News Category 2073/02/12
सरकारले पत्र लेख्नु सकारात्मक ः महतो
दैनिक समाचारदाता
राजविराज, ११ जेठ ।
प्रधानमन्त्रीले मधेसी मोर्चालाई सम्बोधन गरेर पत्र लेख्नु सकारात्मक भएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताउनु भएको छ ।
मोर्चाकै केही नेताले गठबन्धनलाई पत्र नपठाई मोर्चालाई पठाएर फुटाउ र राज गरको नीति लिएको आरोप लगाइरहेका बेला महतोले त्यसको खण्डन गर्नुभयो ।
काठमाडौंस्थित रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मधेसी मोर्चाका नेता महतोले भन्नुभयो, मधेसी मोर्चाको आफ्नो अस्तित्व छ । गठबन्धनको निर्माण हुँदैमा मोर्चा सकिएको छैन । उसलाई संबोधन गरेर पत्र लेख्नु सकारात्मक हो ।’
यद्यपि प्रधानमन्त्रीको पत्र ‘खोदा पहाड निक्ला चुहा’ भने जस्तै भएको उहाँले टिप्पणी गर्नुभयो । उहाँले केही दिनमै मधेसी मोर्चाको बैठक बसेर प्रधानमन्त्रीको पत्रको उपयुक्त जवाफ दिने बताउनुभयो ।
सद्भावना पार्टीका अध्यक्ष महतोले संविधान पुर्नलेखनको नाममा फेरि अर्को संविधानसभा जन्माउने काम गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधानमा जुन जुन धारामा गल्ती भएको छ । त्यसलाई संशोधन गर्ने भनेको हो ।’
संघीय गठवन्धनका संयोजक उपेन्द्र यादवले संविधान पुनर्लेखनको प्रतिबद्धता नआएसम्म वार्ता नगर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेको बेला गठवन्धनकै एक घटक सद्भावनाका अध्यक्ष महतोले पुर्नलेखन आवश्यक नभएको बताउनुभयो ।
यद्यपि मधेस आन्दोलनको क्रममा मृत्यु भएकालाई शहीद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार, झुठा मुद्दा फिर्ता लगायतका ११ बुँदे मागबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरे मात्र वार्ता गर्ने उहाँले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ