News Category 2073/12/26

दिनाराम दिनाभद्रीलाई उचित संरक्षण सम्वद्र्धन आवश्यक

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २५ चैत ।
नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रिय अध्यक्ष चन्देश्वर सदाले ऐतिहासिक दिनाराम दिनाभद्रीलाई उचित संरक्षण सम्वद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
दिनाराम दिनाभद्री मेला समिति जोगिया जाँजर सप्तरीले तीन दिने ऐतिहासिक प्रथम राष्ट्रिय स्तरको मेला तथा महोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरामा जोड दिनुभएको हो ।
उहाँले मुसहर जातीलाई अझै राज्यले कुनै किसिमको सेबा सुबिधा नदिएको आरोप लगाउँदै मुसहर जातिको आरक्षणका लागि सम्पुर्ण मुसहरलाई एक जुट भएर अगाडी बढन अनुरोध समेत गर्नुभयो ।
दिनाभद्री मेला समितिका संयोजक बद्री सदाको अध्यक्षतामा आयोजित सो समारोहमा मुलवासी पार्टीका केन्द्रिय अध्यक्ष मो.इस्लाम, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष केपी पालुङ्गवा, सांसदद्वय उमेश कुमार यादव, मानपुर चौधरी, शिक्षा विज्ञ विद्यानन्द कोइराला, पत्रकार विजय मिश्र, मुसहर संघका गंगा सदा, राम प्रसाद सदा, राम परियार, चन्द्रेश्वर दास, रामेश्वर सदा सहितका बक्ताहरुले मुसहर जातीसँग राज्यले गर्दै आएको भेदभावलाई न्युनिकरण गर्नुपर्नेमा जोड दिनुभयो । 
सप्तरीको नेङ्गरास्थित दिनाभद्री जन्म स्थानमा आयोजित सो मेला चैत २५ देखी २७ गते तीन दिनसम्म संचालन हुने मुलनिवासी पार्टीका केन्द्रिय सचिव तथा मेला समितिका राज कुमार मण्डलले जानकारी दिनुभयो । 
त्यस्तै मेलामा विभिन्न राजनीतिक दलका नेताहरु, नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रिय सदस्यहरु, जिल्ला अध्यक्षहरु सहित नवलपरासीदेखि झापा सम्मका सयौ प्रतिनिधिहरुको सहभागिता रहेको मेला समितिले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट