News Category 2072/12/21

२०४२ सालका बम काण्डमा संलग्न लक्ष्मण सिंहको निधन

दैनिक समाचारदाता

राजविराज÷जनवादी मोर्चा, नेपालका पूर्व महासचिव एवं गणतान्त्रिक योद्धा लक्ष्मण प्रसाद सिंहको शनिबार विहान भारतमा निधन भएको छ ।
गणतन्त्रवादी पहिलो नेता स्व.रामराजा प्रसाद सिंहसँगै नेपालमा फाँसी तथा सर्वस्वहरणको सजाय पाएका लक्ष्मण सिंहको ७७ वर्षको उमेरमा शनिबार विहान उपचारको क्रममा भारतको जमशेदपुर अस्पतालमा निधन भएको हो ।
उहाँको निधन बारे उनका भतिजा तथा नयाँ शक्ति नेपालका नेता डा.मनोज कुमार सिंहले जानकारी दिनुभयो । उहाँ धेरै दिनदेखी बिरामी हुनुहुन्थ्यो । 
विस २०४२ सालको बमकाण्डका प्रमुख मध्येका एक सिंहलाई पञ्चायती व्यवस्थामा फाँसीको सजाय दिइएको थियो । उहाँ स्व. रामराजा प्रसाद सिंहसँगै वर्षौसम्म भारतमा अप्रवासन जिवन बिताउनु भएको थियो । २०४८ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको सरकारले उहाँहरुलाई आममाफि दिएको थियो । 
स्व. सिंह रामराजा प्रसाद सिंहका माइला भाई हुन् । उहाँ आफ्नो राजविराजस्थित घरमा बस्दै आउनु भएको थियो । स्व.सिंहका चार जना छोरा छोरी छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट