News Category 2072/12/25

आठ परीक्षार्थी, चार निरीक्षक र एक कार्यालय सहयोगी निष्काशित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
बुधबारको एसएलसी परीक्षामा सप्तरीको विभिन्न परीक्षा केन्द्रबाट ८ परीक्षार्थी, चार निरीक्षक र एक कार्यालय सहयोगी निष्काशित भएका छन ।
जिल्ला शिक्षा कार्यालय सप्तरीले दिएको जानकारी अनुसार जिल्ला स्तरीय परीक्षा अनुगमन टोलीले जिल्लाको विपि मावि भारदहका निरीक्षकद्वय प्रियंका झा, गिता यादव र उपेन्द्र प्रसाद तथा हनुमाननगरबाट कार्यालय सहयोगी छोटन बाजपे र निरीक्षक संजिव अमात्यलाई निष्काशन गरिएको छ । उनीहरुले परीक्षामा अमर्यादित कार्य गरेकोले निष्काशन गरिएको शिक्षा कार्यालयका परीक्षा शाखाका बिरेन्द्र चौधरीले जानकारी दिनुभयो । 
गस्त्यस्तै बसविटी परीक्षा केन्द्रबाट २ जना, अ‍ेकमावि राजविराजबाट ३ जना र रायपुरबाट ३ जना गरी ८ जना परीक्षार्थीलाई समेत निष्काशन गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट