खोजपुर पुर्ण खोप गाविस घोषणा
Thursday, May 26, 2016
दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
सप्तरीको खोजपुर गाविसलाई बुधबार एक कार्यक्रमका बीच पुर्ण खोप गाविस घोषणा गरिएको छ । खोजपुर गाविस भरिका १२ देखि २३ महिनाका सम्पुर्ण बालबालिकाहरुलाई एक बर्षभित्र सम्पुर्ण खोप लगाएकाले पुर्ण खोप घोषणा गरिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख बिजयकुमार झाले खोजपुर गाविस भवनमा आयोजित पुर्ण खोप गाविस घोषणा कार्यक्रममा खोजपुर गाविस पुर्ण खोप गाविस भएको घोषणा गर्नुभएको हो ।
पुर्ण खोप घोषणा गर्ने निर्देशिका अनुसार जिल्लाभरीका गाविसहरुलाई पुर्ण खोप गाविस घोषणा गर्ने कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुहुँदै उहाँले बिभिन्न १३ वटा रोगबाट जोगाउनुको साथै बाल मृत्युदरमा कमी ल्याउन, र स्वास्थ्य प्रबद्र्धन गर्न पुर्ण खोप कार्यक्रम महत्वपुर्ण रहेको बताउनुभयो ।
खोजपुर गाविसका सचिव कमल गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वास्थ्य चौकी खोजपुरका इञ्चार्ज श्रवण कुमार चौधरी, स्थानिय समाजसेवी डोमी चौधरी, कल्याणपुर गाविसका निर्वतमान गाविस अध्यक्ष बौली चौधरी, महिला स्वंयसेविका निर्मला चौधरी, स्थानिय कुशेश्वर साह लगायतले बोल्नुभयो ।
सो अवसरमा प्रमुख अतिथि जनस्वास्थ्य प्रमुख झाले खोजपुर गाविसलाई पुर्ण खोप गाविस घोषणाका लागि योगदान पु¥याएको भन्दै बिभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गर्नुभयो ।