News Category 2073/10/12

प्रहरी कार्यालय भित्रै विष सेवन गरी आत्महत्याको प्रयास

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ माघ । 
प्रेमीसँग जवरजस्ती छुट्याउन खोज्दा एक प्रेमीकाले जिल्ला प्रहरी कार्यालय भित्रै विष सेवन गरी आत्महत्याको प्रयास गरेकी छिन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका १० रामपुर जमुवा गाउँ वस्ने १८ वर्षिया गुप्ता थरकी किशोरीले कार्यालयको शौचालय भित्रै विष सेवन गरी आत्महत्याको प्रयास गरेकी हुन् ।
अभिभावकको असहमतिका वावजुत सोही गाविस निवासी २० वर्षिय दिपु शर्मासँग भागी प्रेम विवाह गरेका जोडिलाई मंगलवार सोधपुछका लागि प्रहरी कार्यालयमा झिकाईएको थियो । दुवै पक्षका अभिभावकको उपस्थितीमा केटीको उमेर नपुगेकाले छुट्याउने प्रयास गरिएको थियो ।
प्रेमीसँग छुट्टिने निश्चित देखिएपछि अचानक शैच लागेको भन्दै केटी शौचालयमा पसेकी थिईन । शौचाल भित्रै उनी आफुसँगै लुकाई राखेको नाम नखुलेको विष सेवन गरेकी थिईन् । तत्कालनै उनलाई प्रहरीको सहयोगमा स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल पु¥याईएको थियो ।
तर, त्यहा उपचार हुन नसकेपछि धरान रेफर गरिएको सो अस्पातालले जनाएको छ । प्रहरी उपरिक्षक दिवेश लोहनीले केटी नावालक भएकाले दुवै पक्षको अभिभावकको उपस्थितीमा जिम्मा लगाउने सामान्य प्रयास गरिएको वताउनुभयो । तर, केटिले प्रेमीसँग छुट्टीने त्रासमा त्यस्तो अप्रिय घटना गरेको उहाँको भनाई छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट