News Category 2072/12/22

पचास वर्षिय घिमिरे एसएलसी दिँदै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ चैत । 
पढ्ने व्यक्तिलाई उमेरले छेक्दैन भन्ने कुरालाई एक ५० वर्षिय व्यक्तिले प्रमाणित गरेको छ । 
यस वर्षको एसएलसी परीक्षामा ओखलढुङ्गा निवासी भिम प्रसाद घिमिरेले केअमावि राजविराजबाट खुल्लातर्फ एसएलसीको फारम भरेर यस वर्षको एसएलसीमा सहभागि भएका छन् । 
वि.स. २०२२ साल साउन महिनाको २० गते जन्मनुभएका घिमिरे यस वर्षको एसएलसीमा ५० वर्षको उमेरमा सप्तरीको बसविट्टी गाविसस्थित जनता मावि केन्द्रबाट एसएलसी दिइरहनु भएको छ ।
०१५८०२९ “ए” सिम्बल नम्बर भएका घिमिरे पहिलो पटक एसएलसी परीक्षामा सहभागि भएका हुन् । उहाँले पढ्नेलाई उमेरले पनि छेक्दैन भन्दै पढ्न मन लागेर यस वर्षको एसएलसी परीक्षामा सहभागि भएको बताउनुभयो । 
त्यस्तै ह्यापिल्याण्ड उमाविबाट जिल्लाकै होचो एक परीक्षार्थीले परीक्षा दिइरहेकी छिन् । राजविराज नगरपालिका ३ की साक्षि जैन यस वर्षको एसएलसी परीक्षामा सहभागि भएका हुन । वि.स.२०५६ असार १५ गते जन्मनुभएकी जैन करिब अढाई फिटकी छिन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट