News Category 2073/02/05

मधेसमा दुई प्रदेश हुनुपर्छ ः काँग्रेस कोषाध्यक्ष यादव

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौं, ४ जेठ । 
नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले संघीय गठबन्धनले सुरु राजधानी केन्द्रीत आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको भन्दै मधेसमा दुई प्रदेश हुनुपर्ने बताइन् । 
मधेससहित आदीवासी जनजातिले उठाएको मुद्दा जायज भएको भन्दै नेपाली जनताले अधिकारका लागि गर्ने हरेक आन्दोलनमा कांग्रेसको समर्थन रहने बताइन् । 
उनले सरकार मधेसको मुद्दा समाधान गर्ने भन्दा पनि आन्दोलनलाई चर्काएर सत्ता टिकाउने रणनीतिमा रहेको आरोप लगाइन् ।
मधेसको माग पुरा नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने भन्दै उनले भनिन्, ‘सरकार समस्या समाधान गर्ने भन्दा पनि राजदूत फिर्ता बोलाउने, पुनःनिर्मार्णमा उदासिन हुने, अग्नि पीडितका समस्यामा मुकदर्शक बनेर कार्यकर्ता पाल्ने खेल्मा लागेको छ ।’
कांग्रेस कोषाध्यक्ष यादवले विद्यमान समस्या समाधानका लागि राजनीतिक दलहरु मिलेर प्रयास गर्नु पर्ने बताइन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट