News Category 2073/01/10

एउटै नामको दुई वटा सवारी चालक अनुमति पत्र लिने प्रहरी नियन्त्रणमा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
जिल्ला ट्राफिक कार्यालय सप्तरीले एउटै नामका दुई वटा सवारी चालक अनुमति पत्र लिने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । 
जिल्ला ट्राफिक कार्यालय सप्तरी शम्भुनाथ अगाडी सवारी साधन चेक जाँच गर्ने क्रममा बिहीबार पुर्वबाट पश्चिम तर्फ आँउदै गरेको लु २४ प ९९२९ नं.को मोटरसाइकल चालक सप्तरीको डाढा ७ निवासी ३२ वर्षिय मो.जफारलाई नियन्त्रणमा लिएको हो । 
मोटरसाइकल अनुमति चेक पत्र जाँच गर्ने क्रममा निजको साथबाट कोशीबाट जारी भएको ०२–१००३१९ नं.को सवारी चालक अनुमति पत्रको फोटोकपि फेला परेको हुँदा निजलाई सक्कल देखाउन आग्रह गर्दा निजले पुन आफ्नै नाममा लुम्बीनीबाट जारी भएको ०७–२४५२५२ नंं.को सवारी चालक अनुमति पत्र फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
नियन्त्रणमा रहेका मोटरसाइकल चालक जफारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट