News Category 2070/06/04

फोरम नेपालद्वारा ६ वटै क्षेत्रबाट उम्मेदबारको नाम सिफारिस

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ३ असोज ।
आसन्न संविधानसभा निर्वाचनका लागि मधेशी जनअधिकार फोरम नेपाल जिल्ला कार्य समिति सप्तरीले जिल्लाको ६ वटै क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदबारको नाम बिहीबार केन्द्र सिफारिस गरेको छ । 
फोरम नेपालका जिल्ला सचिव उमेशप्रसाद यादवद्वारा जारि विज्ञिप्तमा प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट भर्खरै फोरम नेपालमा प्रवेश गर्नुभएका नेकपा–माओवादीका केन्द्रिय सदस्य सूर्यनाथ यादव, सुदेम्बर यादव, रामेश्वर यादव र शम्भु देवको नाम सिफारिस गरेको छ । यस्तै क्षेत्र नं. २ बाट फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, क्षेत्र नं. ३ बाट शैलेन्द्र प्रसाद साह र महेश प्रसाद यादव, क्षेत्र नं. ४ बाट फोरम नेपालकी केन्द्रिय कोषाध्यक्ष रेणु कुमारी यादव, क्षेत्र नं. ५ बाट क्षेत्रिय अध्यक्ष ऐयुव राइन, शाबिर अलि, सदानन्द यादव र क्षेत्र नं. ६ बाट केन्द्रिय सल्लाहकार अनिरुद्ध प्रसाद सिंह यादव, अधिवक्ता बालकिशोर यादव र दयानन्द गोइतको नाम सिफारिस गरिएको छ । 
यसैगरि समानुपातिकतर्फ क्षेत्र नं. १ बाट पर्शुराम यादव, पत्रकार भोला पासवान र पूर्वसभासद लक्ष्मी चौधरी, क्षेत्र नं. २ बाट उमेश यादव (बुढो), योगेन्द्र यादव र बिरेन्द्र कुमार माझि, क्षेत्र नं. ३ बाट अशोक कुमार यादव, उमेश यादव, जिल्ला अध्यक्ष युसुफ अली, उपाध्यक्ष दिनेश यादव, रामकृष्ण मुखिया, किरण साह र उपमा देव, क्षेत्र नं. ४ बाट जिल्ला सचिव उमेश प्रसाद यादव, सहसचिव उपेन्द्र प्रसाद साह, सुरेन्द्र प्रसाद यादव, राधेश्याम पण्डित, साबिर खाँन र बेचनीदेवी सरदार, क्षेत्र नं. ५ बाट जिल्ला कोषाध्यक्ष मनोजकुमार यादव, क्षेत्र नं. ६ बाट सुरेन्द्र यादव, बिनोद चौधरी र परमेश्वरीदेवी मण्डलको नाम सिफारिस गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट