करिब पाँच हजार समर्थकबीच डा. राउत बलिदानी दिवसमा सहभागी
Thursday, January 19, 2017
दैनिक समाचारदाता
सिरहा, ५ माघ ।
दशौं मधेस बलिदानी दिवसको अवसरमा बुधबार स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतले करिब पाँच हजार बढी समर्थकका बीच लहानस्थित सहिद पार्कमा सहिदहरुको शालिकमा झण्डा ओढाउनु भएको छ ।
शलिकमा झण्डा ओढाएपछि डा. राउतले लहानस्थित पशुपति आदर्श उच्च माविको प्राड़गणमा आयोजित सभालाई सम्बोधन गर्दै सहिदहरुको बलिदानीलाई त्यतिकै खेर नजाने उद्घोष गर्नुभयो ।
यसअघि डा. राउत लाहान आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो भने स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ताहरुले ‘फ्रि मधेस’ लेखेको प्ले कार्ड समेत बोकेका थिए ।
यस्तै १० औं बलिदानी दिवसको अवसरमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव तथा तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जंगीलाल यादव लाहान आइपुग्नु भएको थियो ।