News Category 2073/02/07

दलित कल्याण संघका पदाधिकारीहरुको पदस्थपना

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ जेठ । 
१८ औं साधारण सभा एवम् छैठौं जिल्ला अधिवेशबाट निर्वाचित नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको पदाधिकारीहरुको बिहीवार एक कार्यक्रमबीच पदस्थापना गरिएको छ । 
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रीय सदस्य बच्चु सरबरियाले संघ नवनिर्वाचित अध्यक्षसहितका पदाधिकारीहरुलाई पदस्थापना गराउनुभयो । 
गत बुधवार सम्पन्न अधिवेशनले पुनः राजकुमार परियारकै अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको थियो । समितिको सदस्यहरुमा शम्भुलाल राम, विमला नेपाली, वलराम खंग, इम्विमायाँ विक र सुकराती सदालाई सर्वसम्मतबाट चयन गरेको थियो ।
कार्यसमितिका अन्य सदस्य र पदाधिकारीहरु अध्यक्षले पछि थप गर्ने बैधानिक व्यवस्था अनुसार संघको उपाध्यक्षमा शम्भुलाल राम, सचिवमा आशादेवी खंग र कोषाध्यक्षमा बिमला नेपालीलाई मनोनित गरेको संघले जनाएको छ । 
यस्तै नथुनी पासवान, पशुपति खंग, नरेश परियार, अरहुलियादेवी खंगलाई सदस्य पदमा मनोनित गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट