News Category 2073/10/04
रुपनीमा पूर्व क्षेत्रिय प्रहरी अस्पताल
दैनिक समाचारदाता
राजविराज, ३ माघ ।
नेपाल प्रहरीका प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले सोमबार रुपनीमा पूर्व क्षेत्रिय प्रहरी अस्पतालको उद्घाटन गर्नुभएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रायपुर गाविसस्थित रुपनीमा सप्तरीका समाजसेवी जोगेन्द्र भगत तथा उहाँकी पत्नी ठाकोदेवीद्वारा निशुल्क प्रदान गरिएको जग्गामा निर्माण भएको प्रहरी अस्पतालको महानिरिक्षक अर्यालले उद्घाटन गर्नुभएको हो ।
२५ शैयाको अनुमति पाएको उक्त चार तल्ले अस्पतालमा २० कोठा रहेको छ भने हाललाई दुई चिकित्सकसहित १५ कर्मचारी कार्यरत रहेका छन् । अस्पतालमा एक्सरे, अल्ट्रासाउण्ड समेत जडान गरिएको छ ।
भगत दम्पत्तिले करिब २१ करोड मुल्य पर्ने २ विगहा ५ कठ्ठा जग्गा तथा सोमा निर्माणाधीन भवन र २ लाख ५१ हजार नगदसहित २०७३ साउन ७ गते प्रहरीलाई हस्तान्तरण गरेपछि प्रहरीले थप ५१ लाख रकम खर्च गरेर उक्त अस्पताल भवनको निर्माण कार्य सम्पन्न गरेको हो ।
यता अस्पतालमा सर्वसाधारणलाई सरकारी अस्पताल सरह शुल्क लाग्ने छ । सोही कार्यक्रममा प्रहरी महानिरिक्षक अर्यालले भगत दम्पत्तिलाई दोसल्ला तथा कदरपत्र प्रदान गरेर सम्मान समेत गर्नुभयो ।
नेपाल प्रहरी अस्पतालका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले अस्पतालको उद्घाटनसँगै आकस्मिक सेवा प्रारम्भ गरिसकिएको बताउँदै ओपिडी सेवा पनि केहि दिनभित्रै प्रारम्भ गरिने बताउनुभयो ।
राजमार्गसँगै रहेको यस अस्पतालमा दुर्घटना सम्बन्धी विशेष चिकित्सकको व्यवस्था गरिने बताउँदै उनले चाँडै नै सिटि स्क्यान सेवा पनि प्रारम्भ गरिने जानकारी दिनुभयो ।
पूर्व क्षेत्रिय प्रहरी कार्यालयका प्रहरी प्रमुख केशरीराज घिमिरेको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनैतिक दलका प्रतिनिधी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ