News Category 2074/01/26
नेसपा गजेन्द्रवादीको झण्डा लिई मधेश आन्दोलनलाई अघि बढाउन अपील
दैनिक समाचारदाता
राजविराज, २५ बैशाख ।
नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) ले राष्ट्रिय जनता पार्टी नेपालको एकीकरण घटनाक्रमले उत्पन्न अन्योलमा नपर्न आग्रह गरेको छ ।
पार्टीका अध्यक्ष विकास तिवारीद्वारा सोमबार जारि विज्ञप्ति मार्फत सो आग्रह गर्दै नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) को झण्डा लिई मधेश आन्दोलनलाई अघि बढाउन सद्भावना कार्यकर्तालाई अपिल समेत गरिएको छ ।
विज्ञप्तिमा ‘सद्भावना’ नामधारी केही राजनीतिक दलहरूद्वारा राष्ट्रिय जनता पार्टी नेपाल (राजपाने) को नाममा एकीकरण तथा पञ्जीकरण गरिएपछि सद्भावना आन्दोलनका आम कार्यकर्ताहरुमा अन्योल उत्पन्न भएको भन्दै पार्टीले राजनेता गजेन्द्र नारायण सिंहद्वारा स्थापित ऐतिहासिक सद्भावना आन्दोलन निरन्तर जारी रहँदै आएको र कुनै पनि निहित राजनीतिक स्वार्थको बलिवेदीमा चढाउन नसकिने जनाइएको छ ।
यस्तै नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) सद्भावना आन्दोलन अर्थात् मधेश आन्दोलनको वैचारिक विजको रक्षा गर्दै मधेश आन्दोलनलाई सुखद् निष्कर्षमा पु¥याई बाबा रामजन्म तिवारी, मधेशका मसिहा रघुनाथ ठाकुर, राजनेता गजेन्द्र नारायण सिंह एवं मधेशी शहीदका सपना पूरा गर्न दृढताका साथ गतिशील रहने स्पष्ट गर्दै पार्टीले ऐतिहासिक नेपाल सद्भावना पार्टीको स्वामित्व एवं उत्तराधिकार यस पार्टीमा निहित रहेको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय अध्यक्ष विकास कुमार तिवारीको अध्यक्षतामा सुनसरीको इनर्वामा वैशाख २४ र २५ गते बसेको पार्टीको केन्द्रीय कार्य समितिको बैठकले पार्टी अझै पनि प्रदेश सीमांकनलगायतको समस्या समाधान गरी मात्र निर्वाचन हुनुपर्नेमा पक्षमा रहेको र पार्टी संविधान पुनर्लेखन गरी मधेशका शेष समस्याको समाधानका लागि सबै क्षेत्रलाई पुनः आग्रह गर्दै महासचिव पदमा संतोष चौधरी (मोरङ) र कोषाध्यक्ष पदमा शिव नारायण पंडित (सुनसरी) लाई नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ