News Category 2072/12/28

पाँच जनालाई रिक्सा हस्तान्तरण

दैनिक समाचारदाता

राजविराज÷५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जनज्योति कृषि सहकारी संस्था लिमिटेड मलेठले पाँच जनालाई रिक्सा हस्तान्तरण गरेको छ । 
“आजको रिक्सा चालक, भोलीको मालिक” कार्यक्रम अन्तर्गत पाँच जनालाई सो रिक्सा सहकारी डिभिजन कार्यालय लहानका प्रमुख रामप्रसाद सुवेदीले हस्तानान्तरण गर्नुभयो ।
संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि सहकारी डिभिजन कार्यालय लहानका प्रमुख सुबेदीले सप्तरी जिल्लामा जनज्योति कृषि सहकारीले गरेको कामप्रति प्रशंसा गर्दै आगामी दिनहरुमा पनि सहकारीको माध्यमले सोही कामलाई निरन्तरता दिने विश्वास ब्यक्त गर्नुभयो । 
सो कार्यक्रममा पत्रकार नविन कुमार गुप्ताले पनि बोल्नुभएको थियो । यसअघि राजविराज नगरभित्रका १ सय ५० वटा रिक्सा चालकलाई रिक्सा हस्तानान्तरण गरी रिक्साका मालिक बनाईसकेको संस्थाका अध्यक्ष मण्डलले जानकारी दिनुभयो । 
सो कार्यक्तममा संस्थाका अध्यक्ष मण्डलले प्रमुख अतिथि सुबेदीलाई खादा ओढाएर सम्मान समेत गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट