News Category 2072/08/08
जिल्लाका स्वाथ्यकर्मीहरु आन्दोलित अस्पतालको आकस्मिक सेवा टेन्टमूनी संचालन
दैनिक संवाददाता
राजविराज, ७ मंसिर ।
प्रहरीले अस्पतालभित्र पसेर अस्पतालका कर्मचारी तथा चिकित्सकहरुलाई कुटपिट गरेको भन्दै सप्तरीका सम्पूर्ण स्वास्थ्यकर्मीहरु सोमबारदेखी आन्दोलित भएका छन् ।
जिल्लाका २३ वटा स्वास्थ्य संघसंस्थाहरुले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरि सप्तरीका सुरक्षा प्रमुखहरु एसपी, डिएसपी तथा सशस्त्रका एसपीलाई निलम्बनको माग गरेका छन् ।
विज्ञप्तिमा सुरक्षाको ग्यारेन्टी र घाइतेहरुको उपचार तथा क्षतिपूर्तीको व्यवस्था समेत मिलाउने सम्बन्धित पक्षसँग माग गरिएको छ ।
यता सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निमित्त मेसु डा. दिपा यादवले अंचल अस्पताल लगायत जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्था र जिल्ला भरिका सम्पूर्ण कार्यालयहरु पूर्ण रुपमा बन्द गरिएको जानकारी दिनुभयो ।
उहाँले बिरामीहरुलाई मध्य नजर गरि अस्पतालका आकस्मिक सेवा टेन्टमूनी सुरु गरेको बताउनुभयो ।
उहाँले आइतबार बिहान अस्पताल प्राङ्गण भित्र चिकित्सक एवं कर्मचारीहरुलाई कुटपिट गरेको भन्दै सम्पूर्ण कामकाज स्थगित गरेको बताउनुभयो ।
उहाँले अस्पतालका आधिकारिक ड्युटीमा रहेका कर्मचारी प्रशासन, चिकित्सक तथा चिकित्सकिय आवास समेतमा गुण्डागर्दी पाराले बर्दिसहितका प्रहरीले कायर्तापूर्वक, निर्ममतापूर्वक कुटपिट गरि छातीमा गोली ते¥याएर मार्ने धम्कीसहित मर्नासन्न अवस्थामा पु¥याएकोमा सम्पूर्ण कर्मचारी, प्रशासन, स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरुले सो कार्यप्रति आपत्ति प्रकट गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/06/03 सप्तरीमा संविधान दिवस, कतै उत्सव त कतै बिरोधको रुपमा मनाइए
- 2081/06/01 चन्दा नदिदा माइक्रो चालक र सहचालकलाई कुटपिट गरि लुटपाट
- 2081/06/01 “महम्मद डे” मा सद्भाव ¥याली
- 2081/05/30 शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य
- 2081/05/30 जिल्ला बार एशोसिएशनको अध्यक्षमा कामेश्वर यादव निर्वाचित
- 2081/05/28 नयाँ नेतृत्वका लागि कानुन व्यवसायीहरुको निर्वाचन हुँदै
- 2081/05/28 हत्या घट्ना मिलापत्र गर्न दवाव आउन थालेको मृतकका परिवारजनको गुनासो
- 2081/05/28 संविधान दिवसका लागी विभिन्न कार्यक्रम तय
- 2081/05/27 कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको छ ः महेश यादव
- 2081/05/27 आत्महत्या घट्ना न्यूनिकरणका लागी १८ वटै पालिकामा “ग्रासरुट अभियान”
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ