News Category 2074/01/27

गठबन्धनले सार्वजनिक ग¥यो आन्दोलनका कार्यक्रम

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौं, २६ बैशाख ।
राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा मंगलबार बसेको संघीय गठबन्धनको बैठकले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । 
सम्पन्न बैठकले वैशाख २९ गते देशका विभिन्न ठाउँमा विरोधसभा गर्ने तथा जेठ १ गते देशका विभिन्न ठाउँमा मोटरसाइकल ¥यालीको कार्यक्रम घोषणा गरेको हो ।
वैशाख ३१ गते हुने पहिलो चरणको चुनाव अघि सविधान संशोधन विधेयक पारित गराउने सरकारसँग सहमति भएको थियो तर विधेयक पारित नगराई जेठ ४ गतेका लागि संसद बैठक सारेको प्रति विरोध जनाउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेको बताइएको छ ।
जेठ ४ गते बस्ने संसदको बैठकबाट संशोधन विधेयक पारित नभए थप सशक्त आन्दोलनका कार्यक्रम तय हुने गठबन्धनले जनाएको छ ।
यसअघि सत्तारुढ दलहरुले संविधान संशोधन प्रस्तावलाई स्थानीय तह पहिलो चरणको निर्वाचनपछि मात्रै प्रक्रियामा लैजाने जनाएको छ । 
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दल र संघीय गठबन्धनबीच जेठ ४ गतेका लागि बोलाइएको संसद् बैठकमा संशोधन विधेयक प्रक्रियामा लैजाने छलफल भएको हो । 
गत वैशाख १७ गते नै प्रक्रियामा लैजाने तयारी भए पनि राप्रपाका केही सांसदहरु गायब भएपछि रोकिएको सत्तापक्ष नेताहरुले गठबन्धनलाई प्रस्ट पारेका थिए । तर, संघीय गठबन्धनका नेताहरुले भने सरकार र आफूहरुसँग भएको सहमति तोडेर सरकारले धोका दिएको आरोप लगाएका थिए ।
संघीय गठबन्धनका नेताहरुले भने निर्वाचन अघि नै फास्ट ट्रयाकबाट संविधान संशोधन प्रस्ताव पारित गर्ने कुराबाट सरकार पछि हटेकोमा असन्तुष्टि जनाएका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट