News Category 2072/03/22
अजित सिंह नेतृत्व अखिल तराई मुक्ति मोर्चाले चार थान हतियार बुझायो
दैनिक संवाददाता
राजविराज, २१ असार ।
सरकारसँग दोश्रो चरणको बार्ता गरिसकेका अखिल तराई मुक्ति मोर्चाले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत चार थान हतियार बुझाएको छ ।
अजित सिंह भनिने अजय यादवले नेतृत्व गर्दै आएको अखिल तराई मुक्ति मोर्चाले सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव सहित अन्य सुरक्षाकर्मी र संचारकर्मीहरुको उपस्थितिमा सो हतियार बुझाएका हुन ।
मोर्चाका संयोजक यादवले लामो नलकटुवा पेस्तोल १८ ईन्चको १ थान, कटुवा पेस्तोल १ थान, सकेट बम २ थान गरी चार थान हतियार बुझाएका हुन । सप्तरीको लालापट्टी गाविस २ निवासी अजित सिंह भनिने अजय यादव र राजविराज नगरपालिका २ चनौरा पडरिया निवासी जिल्ला इन्चार्ज बिनोद कुमार दासले सो हतियार प्रमुख जिल्ला अधिकारी समक्ष सो हतियार बुझाएका छन ।
हतियार बुझाउने कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नारायण प्रसाद चिमरिया, सिमा सुरक्षा कार्यालय शसस्त्र प्रहरीका डिएसपी निरकृष्ण अधिकारी, अनुसन्धानका एसपी ठाकुर चन्द्र केसी, श्री कृष्ण दल गणका कर्नेल भुवनेश्वर आचार्य सहित संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
यसअघि अखिल तराई मुक्ति मोर्चाले गत २०७१ साल मंसिर २ गते प्रमुख जिल्ला अधिकारी मार्फत नै ९ थान हथियार बुझाएको थियो ।
जयकृष्ण गोईत नेतृत्वको अखिल तराई मुक्ति मोर्चासँगै भुमिगत हुनुभएका अजित सिंह भनिने अजय यादवपछि जयकृष्ण गोईतबाट अलगिएर अजित सिंह नेतृत्वमा अखिल तराई मुक्ति मोर्चा गठन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/26 नेपालको न्यायपालिका दक्षिण एशियामै अग्रस्थानमा ः न्यायधिश पोखरेल
- 2081/01/26 काशीराज–गंगादेवी स्मृति पुरस्कारबाट वरिष्ठ कानुन व्यवसायी सिंह सम्मानित
- 2081/01/26 संविधान कार्यान्वयनप्रति संघीय सरकार नै उदासीन ः मन्त्री लेखी
- 2081/01/25 बौद्धिक अपाङगता भएका लागि बजेट बिनियोजन गर्न तीनै तहलाई आग्रह
- 2081/01/25 घरबाट दराज र बाकसै उठाएर चोरी
- 2081/01/25 गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा
- 2081/01/24 मामाघर विवाहमा आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता
- 2081/01/24 अग्निपीडित परिवारलाई भडावर्तन, ग्यास चुल्हा र बाकस प्रदान
- 2081/01/24 महिलाहरु तरकारी खेतीतर्फ आकर्षित
- 2081/01/24 बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ