News Category 2073/04/13

लिखित प्रतिबद्धता आएपछि मात्र मधेसी मोर्चाले नयाँ सरकारलाई सहयोग गर्नसक्ने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौँ, १२ साउन । 
सङ्घीय समाजवादी फोरमका नेता लालबाबु राउतले मधेसी मोर्चाको माग सम्बोधन नगरेसम्म मधेसवादी दल नयाँ सरकारमा सहभागी नहुने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबमा बुधबार आयोजित साक्षात्कारमा उहाँले नेपाली काँग्रेस र माओवादी केन्द्रको लिखित प्रतिबद्धता आएपछि मात्र मधेसी मोर्चाले नयाँ सरकारलाई सहयोग गर्नसक्ने बताउनुभयो ।
उहाँले मधेसी मोर्चाका लागि सरकार मुख्य कुरा होइन मधेसको मुद्दा, आन्दोलन र मधेसी जनताको पीडा मुख्य कुरा रहेको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता मणि थापाले नयाँ सरकारले मधेसी, महिला, आदिवासी, जनजातिको माग सम्बोधन गर्ने तथा शान्ति प्रक्रियाको अझै पूरा भई नसकेकाले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने बताउनुभयो ।
उहाँले भूकम्पपीडितलाई पुनःस्थापना र देशमा सरकार छ भनेर जनतालाई अपनत्व बोध गराउने बताउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले नेपाली काँग्रेसले मधेसी जनताको माग सम्बोधन गर्न संविधान संशोधनमा अधिकतम सन्तुष्टि दिने, मधेसी नेता तथा कार्यकर्तामाथिको झुठा मुद्दा खारेजी तथा घाइतेको उपचार तथा क्षतिपूर्ति तथा समानुपातिक र समावेशीजस्ता मुद्दामा तीन चरणमा वर्गीकरण गरी मधेसी नेतासँग छलफल गरी टुङ्गो लगाउने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट