News Category 2073/04/32

एक सय ३० बाढीपीडित परिवारलाई राहत प्रदान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।  
गोपाल प्रमिला स्मृति ट्रष्टले सप्तरीका १ सय ३० बाढीपीडित परिवारलाई सोमबार राहत सामग्री बितरण गरेको छ ।
बाढीपीडित परिवारलाई ट्रष्टले उपलब्ध भएको कम्बल, भुजिया र बिस्कुट बितरण गरेको हो । 
नेपाली सेनाको सहकार्यमा उक्त ट्रष्ट मार्फत राष्ट्रिय सेवा दलद्वारा तालिम प्राप्त स्वयसंवेक क्याडेटहरुले बाढीपीडितलाई राहत सामग्री बितरण गरेको हो । 
अहिलेसम्म राहत नपाएका भनि जिल्ला प्रशासन पुगेर गुनासो गर्ने कोइलाडी बर्साइन गाविसको वडा नम्बर २ र ३ का १ सय ३० परिवारलाई राहत सामग्री प्रदान गरिएको राजविराजस्थित श्रीकृष्ण गणका गणपति डम्बर बोहराले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट