News Category 2073/02/15

कम्युनिष्ट आन्दोलनका संस्थापक मिश्रको निधन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ जेठ । 
नेपालको कम्युनिष्ट आन्दोलनका संस्थापक मध्येका एक सप्तरीका यशोदानन्द मिश्रको शुक्रबार निधन भएको छ । 
लामो समयदेखि अस्वस्थ्य रहँदै आउनुभएका मिश्रको ८० वर्षको उमेरमा शुक्रबार राजविराज ३ स्थित निवासमा निधन भएको हो । 
२०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टीभित्र केशरजंग रायमाझिसहितका नेतानिकट रहेर काम गरेका मिश्र केही समय निर्वासनमा समेत बस्नु भएको थियो । 
२०१२ सालको किसान आन्दोलनमा उहाँको ठूला भूमिका रहेको थियो भने उहाँ राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका प्रमुख समेत हुनुभएको थियो । 
स्वर्गिय मिश्र ०२६–२७ सालमा राजविराज नगरपालिकाका उपप्रधान समेत बन्नु भएको थियो । उहाँको एक श्रीमती तीन छोरा रहेका छन् ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट