News Category 2073/02/08

सदरुल हत्याका मुख्य अभियुक्त अझै फरार

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ जेठ । 
पहिलो संविधानसभामा सप्तरी क्षेत्र नं. ५ बाट निर्वाचित सभासद् सदरुल मियाँ हकको हत्या भएको तीन वर्ष हुँदा समेत हालसम्म प्रहरीले घटनामा संलग्न मुख्य दुई अभियुक्तलाई पक्राउ गर्न सकेको छैन् । 
२०७० साल जेठ ६ गते राती पूर्व सभासद मियाँको जिल्लाको कल्याणपुर गाविस २ विषणपुरस्थित उनको आफ्नै पेट्रोलपम्पको माथिल्लो तल्लामा सुतिरहेको अवस्था हत्या गरिएको थियो । 
हत्याको १८ दिनपछि २०७० साल जेठ २४ गते केन्द्रिय अनुसन्धान व्यूरो (सिबिआई) ले पूर्व सभासद् मियाँको हत्या उनकै श्रीमति र छोरी मिलेर गराएको तथ्य सार्वजनिक गरेको थियो । 
सिबिआईले हत्याको योजना बनाउने आमाछोरी र हत्यामा संलग्नमध्येका अब्दुललाई सार्वजनिक समेत गरेको थियो । तर, हत्यामा संलग्न भएका मध्ये सिरहाको चतुरी २ का ऐनुल शेख र लहानका जमिरुल शेख अझै फरार रहेका छन् ।
पूर्व सभासद् मियाँकी पत्नी नुरजहाँ र छोरी रुबेदा खातुनले बनाएको योजनालाई अन्य तीन जना मिलेर २०६९ साल जेठ ६ गते राति पूरा गरेका थिए । सो राति कल्याणपुर विषणपुर २ स्थित आफ्नै पेट्रोल पम्पमा सुत्न गएका सदरुल हकको धारिलो हतियार प्रयोग गरी विभत्स तरिकाले ऐनुल शेख, जमिरुल शेख र अब्दुल मिलेर हत्या गरेका थिए । 
सिआइबीका तत्कालिन डिएसपी दिनेश आचार्यले पत्रकार सम्मेलनमा पारिवारिक कलह र छोरीको प्रेम प्रसङलाई नै घटनाको मुख्य जडो सहितको प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । तर, पछिल्लो समयमा खुलेका केही तथ्यहरुसँग घटना घटाउन केही विदेशी नागरिकको समेत संलग्नता रहेको आफन्तजनहरुको भनाई छ । फरार रहेका मुख्य दुई अभियुक्त एनुल र जमिरुल पक्राउ नपरेसम्म घटनाको सत्यतथ्य सार्वजनिक हुन सक्दैन् । 
जाली नोटका कारोवारी बंगलादेश नागरिक सुव्रोत बेन र जाली नोटकै कारोबारीमा संलग्न रहेका एनुल शेखबीच मित्रता रहेको श्रोतको भनाई छ । सदरुल र सुव्रोतबीच पनि चिनजान रहेको र उहाँको हत्यामा एनुलको सक्रियता पुष्टि भइसकेकाले घटनामा विदेशी नागरिकको सक्रियता रहेको अनुमान गर्न सकिन्छ । 
यता, सप्तरी जिल्ला अदालतका तत्कालिन जिल्ला न्यायाधीश किरण शिवाकोटीको एकल इजलासले हत्या गरिएका सभासद् सदरुल हककी पत्नी नुरजहाँ र छोरी रुबेदा र लहानका अब्दुल रउफसहित तीनै जना पूर्पक्षका लागि राजविराज कारागार चलान गरिएको थियो । हाल तीनै जना सोही कारागारमा रहेका छन् भने मुद्दा फैसला समेत हुन बाँकी रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट