोटरसाईकल एक आपसमा ठोकिएर सो दुर्घटना भएको तथा दुर्घटनामा परी गम्भिर घाईते चारै जनालाई तत्कालै उपचारको लागि लहान अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यसैबिच दुईवटै मोटरसाईकललाई हाल आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको छ ।
त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कल्याणपुर गाविस ३ स्थित राजमार्गमा शुक्रबार राति पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना.४ त ८८०३ नम्बरको रोकिराखेको ट्याक्टरमा पछाडीबाट को.३ प २८० नम्बरको मोटरसाईकल ठोकिदा मोटरसाईकल चालकको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाईते भएको छ । 
मृत्यु हुनेमा उदयपुरको हडिया ४ बस्ने २१ वर्षिय भगवति प्रसाद चौधरी रहेको प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार मोटरसाईकल दुर्घटनामा परी घाईते मोटरसाईकल चालक चौधरी र पछाडी सवार सप्तरीको बनरझुला ३ का २२ वर्षिय कुशेश्वर चौधरीको तत्कालै उपचारको लागि रायपुरस्थित युनिक अस्पताल ल्याईएको तथा भगवति चौधरीको उपचारकै क्रममा शुक्रबारराति मृत्यु भएको छ । मोटरसाईकल पछाडी सवार कुशेश्वरको थपउपचारका लागि धरान पठाईएको तथा मोटरसाईकल र ट्याक्टर ईलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा रहेको सप्तरी प्रहरीले जनाएको छ । 
त्यसैगरी रायपुर रुपनी सडक खण्ड अन्तर्गत रायपुर २ स्थित रुपनीमा अनटेस्ट मोटरसाईकल दुर्घटनामा हुदाँ दुई जना गम्भिर घाईते भएका छन । 
सो दुर्घटनामा परी सप्तरीको रायपुर गाविस ७ बस्ने १८ वर्षिय बिनोद यादव र पछाडी सवार डिमन गाविस १ बस्ने १६ वर्षिय चन्द्रेश्वर यादव गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईते दुवै जनाको युनिक अस्पताल रायपुरमा उपचार भईरहेको तथा मोटरसाईकल ईलाका प्रहरी कार्यालय रुपनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 
यसैगरी कंचनपुरबाट जयन्ती लिएर डिमनतर्फ आउँदै गरेको भारतीय बुलेरो सप्तरीको बकधुवा गाविसस्थित सडक खण्डमा दुर्घटना हुदाँ त्यसमा सवार चार जना घाईते भएका छन । 
जे एच ०५ के ००११ नम्बरको बुलेरो आफै अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा सवार सप्तरीको बथनाहा गाविस ४ बस्ने रामलखन राउत, उनका ७ वर्षिय नाति विशाल कुमार राउत, डाढा गाविस ६ बस्ने शम्भु यादव र ७ बस्ने मो.तजमुल मियाँ सख्त घाईते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
घाईते चारै जनाको हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट