News Category 2073/10/10

कुखुरा फारममा आगलागी हुँदा चार लाख बढीको क्षति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ९ माघ ।  
सप्तरीको सप्तकोशी नगरपालिका ४ का लक्षमण बिष्टले संचालन गरेको कुखुरा फारममा आइतबार आगलागी भएको छ । 
घरको छतमाथी अस्थाई फुसको टहरा बनाई संचालन गरेको उक्त फारममा विद्युत सर्ट भइ अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।  
आगलागीबाट टहरा तथा ४ सय ५० थान कुखुराको चल्ला, कुखुराको दाना, भाडावर्तन समेत जल्दा ४ लाख ५० हजार बराबरको क्षति भएको अनुमान गरीएको छ । 
आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा एक घण्टा पछी नियन्त्रणमा लिएको प्रहरी चौकी फतेपुरले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट