News Category 2074/01/27
गठबन्धनले सार्वजनिक ग¥यो आन्दोलनका कार्यक्रम
दैनिक समाचारदाता
काठमाडौं, २६ बैशाख ।
राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा मंगलबार बसेको संघीय गठबन्धनको बैठकले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
सम्पन्न बैठकले वैशाख २९ गते देशका विभिन्न ठाउँमा विरोधसभा गर्ने तथा जेठ १ गते देशका विभिन्न ठाउँमा मोटरसाइकल ¥यालीको कार्यक्रम घोषणा गरेको हो ।
वैशाख ३१ गते हुने पहिलो चरणको चुनाव अघि सविधान संशोधन विधेयक पारित गराउने सरकारसँग सहमति भएको थियो तर विधेयक पारित नगराई जेठ ४ गतेका लागि संसद बैठक सारेको प्रति विरोध जनाउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेको बताइएको छ ।
जेठ ४ गते बस्ने संसदको बैठकबाट संशोधन विधेयक पारित नभए थप सशक्त आन्दोलनका कार्यक्रम तय हुने गठबन्धनले जनाएको छ ।
यसअघि सत्तारुढ दलहरुले संविधान संशोधन प्रस्तावलाई स्थानीय तह पहिलो चरणको निर्वाचनपछि मात्रै प्रक्रियामा लैजाने जनाएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दल र संघीय गठबन्धनबीच जेठ ४ गतेका लागि बोलाइएको संसद् बैठकमा संशोधन विधेयक प्रक्रियामा लैजाने छलफल भएको हो ।
गत वैशाख १७ गते नै प्रक्रियामा लैजाने तयारी भए पनि राप्रपाका केही सांसदहरु गायब भएपछि रोकिएको सत्तापक्ष नेताहरुले गठबन्धनलाई प्रस्ट पारेका थिए । तर, संघीय गठबन्धनका नेताहरुले भने सरकार र आफूहरुसँग भएको सहमति तोडेर सरकारले धोका दिएको आरोप लगाएका थिए ।
संघीय गठबन्धनका नेताहरुले भने निर्वाचन अघि नै फास्ट ट्रयाकबाट संविधान संशोधन प्रस्ताव पारित गर्ने कुराबाट सरकार पछि हटेकोमा असन्तुष्टि जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ